एमालेको केन्द्रीय समिति बैठकमा प्रदेश खारेजीको माग

२०८० बैशाख ३० गते, शनिबार

काठमाडौं । एमाले केन्द्रीय कमिटीको बैठकमा संघीयतासम्बन्धी पार्टीको नीति पुनरावलोकन गर्नुपर्ने मत अघि सारेका छन । केन्द्रीय सदस्यहरूले संघीय प्रणाली देशहितमा नभएको भन्दै पार्टीले अब नयाँ दृष्टिकोण बनाएर जानुपर्नेमा जोड दिए । यसरी आफ्ना विचार राख्ने मध्यमा पोलिटव्युरो सदस्य कमरेड महेश बस्नेतको गोकुल बास्कोटा केन्द्रीय सदस्य गोविन्दप्रसाद लगायत हुनुहुन्थ्यो ।
सामाजिक सञ्जालमा बारम्बार संघीयता खारेजीको आवाज उठाइरहेका बास्कोटाले पार्टीमा भने पहिलोचोटि जोडदाररुपमा उक्त कुरा उठाएका हुन् । जनमानसमा नै संघीयताप्रति वितृष्णा उब्जिएकाले पार्टीले अब संघीयताको विपक्षमा आफूलाई उभ्याउनुपर्ने उनको तर्क थियो ।
अर्का नेता बस्नेत र दुलालले पनि जनभावनालाई बुझेर पार्टीले आफ्नो दृष्टिकोण सच्याउनुपर्ने बेला आएको बताए । संघीयताले देशको व्ययभार बढाएको तर उपलब्धी केही नदिएको उनिहरूको भनाइ थियो ।
पछिल्लो समय संघीयता विरोधि अभिमत बलियो बन्दै गइरहेको अवस्थामा थुप्रै नेताहरुले संघीयता नेपालका लागि हितकर नभएको धारणा राखेका छन् ।
नेकपा एमालेले २०८४ को चुनावमा पहिलो शक्ति बन्ने गरि पार्टी परिचलानका कार्यक्रम घोषणा गर्ने भएको छ ।
बिहीबारदेखि जारी केन्द्रीय कमिटी बैठकबारे जानकारी दिँदै केन्द्रीय सदस्य गोविन्दप्रसाद दुलालले सुझाव माग्न ८ वटा समूह बनाएर छलफल भइरहेको बताए ।
८ समूहमा विभाजित गरेर आ आफ्ना प्रदेशका कस्ता कार्ययोजना हुन सक्छन् त्यसैका आधारमा बार्षिक कार्ययोजना बनाउन सुझाव मागिएको दुलालले बतायका छन । एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो । समूहगत छलफल सकिएपछि वार्षिक कार्ययोजनाबारे सुझाव लिने काम भइरहेको छ । त्यसपछि स्थायी कमिटी बैठक बस्ने छ । प्रदेशहरूबाट आएका सुझावहरु का आधारमा स्थायी कमिटीले पार्टीको आगमी कार्यदिशा निर्धारण गरी शनिबार नै बैठक सकिने छ ।

179 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal