सांसद भण्डारीकी आमाको अन्त्येष्टि
काठमाडौं । ग्यास लिकपछि भएको आगलागीबाट जलेर ज्यान गुमाएकी कांग्रेस सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको अन्येष्टि गरिएको छ ।
पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो । भण्डारीको पार्थिव शरीरमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रवक्ता विश्वप्रकाश शर्मा, नेता बालकृष्ण खाण, तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङलगायतका नेताहरूले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे । पार्टीका अन्य नेता(कार्यकर्ता, आफन्त तथा शुभेच्छुक पनि अन्तिम संस्कारमा पुगेका थिए ।
बुधबार राति बुद्धनगरस्थित घरमा खाना पकाउने सिलिन्डरबाट ग्यास लिक भई आगलागी हुँदा भण्डारीका आमाछोरा जलेर घाइते भएका थिए । ८९ वर्षीया आमा हरिकलाको बिहीबार बिहान कीर्तिपुरस्थित बर्नर सेन्टरमा उपचारको क्रममा निधन भएको थियो ।
सांसद भण्डारीलाई बिहीबार दिउँसो थप उपचारका लागि श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको छ । उनको नेशनल बर्न्स सेन्टरमा उपचार भइरहेको छ ।
ताजा
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गगनलाई किशोर सिंह राठौरको चुनौती
२०८३ आश्विन १६ गते, शुक्रबार
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
सञ्चार तथा खेलकुदकर्मी करण र प्रहरी नायब निरीक्षक कुञ्जाङलाई ’राष्ट्रिय गौरव सम्मान’
२०८३ आश्विन १६ गते, शुक्रबार
भव्यताका साथ सि.एस. इन्टरटेनमेन्टको ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न
२०८३ आश्विन १६ गते, शुक्रबार
बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील
२०८३ आश्विन १२ गते, सोमबार
फेरि पक्राउ परे दुर्गा प्रसाईँ
२०८३ आश्विन १२ गते, सोमबार
पर्यटनः चुनौती, अवसर र दिगो यात्रा
२०८३ आश्विन १२ गते, सोमबार
छापा माध्यम सिध्याउने खेलमा मन्त्री विक्रम तिमिल्सिना
२०८३ आश्विन १२ गते, सोमबार
देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध
२०८३ आश्विन १२ गते, सोमबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





