जेरी र शंकर क्षेत्र अलग्गिए, छोरी शंकर क्षेत्रीले नछाड्ने भनेपछि डिभोर्स हुनुको मुख्य कारण खुल्यो।

लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीसँग छुट्टिने भएकी छन् । जेरीले श्रीमान् शंकर क्षेत्रीसँग डिभोर्स प्रक्रिया अगाडि बढाएकी हुन् । पाँच वर्ष लामो प्रेम सम्बन्धलाई दुई वर्षअघि प्रेम विवाह परिणत गरेका यी जोडीले आपसी सहमतीमा सम्बन्ध टुङ्ग्याउने भएका छन् ।
लोकदोहोरीमै सक्रिय कलाकार बाँनिया र क्षेत्रीले डिभोर्सका लागि विहिबार काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका छन् ।उनीहरु अहिले अलग्गै बसिरहेका स्रोतले बतायो ।
जेरी गोर्खाकी हुन् भने शंकर नेपालगञ्जका हुन् । लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरुबीच गायनकै सिलसिलमा प्रेम बसेको थियो ।तर त्यो प्रेम दिगो हुन भने सकेन ।
उनीहरूको विवाहपछि सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन । अन्ततः उनीहरू सम्बन्धलाई निरन्तरता नदिने निष्कर्षमा पुगेका हुन् । करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत जेरी र शंकरबाट दुई वर्षकी एक छोरी छिन् । छोरीप्रतिको गहिरो मायाँ र लगावले नै होला शंकर क्षेत्री आफुसँगै राद्यने बताइरहेका छन् ।
हिजो उनीहरू दुवै मुद्दा टुंग्याउन अदालत पुगेका थिए । तर, प्रक्रियामा जान केही कागजात अपुग भएको भन्दै अदालतले अर्को दिन लिएर आउन भनेको थियो । अब उनीहरू आइतबार अदालत गएर औपचारिकरूपमा अलग हुने बताएका छन् । उनीहरुको निवेदन दर्ता भएको जिल्ला अदालत स्रोतले पुष्टि गरेको छ ।
ताजा

मखनटोलमा आगलागी, एक जनाको मृत्यु
२०८२ बैशाख ३१ गते, बुधबार
मखनटोलमा आगलागी, एक जनाको मृत्यु
२०८२ बैशाख ३१ गते, बुधबार
दक्षिण कोरिया जाने विद्यार्थीको ‘एनओसी’ सरकारंद्वारा स्थगित
२०८२ बैशाख ३० गते, मंगलवार
रवीन्द्र मिश्रलगायत २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
२०८२ बैशाख ३० गते, मंगलवार
अब अर्थतन्त्र ओरालो लाग्न दिइने छैनः प्रधानमन्त्री ओली
२०८२ बैशाख ३० गते, मंगलवार
भारतीय प्रधानमन्त्री मोदीद्धारा राष्ट्रको नाममा सम्बोधनः पानी र रगतसँगै बग्न सक्दैनन्
२०८२ बैशाख ३० गते, मंगलवार
शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित
२०८२ बैशाख ३० गते, मंगलवार
राष्ट्रिय संगीतकर्मी संघ र तामाङ चलचित्र संघ बागमती प्रदेशले गर्यो निशुल्क पानी वितरण
२०८२ बैशाख ३० गते, मंगलवार
नोरा फतेही काठमाडौंमा
२०८२ बैशाख २९ गते, सोमबार
मिस वर्ल्ड ७२ औं संस्करण भारतमा सुरु, सृच्छा प्रधानको सांस्कृतिक प्रस्तुतिले नेपाललाई गर्वित बनायो
२०८२ बैशाख २९ गते, सोमबार
स्वयम्भूनाथ क्षेत्रमा बौद्धमार्गीको घुइँचो, बुद्धको अस्तुधातु दर्शनका लागि राखियो
२०८२ बैशाख २९ गते, सोमबारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार