उद्यमी–व्यवसायी बिचौलिया बनेर बाँच्ने अवस्थामा पुगेः भट्टराई

२०७९ चैत्र २३ गते, बिहीबार

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालका उद्यमी व्यवसायी उत्पादनशील क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकेर बिचौलिया बनेर बॉच्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन्।

भट्टराईले बिहीबार ट्वीट गर्दै खुला सिमानाबाट झण्डै आधा अर्थतन्त्र चुहिएको र सस्तो श्रम निर्यात तथा महँगो वस्तु आयातको असमान सम्बन्धले राष्ट्रिय अर्थतन्त्र पूरै पराश्रित बनेको बताएका छन्। ‘बाच्छाले सँढेसँग जुध्न नसके झैँ हिजो औद्योगिक वस्तुमा परनिर्भर भएका हामी अब कृषिजन्य वस्तुमा पनि परनिर्भर बन्दैछौँ’, उनले लेखेका छन्।

नेपालको औसत प्रतिव्यक्ति आय विश्वको भन्दा १० गुना कम रहेको भन्दै उनले यसलाई विश्वको हाराहारीमा पुर्‍याउन केही दशक निरन्तर दुई अंकको वृद्धिदर चाहिने उल्लेख गरेका छन्। सुगौलीसन्धि यता नेपालको वैदेशिक व्यापार घाटा निरन्तर बढ्दै गएर १५ गुना नाघेको उनको दाबी छ।

‘हाम्रो ४० वर्षको औसत वृद्धिदर ४ प्रतिशत वरपर मात्र छ१ जबकि हाम्रा छिमेकी र अरू एशियाली देशले यो वीचमा ठूलो फड्को हानिसके’, उनले लेखेका छन्। ‘देशमा सपना देख्न छाडेर किशोर अवस्थामै विदेश पलायन भैरहने क्रम कहिलेसम्म’ भनी उनले प्रश्न गरेका छन्।

एफएनसीसीआईको राष्ट्रिय सम्मेलनमा अर्थतन्त्रका तत्कालीन र सतही कुरामा भन्दा रणनीतिक र संरचनात्मक रूपान्तरणतका मुद्दामा विमर्श केन्द्रित गर्न उनले सुझाव दिएका छन्।

165 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal