मैले मेरो जीवनको अर्को अवार्ड पाए – श्वेता खड्का

२०७९ कार्तिक १७ गते, बिहीबार

मंगलबार राजधानीको ग्राण्डी हस्पिटलमा छोरीलाई जन्म दिएसँगै नायिका श्वेता खड्का निकै खुशी छिन् ।

२ वर्षअघि ब्यबसायी बिजयन्द्र रावतसँग प्रेम विबाह गरेकी श्वेताले छोरीलाई जन्मदिएपछि प्रतिक्रिया दिँदै भनेकी छिन् आमा बन्न पाएकोमा आफूलाई निकै भाग्यमानी महसुस गरेकी छु ।

उनले सामाजिक सञ्जालबाट खुसी व्यक्त गर्दै भनेकी छिन् ‘लामो अन्तराल पश्चात् मेरो जीवनमा खुसीको अर्को अध्याय थपिएको छ । खुशिको अर्को रङ्ग पोतिएको छ अनि आशाको अर्को दीप झुल्किएको छ ।

मेरो दाम्पत्य जीवनमा एउटी सुन्दर, सुशील र अवोध सुपुत्रीको आगमनसँगै जीवनको अर्को पाटो सुरु भएको छ ।

आजबाट मैले संसारकै सबै भन्दा सुन्दर शब्द आमाबाट सम्बोधित हुने एउटा भाग्यमानी नारीको जमातमा सामेल हुने मौका पाएकी छु । यो मेरो जीवनको सबै भन्दा ठूलो अवार्ड हो , सबैभन्दा अमूल्य प्राप्ति अनि बहुमूल्य सम्पत्ति हो ।

 

मेरो प्रशव अवस्थामा सुस्वास्थ्यको कामना गरी म प्रति साहनुभुति जनाइदिने मेरा आफन्त, परिवार, नातागोता र शुभचिन्तकहरू सम्पूर्ण प्रति हार्दिक आभार व्यक्त गर्दै मेरो सुख दुखमा कोमल हात दिने अनि न्यानो साथ दिने मेरो जीवनसाथी बिजयन्द्र रावत लाई मुरी मुरी माया ।

मेरो काखमा मुसुक्क मुस्कुराई रहेकी सानी परीलाई यो खुल्ला आकाश अनि सुन्दर धर्तीमा हार्दिक स्वागत ।’ श्वेता पछिल्ला दिनमा फिल्म निर्माण र विभिन्न ब्यबसायमा सक्रि बन्दै गएकी अभिनेत्री हुन् ।

 

213 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal