शिवरात्रीमा पशुपति दर्शन गर्न ३० लाख दर्शनार्थी आउने अनुमान
काठमाडौं । महाशिवरात्रिको अघिल्लो दिन काठमाडौंको पशुपतिनाथमा चहलपहल बढेको छ । महाशिवरात्रिका लागि भक्तजन लगाएत साधुवाबाहरुको आगमनसंगै पशुपतिनाथमा चहलपहल बढेको हो । शिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथमा कलश यात्रा पनि गरिएको थियो । यसपटक पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ ।
भक्तजनहरुलाई सहज रुपमा पशुपतिनाथको दर्शन गराउन विभिन्न स्थानबाट प्रवेश लाइनको व्यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । महाशिवरात्रिका लागि कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य अनन्त श्री विभूषित निश्चलानन्द सरस्वती बिहीबार नै नेपाल आइसकेका छन् ।
पर्वका अवसरमा कोषले पशुपति क्षेत्रलाई रङरोगन गरेको छ भने फूल र वत्तीले पशुपति क्षेत्रलाई सजाइएको छ । दर्शनार्थी मन्दिर प्राङ्गणबाट बाहिर निस्कने स्थान नजिकै मुख्य क्षेत्रभित्र, जयबागेश्वरी, बज्रघर अगाडि दक्षिण ढोका, तिलगङ्गामा समेत नेपाल वेद विद्याश्रमका बटुकद्वारा चन्दन वितरणको व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्रमा रातिदेखि नै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकताअनुसार सवारी साधनलाई डाईभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
ताजा
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गगनलाई किशोर सिंह राठौरको चुनौती
२०८३ आश्विन १६ गते, शुक्रबार
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
सञ्चार तथा खेलकुदकर्मी करण र प्रहरी नायब निरीक्षक कुञ्जाङलाई ’राष्ट्रिय गौरव सम्मान’
२०८३ आश्विन १६ गते, शुक्रबार
भव्यताका साथ सि.एस. इन्टरटेनमेन्टको ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न
२०८३ आश्विन १६ गते, शुक्रबार
बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील
२०८३ आश्विन १२ गते, सोमबार
फेरि पक्राउ परे दुर्गा प्रसाईँ
२०८३ आश्विन १२ गते, सोमबार
पर्यटनः चुनौती, अवसर र दिगो यात्रा
२०८३ आश्विन १२ गते, सोमबार
छापा माध्यम सिध्याउने खेलमा मन्त्री विक्रम तिमिल्सिना
२०८३ आश्विन १२ गते, सोमबार
देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध
२०८३ आश्विन १२ गते, सोमबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





