अप्टिमिष्ट इन्टरनेशनल नेपालद्धारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

२०८० बैशाख ३१ गते, आईतवार

काठमाडौ । नेपाल डिस्ट्रिक अफ अप्टिमिष्ट इन्टरनेशनलद्धारा राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । विभिन्न कल्वहरुवाट प्रथम भएकालाई काठमाण्डौको गुहेयश्वरी मा.वि.सिनामंगलमा सहभागी गराइ कायक्रम गरिएको थियो । कायक्रममा मन्तब्य राख्दै का.म.न.पा.वाड नं.९ का वाड सदस्य टेकराज अधिकारीले यस्ता कायक्रमले विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्ने काम गर्दछ त्यसकारणले पनि यस्ता कार्यक्रमहरु अतिनै आवश्यकता रहेको छ भन्ने बताए । सो कार्यक्रममा वक्तृत्वकला समितिका संयोजक एवम् गुहेयश्वरी मा.वि.का प्रधानाध्यापक मेघ वहादुर वन्जराले स्वागत मन्तव्य एवम कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए । बन्दना भुसाल र शरन रत्न स्थापितले समेत मन्तव्य ब्यत्त गरेका थिए।
गुहेश्वरी मा।वि। ब्यबस्थापन का अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ शुभकामना मन्तव्य ब्यत्त गरे। निवन्ध लेखन प्रतियोगितामा सहभागि प्रथम पुरवि अधिकारी द्धित्तिय प्रशंसा अधिकारी र तेस्रो मुकेश ठाकुर लाई शिल्ड मेडल प्रमाण प्रत्र र अन्य उपाहारहरु र सहभागि विद्यार्थीहरुलाई प्रमाण पत्र र उपाहारहरु वितरण गरियो । साथै वक्तृत्वकला प्रतियोगितामा पनि सहभागिहरु लाई प्रमाण प्रत्र र प्रथम सिजन कार्की काठमान्डौ द्धित्तिय प्रिन्सा गिरी तुल्सीपुर दाङ्घ र तेस्रो ऋीजोनि बानिया काठमान्डौ हुने लाई संस्थाका गर्भनर पृथ्वी राज थापा र निबर्तममान गर्भनर उदय कुमार निरौला ले शिल्ड मेडल प्रमाण प्रत्र र अन्य उपाहारहरु वितरण गरेका थिए ।
संस्थाको वारेमा महासचिव प्रकाश घिमिरे ले जानकारी गराएका थिए निर्णायक मण्डलीमा प्रवोध प्रभाकर रिजाल, श्याम योन्जन, मालती हमाल र पुष्प सापकोटा रहेका थिए । कार्यक्रम संचालन संस्थाको लेफिटेन्ट गभर्नर रिना श्रेष्ठ ले संचालन गरेकी थिन ।
नेपाल डिस्ट्रिक अफ अप्टिमिष्ट इन्टरनेशनल गर्भनर पृथ्वी राज थापा को सभापतित्वमा सो कार्यक्रम सु–सम्पन्न भएको थियो भने निवन्ध प्रतियोगिता र का वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनेको बिबरणहरु अप्टिमिष्ट इन्टरनेशनल पठाउने समेत जानकारी गर्भनर थापाले दिए । अप्टिमिष्ट इन्टरनेशनले सन् १९२८ बाट यो कार्यक्रम गरिरहेको छ । सकारात्मक दृष्टिकोणद्वारा निर्देशित आशावादी जीवन दर्शनको प्रवद्र्धन गर्दै बालबालिका, किशोर–किशोरी तथा युवापिंढीको चौतर्फी विकासका निम्ति आवश्यक कार्यक्रम संचालन गरिरहेको छ।

206 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal