भारतको गुजरातमा मोरबीमा रहेको पुल भत्किदा ९१, जनाको मृ,त्यु
अहमदाबाद १४, कात्तिक । गुजरातको मोरबीमा रहेको एउटा पुल भत्किँदा कम्तिमा ९१, जनाको मृ,त्यु भएको छ । आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो ।
ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भत्किएको थियो । क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ । यस विषयमा छानबिन गर्न विशेष टोली गठन गरिएको छ ।
अहमदाबादबाट २००, किलोमिटर टाढा रहेको उक्त सस्पेन्सन पुल आइतबार आज साँझ पौने ७ बजे छठ पूजाको सन्दर्भमा केही अनुष्ठान गर्न जम्मा भएका करिब ५०० ,मानिसहरु भेला भएका बेला भ त्किएको थियो।
पुल भ त्किएपछि माचु नदीमा केही मानिस हराइरहेका छन् ।फसेका केही मानिसको उद्दार गरिएको थियो ।मृ,त्यु हुनेमा धेरै महिला र बालबालिका रहेको स्थानीयले बताएका छन् ।
७०, जनालाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ । करिब १५०, वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिना देखि मर्मतसम्भारका लागि बन्द गरिएको थियो । यो अक्टोबर २६, मा पुन खोलिएको थियो ।