भारतकी शिजालाई जुँगा पाल्ने रहर “गर्व गर्छिन् आफ्नो शारीरिक अंगमा

२०७९ कार्तिक १७ गते, बिहीबार

काठमाडौं। जुँगा राख्ने एक भारतीय महिलाले अनलाइनमा मानिसहरूबाट प्रशंसा र आलोचना दुवै पाएकी छन्। तर उनले आफ्नो अनुहारको कपालबारे चासो राख्ने मानिसहरूबाट उनलाई केही फि क्री नभएको बताउँछिन्।

 

मलाई मेरो जुँगा असाध्यै मन पर्छ ।३५ वर्षीय शिजाले आफ्नो फोटोको तलतिर ह्वाट्सएप स्टेटसमा लेखेकी छन्। उनी भन्छिन् मलाई मेरो जुँगा साह्रै मन पर्छ । म त्यति मात्र भन्न सक्छु। शिजा आफ्नो नामको पछाडि थर जोड्दिनन्। उनी दक्षिण राज्य केरलाको कानपुर जिल्लामा बस्छिन्।

 

उनको ओठमाथि रौँ उम्रिएको धेरै वर्ष भइसक्यो। उनले आफ्ना आँखीभौँ त थ्रेडिङ गरेर मिलाउँछिन् तर आफ्नो ओठमाथिका रौँ फाल्न उनले कहिल्यै आवश्यक ठानिनन्। करिब पाँच वर्षअघि उनको जुँगा बाक्लिँदै गयो र त्यसबाट हर्षित शिजाले त्यसलाई पाल्ने विचार गरिन्।

 

म यो बिना बाँच्ने कल्पना अहिले गर्दिनँ। जब कोभिड महामारी सुरु भयो मलाई मास्क मन परेन किनभने त्यसले मेरो मुख पुरै छोप्थ्यो उनी भन्छिन्। उनीसँग भेट हुने धेरैले जुँगा फाल्न सुझाव दिए तर शिजाले मानिनन्। उनी भन्छिन् मेरोजुँगा भएका कारण म नराम्री भएकी छु भन्ने महसुस गर्दिनँ र जुँगा मसँग हुनु हुँदैन भन्ने पनि लाग्दैन।

 

महिलाहरू लाई कैयौँ पटक उनका अनुहारमा उम्रिएका रौँहरू आवश्यक छैनन् त्यसैले फाल्न भनिन्छ वा मिलाएर राख्न भनिन्छ। पैसा तिर्न सक्ने महिलाहरूका लागि रौँ हटाउने अनेक उपाय छ।तर पछिल्ला वर्षहरूमा कैयौँ महिलाहरूले रौँ फाल्ने भन्ने सामाजिक मान्यता विरुद्ध जाने एवं कतिले त आफ्ना अनुहारमा उम्रिने जुँगा र दाह्री प्रति गौरवको विषय मान्ने गर्छन्l

 

गिनिज वर्ल्ड रेकर्डका अनुसार सन् २०१६ मा शरीरप्रति सकारात्मक हुने अभियान चलाउने हरनाम कौर दारी पाल्ने पहिलो कम उमेरकी महिला हुन्। हरनाम कौर आफ्नो अनुहारमा उम्रिएका रौँ स्वीकार गर्दा कसरी दुर्व्यवहारहरूबीच आफैँलाई माया गर्ने भन्ने सिकाइबारे उनले अन्तरवार्ताहरूमा बोलेकी छन्।

 

शिजाका लागि जुँगा प्रदर्शन गर्नु आफ्ना कुरा भन्नु मात्र होइन त्यो त उनको परिचयको एक हिस्सा हो। मलाई जे मन पर्छ त्यही गर्छु। यदि मसँग दुईवटा जीवन हुँदो हो त शायद म एउटा जीवन अर्काका लागि बाँच्थेँ’ उनले भनिन्।

 

उनकी छोरीले पनि आमालाई बेलाबखत जुँगा सुहाएको छ भन्छिन्। तर सडकमा हिँड्दा भने आफूले अनेकथरी टिप्पणी मानिसहरूबाट सुन्नुपरेको शिजा बताउँछिन्। मानिसहरू भन्छन् ।जुँगा त पुरुषको को पो हुन्छ महिलाको जुँगा किन छ ।

 

 

 

 

193 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal