जनताको विश्वास नै मैले निर्वाचन जित्ने आधार हो– एमाले नेता ढकाल

२०७९ कार्तिक २८ गते, सोमबार

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर ४ (१) मा नेकपा एमालेको तर्फबाट प्रदेशसभाको उम्मेदवार बनेका तेजप्रसाद ढकालले जनताले दिएको विश्वास नै आफूले निर्वाचन जित्ने आधार भएको बताएका छन् ।

जनताको घरदैलो गर्ने क्रममा जहाँ पुगे पनि आफूप्रति मानिसहरु सकारात्मक भएको भन्दै उनले थपे ‘म लामो समयदेखि यो क्षेत्रमा बसेर नै काम गर्दै आएको छु त्यसैले पनि म कसैको लागि नयाँ र नौलो मान्छे होइन ।’ सरल स्वभावका धनी उनी स्पष्ट बोल्ने वक्ताका रुपमा चिनिन्छन् । आफूले अघि बढाएका योजना समयमै पूरा गर्ने प्रतिबद्धता जनाएका उनले भने ‘मैले अहिलेसम्म कसैलाई पनि ढाँटेको र झुक्याएको छैन, जनता भगवान भएकाले उहाँहरुको आशिष चाहिएको छ मलाई, तपाइहरुमाथि विश्वासघात गर्ने छैन’ उनले भने ‘यो क्षेत्रमा धेरै काम गर्ने सोच बनाएको छु त्यसैले पनि मेरो जित हुनुपर्ने खाँचो छ ।’

ढकाल लामो समयदेखि राजनीति गर्दै आएका छन् । २०३९ सालदेखि अनेरास्ववियुको राजनीतिमा संलग्न भएका उनी अहिले काठमाडौं जिल्ला कमिटीका सह–सचिव हुन् । बी।ए। एल्। एल्।बी।सम्मको अध्ययन गरेका उनी कानुन व्यवसायीसमेत हुन् । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको दुई कार्यकालसम्म अध्यक्ष भएका उनका ‘मेरो देश’ (कवितासंग्रह), राजनीतिक विचार समेटिएको ‘प्रजातन्त्रमा जनप्रतिनिधि र प्रतिपक्ष’ पनि प्रकाशित छन् । ‘भाव’ लेख संग्रह उनको अर्को रचना हो । भारत, बंगलादेश, थाइल्याण्ड, जापान, जर्मन, स्विटजरल्याण्ड, अमेरिका, बेलायतलगायतको देशको भ्रमण गरिसकेका उनी यो क्षेत्रको विकासका लागि निरन्तर सक्रिय रहँदै आएका छन् । यो क्षेत्रमा काठमाडौं महानगरपालिकाका १, ७, ८ र ३० नम्बर वडा पर्छन् । ढकालले यी क्षेत्रमा एमालेको संगठन राम्रो भएको दाबी गरेका छन् ।

उनको क्षेत्रमा पशुपतिनाथको मन्दिर पनि परेको छ । पशुपतिनाथको मन्दिर, नक्साल भगवती, कमलपोखरी, धोबीधारालगायतका क्षेत्रलाई थप चिनाउन पहल गर्ने र व्यवस्थित बनाउने उनको योजना छ । ‘मठ, मन्दिर र सांस्कृतिक सम्पदाको संरक्षण गरेर प्रयाप्त मात्रामा प्रचार प्रचार गर्न सक्यौं भनें पनि पर्यटक भित्र्याएर राम्रो आम्दानी गर्न सकिन्छ’ उनी भन्छन् ‘ यो निर्वाचनले देशको भाग्य र भविष्य कस्तो बनाउने भन्ने निर्धारण गर्ने भएकाले नेकपा एमालेको योजना र घोषणापत्रलाई सम्झिँदै मतदान गर्न आग्रह गर्दछु ।’

104 Views

ताजा

कृषकहरुलाई मल, बिउ सहज रुपमा उपलब्ध गराउन परिवार दलको माग

२०८२ जेष्ठ २५ गते, आईतवार

कृषकहरुलाई मल, बिउ सहज रुपमा उपलब्ध गराउन परिवार दलको माग

२०८२ जेष्ठ २५ गते, आईतवार

राजन लम्साल लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपाल “आइडी इन्डोर्सी” पदमा विजय

२०८२ जेष्ठ २५ गते, आईतवार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

संकल्पको “झुठै भएनी” मा सागर र मनिषाको अन्स्क्रिन प्रेम (भिडिओ)

२०८२ जेष्ठ २४ गते, शनिबार

भीरकोटमा कृषि र पशु विकासमा परियोजना

२०८२ जेष्ठ २३ गते, शुक्रबार

मंगोलियाका प्रधानमन्त्रीको राजीनामाले नेपालको नैतिकविहीन राजनीतिलाई गिज्यायोः कांग्रेस नेता डा.शर्मा

२०८२ जेष्ठ २३ गते, शुक्रबार

वरिष्ठ अधिवक्ता शम्भु थापाको सर्वत्र आलोचना

२०८२ जेष्ठ २३ गते, शुक्रबार

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै , हट्ला त अवरोध ?

२०८२ जेष्ठ २३ गते, शुक्रबार

जापानमा नेपाल फेसन एण्ड इन्टरमेन्ट इनटरनेशनल अवार्ड सम्पन्न

२०८२ जेष्ठ २३ गते, शुक्रबार

मालपोत कार्यालय भक्तपुर बनाए कार्कीले आकर्षक

२०८२ जेष्ठ २२ गते, बिहीबार

लोकप्रिय

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal