महाशिवरात्रिः ठूला सवारी साधन निषेध

काठमाडौँ । शनिवार हुने महाशिवरात्रि पर्वमा गौशाला क्षेत्रमा ठुला सवारीलाई प्रवेश निषेध गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रवार मध्यरातबाट नै ठुला सवारी साधन सो क्षेत्रमा प्रवेश गर्न नदिनेगरी ट्राफिक ‘व्यवस्थापन योजना’ बनाएको छ ।
शुक्रवार राति १२ देखि शनिवार साँझ ६ बजेसम्म ६ पाङ्ग्रे र मालवाहक सवारी साधनलाई पशुपति क्षेत्रमा प्रवेश गर्न नदिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए । भट्ट भन्छन्,‘ठुला सवारीलाई चाबहिल, कोटेश्वर र तीनकुनेमा रोक्छौं ।’
ट्राफिक प्रहरीले पशुपतिमा दर्शन गर्नेहरूको चाप हेरेर पहिलो चरणमा सिनामंगल, पुरानोबानेश्वर, रातोपुल र मित्रपार्क क्षेत्रबाट सवारी डाइभर्सन गर्ने भएको छ । दर्शनार्थीको चाप बढेपछि चाबहिलबाट गौशालातर्फ र पुरानोबानेश्वरबाट गौशाला आउने सवारीलाई निषेध गर्ने निर्णय गरिएको छ ।
‘करिब १२ स्थानबाट गौशालामा आउने सवारी साधनलाई डाइभर्सन गर्छौं’ एसएसपी भट्ट भन्छन्,‘ज्ञानेश्वर, द्वारिका होटल, सिफल चौर र लामापोखरी हुँदै गौशाला आउने सवारीलाई डाइभर्सन गर्छौं ।’
गौरिघाटबाट उमाकुण्ड र मित्रपार्क तिर जाने सवारीसाधन र तिलगंगाबाट गौशाला जाने सवारीलाई आवागमनमा निषेध गरिने छ । मालबाहक सवारी सधान तिनुकनेबाट सिनामंगलतिर जान पाउँदैनन् । सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्कने मार्गमा पनि सवारी चल्न नदिने गरि कार्ययोजना तयार गरिएको छ । जोरपाटी, बौद्धबाट आउने मालवाहक सवारी साधनलाई चुच्चेपाटीबाट चावलिह तर्फ डाइभर्सन गरिने भएको छ ।
रत्नपार्कबाट चल्ने बस र माइक्रोबसहरु तिलगंगा पुगेपछि सोही रुटबाट फिर्ता हुनुपर्ने छ । रत्नपार्कबाट लाजिम्पाट हुँदै साँखु जाने बस र माइक्रोबस त्यहि बाटोबाट फर्किनेगरी कार्ययोजना स्वीकृत गरिएको एसएसपी भट्टले जानकारी दिए । उनले भने,‘कालापुल हुँदै कपन चल्ने सवारी साधनहरु खानीविभाग हुँदै महराजगञ्जबाट चल्न पाउँछन् ।’
सुन्धाराबाट बौद्ध चल्ने माईक्रोबस र टेम्पोहरु कृष्णपाउरोटी बाट नक्साल हुँदै चाबहिल गणेशस्थान निस्कनुपर्ने छ । जोरपाटीबाट सुन्धारा आउने माईक्रोबस र टेम्पोहरु नारायणगोपाल चोक हुँदै केशरमहलबाट चल्न पाउनेछन् ।
जोरपाटीबाट महाराजगञ्ज जाने मालवाहक सवारीसाधनलाई चुच्चेपाटीबाट भृकुटीचोक हुँदै सुकेधारा तर्फ डाइभर्सन गरिएको छ । कोटेश्वरबाट सुकेधारा जानुपर्ने मालवाहक सवारी सातदोवाटो र कलंकी घुमेर जानुपर्नेछ । कोटेश्वरबाट पशुपति वरपर जानुपर्ने मालवाहक सवारीलाई शिवरात्रीको मेला अवधिभर तीनकुनेमा होल्ड गरिने एसएसपी भट्टले बताए ।
ताजा

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा
२०८२ असार २७ गते, शुक्रबार
गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा
२०८२ असार २७ गते, शुक्रबार
टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने
२०८२ असार २७ गते, शुक्रबार
सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक
२०८२ असार २७ गते, शुक्रबार
‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न
२०८२ असार २७ गते, शुक्रबार
आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष
२०८२ असार २६ गते, बिहीबार
रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै
२०८२ असार २६ गते, बिहीबार
भारतमा गयो ४.४. म्याग्निच्युडको भूकम्प
२०८२ असार २६ गते, बिहीबार
‘‘त्यसपछि ढुक्कले सुत्न पाइयो’
२०८२ असार २६ गते, बिहीबार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
बाढीका कारण एक अर्बभन्दा बढीको क्षति
२०८२ असार २६ गते, बिहीबारलोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार