अप’हरणमा परेको ९ वर्षपछि भेटिइन् पूजा, घर बाट नजिकै थिइन् तर कसैले पनि थाहा पाएनन्
पूजाकी आमाले हराएकी छोरी भेटिने सम्पूर्ण आशा माया मारिसकेकी थिइन् । तर, हराएको ९ वर्षपछि १६ वर्षीया पूजा गाउडले अन्तत आफ्नी आमाको काखमा टाउको बिसा’उन सकिन् । सात वर्षकी छँदा सन् २०१३ को २२ जन’वरीमा उनी हराएकी थिइन् ।
उनले महाराष्ट्रको मुम्बइ सहरस्थित आफ्नो विद्यालय बाहिर’बाट एक दम्पतीले आइसक्रिमको लोभ देखाउँदै आफ्नो साथ लगेको बताएकी छन् । उनलाई ४ अगस्टमा फेला पारिएको हो ।
अन्ततः उनी चमत्कारिक ढंगले अपहरण’कर्ताको चङ्गुल’बाट उम्किन सकेको बताइएको छ । उनकी आमा पूनम गाउड भन्छिन्, अहिले खुशीले मलाई आफू चन्द्रमा माथि उडि’रहेको जस्तै लागेको छ । मैले मेरी छोरी भेटिने आशा गर्नै छोडि’सकेकी थिए ।”
प्रहरीका अनुसार ह्यारी डिसुजा र सोनी डिसुजा नामक निसन्तान दम्पतीले पूजाको अप’हरण गरेका थिए । प्रहरीले उनीहरूलाई प’क्राउ गरिसकेको छ। अ,पहरणमा पर्नु’अघि पूजा एउटा उपनगरको सुकुम्बासी क्षेत्रमा दुई दाजु’भाई र आमा’बुबासँग बस्थिन् ।
हराएको दिन उनी आफ्नो दाजुसँगै विद्या’लय पुगेकी थिइन् । तर, अचानक उनीहरूबीच झ’गडा भएको अनि हतार पनि भइ’सकेकाले उनको दाजुले उनलाई विद्यालय बाहिरै छोडेर आफू भित्र गएका थिए। त्यहीबेला ती दम्पतीले उनलाई आइ’सक्रिम किनिदिने भन्दै फकाएर लगेका थिए ।
घर फर्केकी पूजा’ले भेनेकी छन्, ती दम्पतीले सुरुमा मलाई गोवा लगे । त्यसपछि मलाई कर्णाटक र दक्षिणी र पश्चिमी भारतीय राज्यहरूमा लगे ।
म रुँदा वा मैले आफ्नोबारे चिन्ता गर्दा उनी’हरूले मलाई चोट पुर्याउने चे,तावनी दिने गर्दथे । केही समय मलाई उनी’हरूले विद्यालय पनि पठाए । तर, उनीहरूको आफ्नै सन्ता’न भएपछि भने मलाई विद्यालयबाट निकालियो । र उनीहरू सबै मुम्वइ बसाइँ सरे ।”
पूजा भन्छिन्, आफ्नो बच्चा भएपछि उनीहरूले मला’ई पेटीले पिट्ने लात र मुक्का हान्ने गर्न थाले । एक पटक त उनीहरूले हतियार प्रयोग गरी मेरो ढाडबाट र’गत बगाइ दिए । मलाई दिनरात काममा जोताइन्थ्यो ।
उनीहरू बसेको स्थान’बाट मेरो परि’वारको घर नजिकै थियो । तर, मलाई बाटो थाहा थिएन, मसँग पैसा र फोन पनि थिएन । साथै उनीहरूले सधैँ म माथि कडा नजर राख्थे । आफ्नो मुक्तिबारे उनी भन्छिन्, एकदिन उनीहरू सुतिरहेका बेला मैले उनीहरूको मोबा’इल हात पार्न सफल भएँ ।
मलै युट्युबमा मेरो नाम टाइप गर्ना’साथ पोस्टर र भिडियोमा मेरो अपहरणकोबारे उल्लेख गरिएको खबर भेटाएँ । त्यहाँ मद्दतका लागि कल गर्ने टेलिफोन नम्बर’हरू पनि थिए । मैले म’द्दतका लागि प्रया’स गर्ने निर्णय गरेँ ।
तर, यसका लागि त्यही घरमा घरेलु काम गर्ने ३५ वर्षीया प्रमिला देवेन्द्रसँग कुरा गर्ने साहस बटुल्न नै मलाई सात महिना लाग्यो । प्रमिला तुरुन्तै उनलाई सहयोग गर्न तयार भइन् । बीबीसी
उनले पोस्टरमा सम्पर्कका लागि राखिए’को पूजाकी आमाको छिमेकी रफिकलाई फोन गरिन् । पहिलोपटक आमा छोरीले भि’डियो कलमा कुरा गरे । त्यसपछि उनीहरूबीचको भेटघाट मिलाइयो । पूजाकी आमा भन्छिन्,
“सबैभन्दा पहिले मैले छोरीको शरी’रमा रहेको जन्मिँदै देखिको खत जाँचे । दुरुस्त खत भेटिए’पछि मेरो खुशीको सीमा नै रहेन ।
मेरा सारा शंका अन्त्य भए र छोरी फिर्ता पाएँ । पूजा घरे फर्केकोमा उनको परिवार मात्र नभइ सारा आफन्त र छिमेकी पनि अति खुशी छन् ।