भौतिक मन्त्रालय सुनसान, छायामन्त्री आरजु

२०७९ कार्तिक ४ गते, शुक्रबार

काठमाडौं । गठबन्धन सरकारको मन्त्री बनेर नेकपा (एमाले) सँग चुनावी तालमेल गरेपछि जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरु बर्खास्दगीमा परेका छन् । संघबाट आफ्ना मन्त्रीहरु बर्खास्दगीमा परेपछि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि काँग्रेसका तीन जना मन्त्रीहरु रामसरोज यादव भौतिक पूर्वाधार विकास, ओमप्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास र वीरेन्द्रप्रसाद सिंह महिला बालबालिका तथा खेलकुद मन्त्रीहरुलाई हटाएर प्रतिशोधको बदला लिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चारजना मन्त्रीहरु मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात, प्रदीप यादव बन तथा वातावरण, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन र मृगेन्द्रकुमार सिंह कृषि तथा पशुपंक्षी मन्त्रीलाई बर्खास्दगी गरेका थिए । असारको तेश्रो साता मन्त्री बनेका उपरोक्त चारजनाले कर्मचारीहरुको सरुवा र ठेक्कापट्टाको कमिशनबाट चुनावी खर्च जुटाएको समाचार स्रोतले बताएको छ ।

यता, सबैभन्दा बढी बजेट भएको विकासे मन्त्रालयका रुपमा चिनिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हालेपछि मन्त्रीको सचिवालय सुनसान बनेको छ । स्वकीय सचिवालयदेखि आगन्तुक कक्ष सबै खाली छन् । आगामी मंसिर ४ गते चुनावमै सरकार गठन गर्न कम्तीमा पनि माघ महिनाभरी लाग्ने भएपछि मन्त्रालयको नेतृत्व सचिव गोपाल सिग्देलले बालुवाटारको आदेश बमोजिम गर्ने बताइएको छ । भौतिक मन्त्री राई बर्खास्दगीमा पर्नासाथ बालुवाटारबाट आदेश आउन थालेको समाचार स्रोतले बताएको छ ।
प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई भौतिक मन्त्रालयको छायामन्त्री भनी चर्चा गरिएको छ । मन्त्रालयका सचिव सिग्देल र प्रधानमन्त्री पत्नी राणाबीच सडक विभागको महानिर्देशक हुँदादेखिको सम्बन्ध छायामन्त्री बनेपछि ठेक्कापट्टाको कमिशनमा सहज हुने जानकारहरुले बताएका छन् ।
कर्मचारीहरुको सरुवा नभए पनि सचिव, डिजी, आयोजना, योजना र डिभिजन प्रमुखहरुले ठेक्का लागेका योजनाबाट कम्तीमा १ प्रतिशत कमिशन बुझाउनुपर्ने श्रोतले बताएको छ । हाल मध्यपहाडी, मदन भण्डारी र हुलाकी राजमार्ग आयोजनाका अतिरिक्त डिभिजन सडकहरुबाट झण्डै ३५ अर्ब रुपियाँ बराबरको ठेक्का लगाइएको जानकारहरुले बताएका छन् ।

उता, मन्त्री राईले जाने बेलामा रेल्वे विभागको महानिर्देशकबाट अवकाश भएपछि भौतिक मन्त्रीको विज्ञ सल्लाहकार बनेका बलराम मिश्रलाई रेल्वे प्रशासक बनाएपछि महानिर्देशक रोहित विसुरालको हरिबिजोग भएको छ । भौतिक मन्त्रालयमा मन्त्री राई नहुँदा सचिव सिग्देललाई विझेको काँडो निकालेजस्तो हाइसन्चो भएको छ । अहिले सचिव सिग्देलले आनन्दको महसुस गरेको बताइएको छ ।

212 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal