तुलसीपुरमा जिप दुर्घटना, सबै यात्रु घाइते
२०८० असार १ गते, शुक्रबार
दाङ । दाङको तुलसीपुरमा यात्रुवाहक जिप दुर्घटनामा परेको छ। तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा.१ज ५५६ नम्बरको जिप तुलसीपुर उपमहानगरपालिका– ३ सिरखोलामा दुर्घटनामा परेको हो ।
बिहान साढे १० बजेतिर रोल्पाको ओत जाँदै गरेको उक्त जिपमा १० जनाको संख्यामा यात्रु सवार थिए । उनीहरू सबै घाइते छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।
उनका अनुसार घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान रहे पनि यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
51 Views