प्रचण्डलाई रवि लामिछानेको चेतावनी– खबरदार ! यो आँधीलाई ख्याल सम्झने भुल नगर्नू

२०८० बैशाख २७ गते, बुधबार

काठमाडौं । नक्कली शरणार्थी प्रकरणको अनुसन्धान फितलो भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई खबरदारी गरेका छन् । उनले अनुसन्धानको लहरोले तानेकाहरूलाई छोडे रास्वपा चुप लागेर नबस्ने चेतावनी समेत दिएका छन् ।

उनले शरणार्थी प्रकरणको अनुसन्धान हुँदै गर्दा शीर्ष नेताहरूको तीव्र भेटघाटप्रति पनि आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई भ्रष्टाचारको एउटै फाइलले ज्वरो निकालेको टिप्पणी पनि लामिछानले गरेका छन् ।
उनले सामाजिक सञ्चालमा लेखेको सन्देश जस्ताको तस्तैः
शिर्ष नेताहरुको तिब्र भेटघाट, फरार (गराइएका) अझै सम्पर्क विहिन, नाम आएकाहरु माथीको अनुसंधान फितलो ! खबरदार, अनुसंधानको लहरोले ठुला नेता र तिनका सन्तानको ूजगजाहेर तान्डवूलाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन।यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला। प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस ?

157 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal