अस्ट्रेलियामा २४ बर्षीय नारायण सुवेदीले गरे १२ औं तलाबाट हामफालेर आ’त्मह’त्या…

२०७९ कार्तिक १३ गते, आईतवार

उच्च शिक्षा अध्ययनका लागि तीनमहिना अघि अस्ट्रेलियाको सिड्नी पुगेका म्याग्दीका एक युवाको मृ,त्यु भएपछि शव नेपाल फिर्ता पठाउन आर्थिक संकलन अभियान सुरु गरिएको छ। नियमित पढाई, कामको तनावको चरम मानसिक तनावमा पुगेपछि म्याग्दीको बेनी नगरपालिका–५,पुलाचौरका २४ बर्षीय नारायण सुवेदीले आत्महत्या गरेका थिए।

 

 

 

आफू बस्ने अपार्टमेन्टको १२ औं तलाबाट हामफालेर आत्महत्या गरेका २४ बर्षीय सुवेदीको शव व्यवस्थापनका लागि रोजगार र अध्ययनको सिलसिलामा प्रवासमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको अगुवाईमा आर्थिक अभियान सुरु गरेको हो।

 

 

 

श,व व्यवस्थापन र नेपाल फिर्ताका लागि निकै आर्थिक व्यवस्थापन आवश्यक पर्ने भएपछि मोनामार्फत अभियान सञ्चालन गरिएको सचिब एवम् सहयोग समितिका सचिव दिनेश खत्रीले बताए। उच्च शिक्षाकै लागि ठूलो आर्थिक व्यवस्थापन गरेको परिवारले शव नेपाल ल्याउन आवश्यक खर्च जुटाउन समस्या भएपछि मोनामार्फत अभियान सुरु गरिएको सचिव खत्रीको भनाई छ।

 

 

 

श,व व्यवस्थापन र नेपाल फिर्ताका लागि १६ हजार अस्ट्रेलियन डलर भन्दा बढी खर्च हुने अनुमान गरिएको छ। एमबिए अध्ययनका लागि तीनमहिनाअघि मात्रै सिड्नी पुगेका सुवेदी चरम मानसिक तनावमा थिए। उनले उच्च शिक्षा सरह कामका बारेमा साथीभाईसँग गुनासो समेत गर्ने गरेका थिए।

 

 

 

सिड्नीस्थित स्टाटफिल्डमा आफन्तजनसँगै बस्दै आएका सुवेदीको शव व्यवस्थापनका लागि म्याग्देलीसँगै नेपाली साथीभाई र आफन्तजनबाट सहयोग प्राप्त भइरहेको मोना अस्ट्रेलियाका प्रवक्ता हिक्मत श्रेष्ठले बताए। सहयोग समितिमा समितिको सदस्यहरुमा, मोना अस्ट्रेलियाका प्रवक्ता श्रेष्ठ, कोषाध्यक्ष सुमन बानियाँ र परिवारका प्रतिनिधीहरु रहेका छन्। मोना अस्ट्रेलियाले त्यहाँ रहेका म्याग्देलीको हितमा धेरै मानवीय तथा सामाजिक कार्य गदैं आइरहेको छ।

307 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal