उद्यमी–व्यवसायी बिचौलिया बनेर बाँच्ने अवस्थामा पुगेः भट्टराई

२०७९ चैत्र २३ गते, बिहीबार

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालका उद्यमी व्यवसायी उत्पादनशील क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकेर बिचौलिया बनेर बॉच्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन्।

भट्टराईले बिहीबार ट्वीट गर्दै खुला सिमानाबाट झण्डै आधा अर्थतन्त्र चुहिएको र सस्तो श्रम निर्यात तथा महँगो वस्तु आयातको असमान सम्बन्धले राष्ट्रिय अर्थतन्त्र पूरै पराश्रित बनेको बताएका छन्। ‘बाच्छाले सँढेसँग जुध्न नसके झैँ हिजो औद्योगिक वस्तुमा परनिर्भर भएका हामी अब कृषिजन्य वस्तुमा पनि परनिर्भर बन्दैछौँ’, उनले लेखेका छन्।

नेपालको औसत प्रतिव्यक्ति आय विश्वको भन्दा १० गुना कम रहेको भन्दै उनले यसलाई विश्वको हाराहारीमा पुर्‍याउन केही दशक निरन्तर दुई अंकको वृद्धिदर चाहिने उल्लेख गरेका छन्। सुगौलीसन्धि यता नेपालको वैदेशिक व्यापार घाटा निरन्तर बढ्दै गएर १५ गुना नाघेको उनको दाबी छ।

‘हाम्रो ४० वर्षको औसत वृद्धिदर ४ प्रतिशत वरपर मात्र छ१ जबकि हाम्रा छिमेकी र अरू एशियाली देशले यो वीचमा ठूलो फड्को हानिसके’, उनले लेखेका छन्। ‘देशमा सपना देख्न छाडेर किशोर अवस्थामै विदेश पलायन भैरहने क्रम कहिलेसम्म’ भनी उनले प्रश्न गरेका छन्।

एफएनसीसीआईको राष्ट्रिय सम्मेलनमा अर्थतन्त्रका तत्कालीन र सतही कुरामा भन्दा रणनीतिक र संरचनात्मक रूपान्तरणतका मुद्दामा विमर्श केन्द्रित गर्न उनले सुझाव दिएका छन्।

204 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal