नक्कली भुटानी शरणार्थी बनाउने अरु को –को ?

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नेता, कर्मचारी तथा उनीहरुका सल्लाहकार र अरु धमाधम पक्राउ पर्न थालेपछि राजनीतिक वृत्तमा चर्चा चलेको छ । हिजो पदमा रहँदा गरेको गल्तीका कारण आज उनीहरुको रुवावासी भएको छ ।
नेपाल यस्तै हो, जे गरे पनि हुन्छ, कसैले पनि कारबाही गर्दैैन र केही परे पनि मिलाइहाल्छु भन्ने गलत सोचका कारण पछिल्लो समयमा यस प्रकारका गतिविधि बढ्दै गएका छन् । देश र जनतालाई घात हुने काम नेताहरुले पहिलेदेखि नै गर्दै आए पनि यो प्रकरणले भनें नेताहरुमाथि प्रश्न उठाएको छ । यो त एउटा उदाहरणमात्र हो योभन्दा अरु कति बदमासी गरेका होलान् भनेर मानिसले प्रश्न गरिरहेका छन् । पूर्व गृहमन्त्री तथा कांग्रेस नेता वालकृष्ण खाण पक्राउ परेपछि कांग्रेस पनि दवावमा परेको छ । खाणलाई पार्टीबाट निलम्बन गर्ने कि नगर्ने भन्ने विषय पनि अलमलमा परेको छ । खाणसँगै अरु धेरैको नाम जोडिएकाले अब के होला भन्ने आशंका बढेको छ । खाणले कानुनको पालना गर्दै प्रहरी घरमा पुगेपछि अनुसन्धानका लागि सहयोग गर्छु भनेर प्रहरीसँगै कार्यालय आउनु सकारात्मक कदम हो । खाणसँगै उनकी श्रीमती कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाकी सांसद मञ्जु खाणको पनि नाम जोडिएको छ । नाम जोडिएकाहरुले आफूलाई फसाउन खोजेको पनि भन्दै आएका छन् ।
पूर्वमन्त्री, नेकपा एमालेका सचिव तथा अर्धाखाँचीबाट निर्वाचित प्रतिनिधिसभाका सांसद टोपबहादुर रायमाझी अझै फरार छन् । उनको नाम पनि जोडिएको भनेर फेरि पनि समाचार आएको दिन उनी जिल्लामा एक कार्यक्रममा थिए । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगै कार्यक्रममा रहेका उनी भैरहवाबाट सम्पर्कविहीन भएका हुन् । उनलाई प्रहरीले खोजी गरिरहेको छ । एमालेको एउटा नेतृत्व भनें रायमाझीलाई बचाउने र जोगाउने दाउमा छ । उनका छोरा भनें पक्राउ परिसकेका छन् । यो प्रकरणमा कांग्रेसका धेरै मानिसको नाम जोडिँदै गएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर उनीहरुबाट धेरै चर्को रकम असुल गर्नेहरुको अहिले भागाभाग भएको छ । हिजो गरेको गल्तीलाई ढाकछोप गर्न अहिले उनीहरु सहारको खोजीमा छन् ।
सरकारले दोषी खोजी गर्न थालेपछि प्रहरीले यो प्रकरणमा संलग्न सबैलाई कारबाही गर्ने भन्दै अएको छ । एक व्यक्ति पक्राउ परेपछि उसले आफूसँग संलग्न भएका अरुको पनि नाम भनिदिएकाले दिनैपिच्छे मानिसहरु पक्राउ पर्दै आएका छन् । प्रहरीको निसानामा परेकाहरुले सामान्य विज्ञप्ती प्रकाशित गरी चोखिने प्रयास गरेका छन् । यो घटनामा कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाकी श्रीमती आरजु देउवा पनि मुछिएकी छिन् । उनले आइतबारबाट सुरु भएको प्रतिनिधिसभाको बैठकमा आफ्नो नाम जोडिएकामा आपत्ति जनाइन् । उनले महिलाले केही राम्रो काम गरेको देख्न नसकेका कारण आफुमाथि आरोप लागेको बताएकी थिइन् । आरजुको नाम जोडेर कांग्रेसभित्र अरु यस्ता धेरै घटना आउने गरेका छन् । सर्वसाधरणले भनें यो घटनाको निश्पक्ष छानबिन हुनुपर्ने र दोषी जो भए पनि कारबाही गर्नुपर्ने बताउँदै आएका छन् ।
ताजा

पाँचौ सगरमाथा म्युजिक अवार्ड २०८० असोज २६ मा हुने
२०८० आश्विन ५ गते, शुक्रबार
पाँचौ सगरमाथा म्युजिक अवार्ड २०८० असोज २६ मा हुने
२०८० आश्विन ५ गते, शुक्रबार
दलाल पूँजीपतिद्वारा संक्रमित व्यवस्थापिका र कार्यपालिका
२०८० आश्विन ५ गते, शुक्रबार
संगीत सुख दुःखको सारथी हो
२०८० आश्विन ५ गते, शुक्रबार
शिक्षकहरुको काठमाडौंमा वृहत सडक आन्दोलन
२०८० आश्विन ३ गते, बुधबार
एमालेको राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम
२०८० आश्विन ३ गते, बुधबार
संविधानले सम्झिएका सुशील र सुवास
२०८० आश्विन ३ गते, बुधबार
आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछः राष्ट्रपति पौडेल
२०८० आश्विन ३ गते, बुधबार
संविधानको कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्न सरकार प्रतिबद्ध छःः प्रधानमन्त्री दाहाल
२०८० आश्विन ३ गते, बुधबार
मुलुकलाई संविधानले समृद्धितर्फ अघि बढ्न दिशानिर्देश गरेको छः देउवा
२०८० आश्विन ३ गते, बुधबार
आज संविधान दिवस, सार्वजनिक विदा
२०८० आश्विन ३ गते, बुधबारलोकप्रिय

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार
राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ
२०८० असार २४ गते, आईतवार
१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई
२०७९ चैत्र २४ गते, शुक्रबार
धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार