भौतिक मन्त्रालय सुनसान, छायामन्त्री आरजु

२०७९ कार्तिक ४ गते, शुक्रबार

काठमाडौं । गठबन्धन सरकारको मन्त्री बनेर नेकपा (एमाले) सँग चुनावी तालमेल गरेपछि जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरु बर्खास्दगीमा परेका छन् । संघबाट आफ्ना मन्त्रीहरु बर्खास्दगीमा परेपछि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि काँग्रेसका तीन जना मन्त्रीहरु रामसरोज यादव भौतिक पूर्वाधार विकास, ओमप्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास र वीरेन्द्रप्रसाद सिंह महिला बालबालिका तथा खेलकुद मन्त्रीहरुलाई हटाएर प्रतिशोधको बदला लिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चारजना मन्त्रीहरु मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात, प्रदीप यादव बन तथा वातावरण, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन र मृगेन्द्रकुमार सिंह कृषि तथा पशुपंक्षी मन्त्रीलाई बर्खास्दगी गरेका थिए । असारको तेश्रो साता मन्त्री बनेका उपरोक्त चारजनाले कर्मचारीहरुको सरुवा र ठेक्कापट्टाको कमिशनबाट चुनावी खर्च जुटाएको समाचार स्रोतले बताएको छ ।

यता, सबैभन्दा बढी बजेट भएको विकासे मन्त्रालयका रुपमा चिनिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हालेपछि मन्त्रीको सचिवालय सुनसान बनेको छ । स्वकीय सचिवालयदेखि आगन्तुक कक्ष सबै खाली छन् । आगामी मंसिर ४ गते चुनावमै सरकार गठन गर्न कम्तीमा पनि माघ महिनाभरी लाग्ने भएपछि मन्त्रालयको नेतृत्व सचिव गोपाल सिग्देलले बालुवाटारको आदेश बमोजिम गर्ने बताइएको छ । भौतिक मन्त्री राई बर्खास्दगीमा पर्नासाथ बालुवाटारबाट आदेश आउन थालेको समाचार स्रोतले बताएको छ ।
प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई भौतिक मन्त्रालयको छायामन्त्री भनी चर्चा गरिएको छ । मन्त्रालयका सचिव सिग्देल र प्रधानमन्त्री पत्नी राणाबीच सडक विभागको महानिर्देशक हुँदादेखिको सम्बन्ध छायामन्त्री बनेपछि ठेक्कापट्टाको कमिशनमा सहज हुने जानकारहरुले बताएका छन् ।
कर्मचारीहरुको सरुवा नभए पनि सचिव, डिजी, आयोजना, योजना र डिभिजन प्रमुखहरुले ठेक्का लागेका योजनाबाट कम्तीमा १ प्रतिशत कमिशन बुझाउनुपर्ने श्रोतले बताएको छ । हाल मध्यपहाडी, मदन भण्डारी र हुलाकी राजमार्ग आयोजनाका अतिरिक्त डिभिजन सडकहरुबाट झण्डै ३५ अर्ब रुपियाँ बराबरको ठेक्का लगाइएको जानकारहरुले बताएका छन् ।

उता, मन्त्री राईले जाने बेलामा रेल्वे विभागको महानिर्देशकबाट अवकाश भएपछि भौतिक मन्त्रीको विज्ञ सल्लाहकार बनेका बलराम मिश्रलाई रेल्वे प्रशासक बनाएपछि महानिर्देशक रोहित विसुरालको हरिबिजोग भएको छ । भौतिक मन्त्रालयमा मन्त्री राई नहुँदा सचिव सिग्देललाई विझेको काँडो निकालेजस्तो हाइसन्चो भएको छ । अहिले सचिव सिग्देलले आनन्दको महसुस गरेको बताइएको छ ।

105 Views

ताजा

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य

२०८२ जेष्ठ २ गते, शुक्रबार

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य

२०८२ जेष्ठ २ गते, शुक्रबार

हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली

२०८२ जेष्ठ २ गते, शुक्रबार

राजसंस्था र हिन्दूराष्ट्र मान्छु भनेकै कारणले रवीन्द्र मिश्रलाई खोरमा राखिएको छः राजेन्द्र लिङ्देन

२०८२ जेष्ठ २ गते, शुक्रबार

गीतकार सुरेश शिवाकोटीको ‘केलाई हतार’ सार्वजनिक

२०८२ जेष्ठ २ गते, शुक्रबार

सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित मनाइने

२०८२ जेष्ठ २ गते, शुक्रबार

गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’

२०८२ जेष्ठ २ गते, शुक्रबार

‘भेट्छ एप’ निर्माण गरी अष्ट्रेलियामा रहेका नेपालीलाई सघाउदै चितवनका नवीन

२०८२ जेष्ठ २ गते, शुक्रबार

मखनटोलमा आगलागी, एक जनाको मृत्यु

२०८२ बैशाख ३१ गते, बुधबार

दक्षिण कोरिया जाने विद्यार्थीको ‘एन‌ओसी’ सरकारंद्वारा स्थगित

२०८२ बैशाख ३० गते, मंगलवार

रवीन्द्र मिश्रलगायत २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

२०८२ बैशाख ३० गते, मंगलवार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal