काठमाडौंमा मैले जित्ने थिँए, ओलीले टिकट दिएनन् अब एमाले देशैभरबाट सकिन्छ – रामबीर मानन्धर

२०७९ कार्तिक २८ गते, सोमबार

काठमाडौं । काठमाडौं ७ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका रामबीर मानन्धरले आगामी निर्वाचन जित्ने दाबी गरेका छन् ।

यही क्षेत्रबाट दुई पटकसम्म सांसद र एक पटक मन्त्री भइसकेका उनलाई नेकपा एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका हुन् । एमालेका अत्यन्तै लोकप्रिय नेताका रुपमा चिनिएका उनले एमालेले आफूलाई टिकट नदिएर पार्टीमाथि घात गरेको आरोप लगाएका छन् । ‘एमालेले मलाई टिकट दिएको भए एक सिट बढी जित्थ्यो, जसले अहिले टिकट पाए उनले हारेपछि त एमालेलाई घाटा भयो नि’ उनले भने ‘ एमाले अध्यक्ष केपी शर्मा ओलीको यस्तै अदूरदर्शी निर्णयका कारण आगामी निर्वाचनमा एमाले टर्च लाइट बालेर खोज्नुपर्ने अवस्था आउन सक्छ ।’ उनले ‘घण्टाघर’ चुनाव चिन्ह पाएका छन् । सामान्य स्वाभावका उनी आफ्नो सरलता र स्पष्ट कुरा गर्ने शैली नै निर्वाचन जित्ने प्रमुख आधार भएको बताउँछन् । ‘म त सबै मतदाताको साझा उम्मेदवार हुँ, मैले उम्मेदवारी दिएपछि धेरैतिरबाट सकारात्मक ‘रेस्पोन्स’ आएको छ’ उनले भने ‘ यो बेला भनेको मतदाताले सही प्रतिनिधि छानेर ५ वर्षसम्म यो क्षेत्रको विकासमा सहयोग गर्ने हो त्यसैले पनि अब कसलाई मतदान गर्नुपर्छ भन्नेमा कोही पनि अलमलमा पर्नुहुन्न भन्ने लाग्छ ।’

उनले मुख्यगरी ७ वटा प्रतिबद्धता व्यक्त गरेका छन् । उनले प्राविधिक शिक्षा र गुणस्तरीय स्वास्थ्य, महिला सशक्तिकरण, खेलकुद तथा सीप विकास, सांस्कृतिक सम्पदाको संरक्षण, सडक र वातावरण व्यवस्थापन, उद्यमशीलता विकास र युवा रोजगारी, स्थानीय कृषि तथा लघु उद्योग प्रोत्साहन, अधुरा रहेका विकासक पूर्वाधारहरुलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफू सांसद रहँदा गरेका विकास निर्माणका योजनालाई जनतामाझ पुस्तक नै प्रकाशन गरेर सार्वजनिक गरेका छन् । ‘मैले बजेट बिनियोजन गर्ने सन्दर्भमा कुनै अनियमितता गरेको छैन, कसैले त्यस्तो भेट्यो भनें म राजनीति छोडिदिन्छु’ मानन्धरले भने । उनी अरु कुनै उम्मेदवारको विषयमा आलोचना नगर्ने बताउँछन् ।
‘घण्टाघर’ चिन्हमा मतदान गर्ने विषयमा मतदाता सचेत रहेको उनले बताए । उनीसँग राजनीतिक दलका र स्वतन्त्र गरी २८ जना प्रतिस्पर्धामा छन् । २०४९ र २०५४ सालमा काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्षसमेत भइसकेका उनी आफूले त्यतिबेला गरेको कामलाई मतदाताले अझै पनि सम्झिइरहेको बताएका छन् । यो क्षेत्रमा काठमाडौं महानगरपालिकाका १६, १७, १८, २५ र तारकेश्वर नगरपालिकाका ३, ४ र ५ र नागार्जुन नगरपालिकाका १, २ र ३ वडा पर्छन् । यो क्षेत्रमा झण्डै ६० हजार मतदाता रहेका छन् । यो क्षेत्रमा माओवादी पीडित मतदाता धेरै रहेकाले गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेकी मानुषी यमी भट्टराइलाई जनताले मतदान नगर्ने उनले बताए । यो क्षेत्रमा एमालेले श्याम घिमिरेलाई टिकट दिएको छ ।

63 Views

ताजा

राजावादी दुर्गा मच्चिए–मच्चिए अनि थच्चिए

२०८० मंसिर १५ गते, शुक्रबार

राजावादी दुर्गा मच्चिए–मच्चिए अनि थच्चिए

२०८० मंसिर १५ गते, शुक्रबार

अर्थमन्त्रीलाई ४० करोडको आरोप

२०८० मंसिर १५ गते, शुक्रबार

१० अर्व झ्वाम पार्नेलाई अख्तियारको सुनपानी

२०८० मंसिर १५ गते, शुक्रबार

सूईहरुको उदासिनताले सडक चौपट

२०८० मंसिर १५ गते, शुक्रबार

काँग्रेसमा गगन–विश्व र प्रदीपको नयाँ धार

२०८० मंसिर १५ गते, शुक्रबार

गाजामा भोकमरीको सङ्कट

२०८० मंसिर १४ गते, बिहीबार

जाजरकोट भूकम्पको कहरः पालमुनि बस्दै आएकी ३ वर्षीया बालिकाको मृत्यु

२०८० मंसिर १४ गते, बिहीबार

एनसेलबाट बाहिरिने आजियाटा समूहको निर्णय

२०८० मंसिर १४ गते, बिहीबार

नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

२०८० मंसिर १४ गते, बिहीबार

आजबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि सङ्कल्प यात्रा’

२०८० मंसिर १४ गते, बिहीबार

लोकप्रिय

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’

२०७९ पुष ८ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal