पाँचथर– काठमाडौं सम्पर्क समितिमा तिमिल्सिना

काठमाडौं । नेपाली कांग्र्रेस पाँचथर–काठमाडौं सम्पर्क समितिको सभापतिमा लक्ष्मीनारायण तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् । २०८० वैशाख १६ गते शनिबार काठमाडौंमा भएको अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्यसमिति बनेको हो ।
समितिको उपाध्यक्षमा धनेन्द्रराज आङदेम्बे, राजेन्द्र सम्बाहाम्फे र महिला उपाध्यक्षमा गोमादेवी आङदेम्बे र उपाध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी सचिवद्वयमा जीवन ढुंगेल र टीका अधिकारी, सह–सचिवद्वयमा अनिल सेलिङ र छत्र बहादुर भण्डारी र कोषाध्यक्षमा पुनम फागो निर्वाचित भएका छन् । समितिका सदस्यहरुमा मुना आङ्देम्बे, शशिकला आङदेम्बे, इन्द्रमाया आङदेम्बे, दिनेश जवेगु, पदम मैनाली, महेन्द्र खनाल, विराज बास्कोटा, मनिषा प्याकुरेल, अम्बिका खनाल, युनिसा प्याकुरेल, सीता गौतम, नरेश रिजाल, वीरेन्द्र दाहाल, सुरेश माङ्यु र मदन वेघा निर्वाचित भएका छन् । नवगठित कार्यसमितिलाई निवर्तमान सभापति नीर्मल रिजालले पद तथा कार्यभार हस्तान्तरण गरे । नयाँ समितिलाई बधाई दिँदै उनले पार्टीको नीति र निर्देशन पालना गर्दै पार्टी र पाँचथरबासीको हितमा काम गर्न आग्रह गरे । रिजालले हिजो जस्तोसुकै असहज परिस्थितिमा पनि सम्पर्क समितिले जिल्लाबासी र काठमाडौंमा बसोबास गर्ने जिल्लाका नागरिकका लागि सक्दो सहयोग गरेको जनाए । उनले हिजोका राम्रा कामलाई निरन्तरता दिनसमेत नयाँ समितिलाई आग्रह गरे ।
नवनिर्वाचित सभापति लक्ष्मीनारायण तिमिल्सिनाले सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै पार्टीको नीति, नियम र पार्टीको हितभन्दा एक इन्च पनि दाँयाबाँया नगर्ने प्रतिबद्धता व्यक्त गरे । तिमिल्सिना निवर्तमान सचिव पनि हुन् । पार्टीका कोशी प्रदेश कार्य समितिका सदस्य टेकबहादुर काम्बाङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट निर्वाचित समितिको कार्यकाल २ वर्षको रहेको छ ।
ताजा

दलाल पूँजीपतिद्वारा संक्रमित व्यवस्थापिका र कार्यपालिका
२०८० आश्विन ५ गते, शुक्रबार
दलाल पूँजीपतिद्वारा संक्रमित व्यवस्थापिका र कार्यपालिका
२०८० आश्विन ५ गते, शुक्रबार
संगीत सुख दुःखको सारथी हो
२०८० आश्विन ५ गते, शुक्रबार
शिक्षकहरुको काठमाडौंमा वृहत सडक आन्दोलन
२०८० आश्विन ३ गते, बुधबार
एमालेको राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम
२०८० आश्विन ३ गते, बुधबार
संविधानले सम्झिएका सुशील र सुवास
२०८० आश्विन ३ गते, बुधबार
आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछः राष्ट्रपति पौडेल
२०८० आश्विन ३ गते, बुधबार
संविधानको कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्न सरकार प्रतिबद्ध छःः प्रधानमन्त्री दाहाल
२०८० आश्विन ३ गते, बुधबार
मुलुकलाई संविधानले समृद्धितर्फ अघि बढ्न दिशानिर्देश गरेको छः देउवा
२०८० आश्विन ३ गते, बुधबार
आज संविधान दिवस, सार्वजनिक विदा
२०८० आश्विन ३ गते, बुधबार
आजदेखि काठमाडौंमा २५ वटा द्रुत बस सञ्चालनमा, ‘रातो बत्ती’मा पनि नरोकिने
२०८० आश्विन ३ गते, बुधबारलोकप्रिय

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार
राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ
२०८० असार २४ गते, आईतवार
१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई
२०७९ चैत्र २४ गते, शुक्रबार
धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार