मेचीनगरकी सीतालाई सम्बन्धविच्छेदले रोकेन ‘पति’को काजकिरिया गर्न…

२०७९ कार्तिक १४ गते, सोमबार

मेचीनगर नगरपालिका–७ की सीता खड्काले सम्बन्धविच्छेद भइसकेका पतिको मृ,त्यु संस्कार ९काजकिरिया० गरेर पतिपत्नीको सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश दिएकी छिन्।

 

 

 

सीताका पूर्वपति भानुभक्त बस्नेतको ४८ वर्षको उमेरमा वैदेशिक रोजगारीको क्रममा संयुक्त अरब इमिरेट्सको दुबईमा गत असोज ८ गते मृ,त्यु भएको थियो । गत असोज २९ गते बस्नेतको शव मेचीनगर–१४ दुहागढीस्थित साहिँला भाइको घरमा आइपुगेको थियो । सोही दिन कनकाई आर्यघाटमा उनको दाहसंस्कार भयो।

 

 

 

पूर्वपतिलाई अन्तिम श्रद्धाञ्जली दिन र सीता छोरी १६ वर्षीया जेनिशा र छोरा सात वर्षीय प्रतिशलाई साथमा लिएर आर्यघाट गइन्। त्यसपछि उनी छोराछोरीसँगै मेचीनगर–७ इट्टाँभट्टास्थित आफ्नै निवासमा १३ दिने काजकिरिया बसिन्।

 

 

 

दुई दिनअघि १३ दिने काजकिरिया पूरा गरेकी खड्काले कागजी सम्बन्धविच्छेदले पतिप्रतिको माया र श्रद्धा नघटेको बताइन्। उहाँले आफू छुट्टिने पक्षमा कहिल्यै नरहेको तर पतिकै बलमा सम्बन्धविच्छेदको कागजमा सहीछाप गरेको बताइन्। ‘मेरो मनभित्र श्रीमानप्रति पहिले जत्तिकै आस्था, श्रद्धा र माया थियो उनले भनिन्।

 

 

 

एक वर्षअघि सम्बन्ध विच्छेद गरेपश्चात बस्नेतले दोस्रो विवाह गरेका थिए। तर दोस्री पत्नीले केही महिनामै उनलाई छाडेर हिँडेकी थिइन्। मदिराको कुलतमा लागेर उहाँले मलाई कुटपिट गर्नुहुन्थ्यो। तैपनि म कहिल्यै सम्बन्धविच्छेदको पक्षमा थिइन खड्काले भनिन् कान्छीले पनि केही महिनामै छाडेर हिँडेपछि उहाँ मेरो माइती घरमा बारम्बार आइरहनुहुन्थ्यो। मैले उहाँलाई सुध्रिएर आउनुहोस्, सँगै बसौँला भनेको थिएँ।

 

 

 

यसैबीच वैदेशिक रोजगारीका लागि बस्नेत दुबई गएका थिए। असोज ८ गते उहाँले आत्महत्या गरेको खबर आएको थियो । पूर्वपति बस्नेतको मृ,त्यु भएपछि खड्काले आफूले पालनपोषण गर्दै आएका छोराछोरीसँगै पतिकै घरमा बसेर काजकिरिया बार्ने सोच बनाए पनि देवर, देउरानी र नन्दहरूले नदिएको बताइन्।

 

 

 

झगडा हुने भएपछि आफन्तको सल्लाहबमोजिम म छोरा र छोरीले अलग्गै किरिया बार्‍यौँ, साइला देवरले अलग्गै बार्नुभयो उनले भनिन्।

194 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal