माछापुच्छ्रे बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्डबाट सम्मानित

२०८० असार १ गते, शुक्रबार

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३’ बाट सम्मानित भएको छ ।

ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङमा अभूतपूर्व सफलता हासिल गरेसँगै बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३–अधिकतम ग्राहक संलग्नता–गोल्ड’ बाट सम्मानित भएको हो । बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिस फिनाकल बैंगलोर भारतले प्रदान गर्ने पुरस्कारबाट बैंक सम्मानित भएको हो ।

कम्पनीले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आइरहेको छ । यस वर्ष विश्वभरिबाट २०० भन्दा बढी कम्पनीहरू मनोनयनमा परेका थिए । विगत दुई वर्षमा बैंकले आफ्नो डिजिटल सेवालाई परिष्कृत गर्दै सेवालाई सुरक्षित बनाउनका लागि नवीनतम कार्य गर्दै आएको छ । माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १ सय ६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १ सय ३३ शाखारहित बैंकिङ सेवा, २ सय ३ एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

140 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal