नक्कली भुटानी शरणार्थी बनाउने अरु को –को ?
काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नेता, कर्मचारी तथा उनीहरुका सल्लाहकार र अरु धमाधम पक्राउ पर्न थालेपछि राजनीतिक वृत्तमा चर्चा चलेको छ । हिजो पदमा रहँदा गरेको गल्तीका कारण आज उनीहरुको रुवावासी भएको छ ।
नेपाल यस्तै हो, जे गरे पनि हुन्छ, कसैले पनि कारबाही गर्दैैन र केही परे पनि मिलाइहाल्छु भन्ने गलत सोचका कारण पछिल्लो समयमा यस प्रकारका गतिविधि बढ्दै गएका छन् । देश र जनतालाई घात हुने काम नेताहरुले पहिलेदेखि नै गर्दै आए पनि यो प्रकरणले भनें नेताहरुमाथि प्रश्न उठाएको छ । यो त एउटा उदाहरणमात्र हो योभन्दा अरु कति बदमासी गरेका होलान् भनेर मानिसले प्रश्न गरिरहेका छन् । पूर्व गृहमन्त्री तथा कांग्रेस नेता वालकृष्ण खाण पक्राउ परेपछि कांग्रेस पनि दवावमा परेको छ । खाणलाई पार्टीबाट निलम्बन गर्ने कि नगर्ने भन्ने विषय पनि अलमलमा परेको छ । खाणसँगै अरु धेरैको नाम जोडिएकाले अब के होला भन्ने आशंका बढेको छ । खाणले कानुनको पालना गर्दै प्रहरी घरमा पुगेपछि अनुसन्धानका लागि सहयोग गर्छु भनेर प्रहरीसँगै कार्यालय आउनु सकारात्मक कदम हो । खाणसँगै उनकी श्रीमती कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाकी सांसद मञ्जु खाणको पनि नाम जोडिएको छ । नाम जोडिएकाहरुले आफूलाई फसाउन खोजेको पनि भन्दै आएका छन् ।
पूर्वमन्त्री, नेकपा एमालेका सचिव तथा अर्धाखाँचीबाट निर्वाचित प्रतिनिधिसभाका सांसद टोपबहादुर रायमाझी अझै फरार छन् । उनको नाम पनि जोडिएको भनेर फेरि पनि समाचार आएको दिन उनी जिल्लामा एक कार्यक्रममा थिए । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगै कार्यक्रममा रहेका उनी भैरहवाबाट सम्पर्कविहीन भएका हुन् । उनलाई प्रहरीले खोजी गरिरहेको छ । एमालेको एउटा नेतृत्व भनें रायमाझीलाई बचाउने र जोगाउने दाउमा छ । उनका छोरा भनें पक्राउ परिसकेका छन् । यो प्रकरणमा कांग्रेसका धेरै मानिसको नाम जोडिँदै गएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर उनीहरुबाट धेरै चर्को रकम असुल गर्नेहरुको अहिले भागाभाग भएको छ । हिजो गरेको गल्तीलाई ढाकछोप गर्न अहिले उनीहरु सहारको खोजीमा छन् ।
सरकारले दोषी खोजी गर्न थालेपछि प्रहरीले यो प्रकरणमा संलग्न सबैलाई कारबाही गर्ने भन्दै अएको छ । एक व्यक्ति पक्राउ परेपछि उसले आफूसँग संलग्न भएका अरुको पनि नाम भनिदिएकाले दिनैपिच्छे मानिसहरु पक्राउ पर्दै आएका छन् । प्रहरीको निसानामा परेकाहरुले सामान्य विज्ञप्ती प्रकाशित गरी चोखिने प्रयास गरेका छन् । यो घटनामा कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाकी श्रीमती आरजु देउवा पनि मुछिएकी छिन् । उनले आइतबारबाट सुरु भएको प्रतिनिधिसभाको बैठकमा आफ्नो नाम जोडिएकामा आपत्ति जनाइन् । उनले महिलाले केही राम्रो काम गरेको देख्न नसकेका कारण आफुमाथि आरोप लागेको बताएकी थिइन् । आरजुको नाम जोडेर कांग्रेसभित्र अरु यस्ता धेरै घटना आउने गरेका छन् । सर्वसाधरणले भनें यो घटनाको निश्पक्ष छानबिन हुनुपर्ने र दोषी जो भए पनि कारबाही गर्नुपर्ने बताउँदै आएका छन् ।
ताजा
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





