अस्ट्रेलियामा २४ बर्षीय नारायण सुवेदीले गरे १२ औं तलाबाट हामफालेर आ’त्मह’त्या…

२०७९ कार्तिक १३ गते, आईतवार

उच्च शिक्षा अध्ययनका लागि तीनमहिना अघि अस्ट्रेलियाको सिड्नी पुगेका म्याग्दीका एक युवाको मृ,त्यु भएपछि शव नेपाल फिर्ता पठाउन आर्थिक संकलन अभियान सुरु गरिएको छ। नियमित पढाई, कामको तनावको चरम मानसिक तनावमा पुगेपछि म्याग्दीको बेनी नगरपालिका–५,पुलाचौरका २४ बर्षीय नारायण सुवेदीले आत्महत्या गरेका थिए।

 

 

 

आफू बस्ने अपार्टमेन्टको १२ औं तलाबाट हामफालेर आत्महत्या गरेका २४ बर्षीय सुवेदीको शव व्यवस्थापनका लागि रोजगार र अध्ययनको सिलसिलामा प्रवासमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको अगुवाईमा आर्थिक अभियान सुरु गरेको हो।

 

 

 

श,व व्यवस्थापन र नेपाल फिर्ताका लागि निकै आर्थिक व्यवस्थापन आवश्यक पर्ने भएपछि मोनामार्फत अभियान सञ्चालन गरिएको सचिब एवम् सहयोग समितिका सचिव दिनेश खत्रीले बताए। उच्च शिक्षाकै लागि ठूलो आर्थिक व्यवस्थापन गरेको परिवारले शव नेपाल ल्याउन आवश्यक खर्च जुटाउन समस्या भएपछि मोनामार्फत अभियान सुरु गरिएको सचिव खत्रीको भनाई छ।

 

 

 

श,व व्यवस्थापन र नेपाल फिर्ताका लागि १६ हजार अस्ट्रेलियन डलर भन्दा बढी खर्च हुने अनुमान गरिएको छ। एमबिए अध्ययनका लागि तीनमहिनाअघि मात्रै सिड्नी पुगेका सुवेदी चरम मानसिक तनावमा थिए। उनले उच्च शिक्षा सरह कामका बारेमा साथीभाईसँग गुनासो समेत गर्ने गरेका थिए।

 

 

 

सिड्नीस्थित स्टाटफिल्डमा आफन्तजनसँगै बस्दै आएका सुवेदीको शव व्यवस्थापनका लागि म्याग्देलीसँगै नेपाली साथीभाई र आफन्तजनबाट सहयोग प्राप्त भइरहेको मोना अस्ट्रेलियाका प्रवक्ता हिक्मत श्रेष्ठले बताए। सहयोग समितिमा समितिको सदस्यहरुमा, मोना अस्ट्रेलियाका प्रवक्ता श्रेष्ठ, कोषाध्यक्ष सुमन बानियाँ र परिवारका प्रतिनिधीहरु रहेका छन्। मोना अस्ट्रेलियाले त्यहाँ रहेका म्याग्देलीको हितमा धेरै मानवीय तथा सामाजिक कार्य गदैं आइरहेको छ।

333 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal