मैले मेरो जीवनको अर्को अवार्ड पाए – श्वेता खड्का
मंगलबार राजधानीको ग्राण्डी हस्पिटलमा छोरीलाई जन्म दिएसँगै नायिका श्वेता खड्का निकै खुशी छिन् ।
२ वर्षअघि ब्यबसायी बिजयन्द्र रावतसँग प्रेम विबाह गरेकी श्वेताले छोरीलाई जन्मदिएपछि प्रतिक्रिया दिँदै भनेकी छिन् आमा बन्न पाएकोमा आफूलाई निकै भाग्यमानी महसुस गरेकी छु ।
उनले सामाजिक सञ्जालबाट खुसी व्यक्त गर्दै भनेकी छिन् ‘लामो अन्तराल पश्चात् मेरो जीवनमा खुसीको अर्को अध्याय थपिएको छ । खुशिको अर्को रङ्ग पोतिएको छ अनि आशाको अर्को दीप झुल्किएको छ ।
मेरो दाम्पत्य जीवनमा एउटी सुन्दर, सुशील र अवोध सुपुत्रीको आगमनसँगै जीवनको अर्को पाटो सुरु भएको छ ।
आजबाट मैले संसारकै सबै भन्दा सुन्दर शब्द आमाबाट सम्बोधित हुने एउटा भाग्यमानी नारीको जमातमा सामेल हुने मौका पाएकी छु । यो मेरो जीवनको सबै भन्दा ठूलो अवार्ड हो , सबैभन्दा अमूल्य प्राप्ति अनि बहुमूल्य सम्पत्ति हो ।
मेरो प्रशव अवस्थामा सुस्वास्थ्यको कामना गरी म प्रति साहनुभुति जनाइदिने मेरा आफन्त, परिवार, नातागोता र शुभचिन्तकहरू सम्पूर्ण प्रति हार्दिक आभार व्यक्त गर्दै मेरो सुख दुखमा कोमल हात दिने अनि न्यानो साथ दिने मेरो जीवनसाथी बिजयन्द्र रावत लाई मुरी मुरी माया ।
मेरो काखमा मुसुक्क मुस्कुराई रहेकी सानी परीलाई यो खुल्ला आकाश अनि सुन्दर धर्तीमा हार्दिक स्वागत ।’ श्वेता पछिल्ला दिनमा फिल्म निर्माण र विभिन्न ब्यबसायमा सक्रि बन्दै गएकी अभिनेत्री हुन् ।