जेरी सँगको सम्बन्ध विच्छेद पछि अर्कोबिहे गर्दै शंकर क्षेत्री

२०७९ कार्तिक १४ गते, सोमबार

दोहोरी गायक तथा कलाकार शंकर क्षेत्रीले दोहोरी गायिका बबिता बाँनिया उर्फ जेरीसँगको सम्बन्ध विच्छेदपछि जीवनको नयाँ अध्याय सुुर गर्ने तयारीमा रहेको बुुझिएको छ । स्रोतका अनुसार जेरीसँग सम्बन्ध विच्छेद पश्चात उनले नयाँ सम्बन्ध जोड्ने तयारी गरेका छन्।

अर्को विवाहको बाटो खुला गर्न नै शंकरले जेरीलाई चाँडोभन्दा चाँडो पन्छाउन चाहेको आशंकासमेत गरिएको छ । शंकर केही समयदेखि एक युवतीसँग नजिक रहेको बुझिएको छ ।पहिले जुनकिरी रोदी क्लवमा नै काम गर्ने ती युवतीकै कारण जेरी र शंकरको सम्बन्धमा दरार आएको हुनसक्ने पनि अनुमान छ ।  शंकर भने यसलाई खण्डन गर्छन् । आफूहरुको विचार नमिलेका कारण नै आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्न लागेको उनको भनाइ छ ।

शंकर अहिले सामाजिक सञ्जालमा निकै नकारात्मक प्रतिक्रियाहरुको सामना गरिरहेका छन् । धेरैले शंकरलाई जेरीकै बलमा हिट भएर अहिले उनैलाई ला तहानेको भन्दै गालीगलौज गरिरहेका छन् । तरजेरीले भने आफूहरु दुवैले एकअर्कालाई करिअरमा सघाएको भन्दै शंकरलाई गाली नगर्न अपिल गरेकी थिइन् ।

जे होस जेरीकै सफलताको राप तापेर शंकर दोहोरी क्षेत्रमा स्थापित भएको चाहिँ धेरै हदसम्म सत्य हो । खासमा उनलाई यस क्षेत्रमा भित्र्याएकै जेरीले हो । शंकर दुबईमा वैदेशिक रोजगारीमा थिए । त्यही वेला एक साथीमार्फत जेरीसँग अनलाइनमा उनको चिनजान भएको थियो ।

अनलाइनबाटै लभ परेको थियो । त्यसपछि नेपालमै बसेर केही गरौं भन्ने जेरीको आग्रहमा उनी दुबईबाट नेपालमा आएका हुन् । ३, वर्षको भिसामा दुबई गएका शंकर २२, महिनापछि नेपाल फर्किएका थिए ।

230 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal