२०३५: देखि डिजल” पेट्राेलबाट चल्ने कारमाथि प्रतिबन्ध लगाउने प्रस्ताव ईयूद्वारा पारित

२०७९ कार्तिक १२ गते, शनिबार

युरोपेली सङ्घ ईयूले सन् २०३५: देखि डिजल र पेट्रोलबाट चल्ने कारमाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ । ईयूले जलवायु परिवर्तनको अवस्थालाई कम गर्नका लागि भन्दै डिजल र पेट्रोलबाट चल्ने कारमाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको रोयटर्सले जनाएको छ ।

 

अहिलेदेखि नै विद्युतीय कारको प्रयोग बढाउँदै सन् २०३५: देखि पेट्रोलियम कारलाई प्रभावकारीरूपमा प्रतिबन्ध लगाउने कुरामा युरोपेली देश एकमत भएका रोयटर्सको खबरमा उल्लेख छ ।

 

नयाँ कानुनको मस्यौदा तयार गर्ने युरोपेली आयोग, कानुन पारित गर्ने युरोपियन संसद् र कार निर्माता कम्पनीहरू पनि २०३५: देखि डिजल तथा पेट्रोल कार प्रतिबन्धमा सहमत भएका छन् । यो सहमतिले यूरोप शून्य कार्बन उत्सर्जनमा केन्द्रित रहेको कुरा पुष्टि भएको ईयू जलवायु नीतिप्रमुख फ्रान्स टिम्मरम्यानले बताउनु भएको रोयटर्सले जनाएको छ ।

 

ईयूले पारित गरेको सहमतिअनुसार अब युरोपियन युनियनले सन् २०३५: देखि बिक्रीहुने कारबाट कार्बनडाइअक्साइडको मात्रा शून्य गर्नका लागि आवश्यक कानुनको मस्यौदा बनाउनेछ ।”

 

 

176 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal