काठमाडौंमा मैले जित्ने थिँए, ओलीले टिकट दिएनन् अब एमाले देशैभरबाट सकिन्छ – रामबीर मानन्धर
काठमाडौं । काठमाडौं ७ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका रामबीर मानन्धरले आगामी निर्वाचन जित्ने दाबी गरेका छन् ।
यही क्षेत्रबाट दुई पटकसम्म सांसद र एक पटक मन्त्री भइसकेका उनलाई नेकपा एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका हुन् । एमालेका अत्यन्तै लोकप्रिय नेताका रुपमा चिनिएका उनले एमालेले आफूलाई टिकट नदिएर पार्टीमाथि घात गरेको आरोप लगाएका छन् । ‘एमालेले मलाई टिकट दिएको भए एक सिट बढी जित्थ्यो, जसले अहिले टिकट पाए उनले हारेपछि त एमालेलाई घाटा भयो नि’ उनले भने ‘ एमाले अध्यक्ष केपी शर्मा ओलीको यस्तै अदूरदर्शी निर्णयका कारण आगामी निर्वाचनमा एमाले टर्च लाइट बालेर खोज्नुपर्ने अवस्था आउन सक्छ ।’ उनले ‘घण्टाघर’ चुनाव चिन्ह पाएका छन् । सामान्य स्वाभावका उनी आफ्नो सरलता र स्पष्ट कुरा गर्ने शैली नै निर्वाचन जित्ने प्रमुख आधार भएको बताउँछन् । ‘म त सबै मतदाताको साझा उम्मेदवार हुँ, मैले उम्मेदवारी दिएपछि धेरैतिरबाट सकारात्मक ‘रेस्पोन्स’ आएको छ’ उनले भने ‘ यो बेला भनेको मतदाताले सही प्रतिनिधि छानेर ५ वर्षसम्म यो क्षेत्रको विकासमा सहयोग गर्ने हो त्यसैले पनि अब कसलाई मतदान गर्नुपर्छ भन्नेमा कोही पनि अलमलमा पर्नुहुन्न भन्ने लाग्छ ।’
उनले मुख्यगरी ७ वटा प्रतिबद्धता व्यक्त गरेका छन् । उनले प्राविधिक शिक्षा र गुणस्तरीय स्वास्थ्य, महिला सशक्तिकरण, खेलकुद तथा सीप विकास, सांस्कृतिक सम्पदाको संरक्षण, सडक र वातावरण व्यवस्थापन, उद्यमशीलता विकास र युवा रोजगारी, स्थानीय कृषि तथा लघु उद्योग प्रोत्साहन, अधुरा रहेका विकासक पूर्वाधारहरुलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफू सांसद रहँदा गरेका विकास निर्माणका योजनालाई जनतामाझ पुस्तक नै प्रकाशन गरेर सार्वजनिक गरेका छन् । ‘मैले बजेट बिनियोजन गर्ने सन्दर्भमा कुनै अनियमितता गरेको छैन, कसैले त्यस्तो भेट्यो भनें म राजनीति छोडिदिन्छु’ मानन्धरले भने । उनी अरु कुनै उम्मेदवारको विषयमा आलोचना नगर्ने बताउँछन् ।
‘घण्टाघर’ चिन्हमा मतदान गर्ने विषयमा मतदाता सचेत रहेको उनले बताए । उनीसँग राजनीतिक दलका र स्वतन्त्र गरी २८ जना प्रतिस्पर्धामा छन् । २०४९ र २०५४ सालमा काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्षसमेत भइसकेका उनी आफूले त्यतिबेला गरेको कामलाई मतदाताले अझै पनि सम्झिइरहेको बताएका छन् । यो क्षेत्रमा काठमाडौं महानगरपालिकाका १६, १७, १८, २५ र तारकेश्वर नगरपालिकाका ३, ४ र ५ र नागार्जुन नगरपालिकाका १, २ र ३ वडा पर्छन् । यो क्षेत्रमा झण्डै ६० हजार मतदाता रहेका छन् । यो क्षेत्रमा माओवादी पीडित मतदाता धेरै रहेकाले गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेकी मानुषी यमी भट्टराइलाई जनताले मतदान नगर्ने उनले बताए । यो क्षेत्रमा एमालेले श्याम घिमिरेलाई टिकट दिएको छ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





