निर्वाचन आयोग दलहरुप्रति कठोर बन्दै
काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगको कडा आचारसंहिता जारी गरेको छ । उम्मेदवारी मनोनयनका क्रममा बाजागाजा सहित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल गोरखा क्षेत्र नं.२ को निर्वाचन कार्यालयमा गएर उम्मेदवारी दर्ता गरेपछि दाहाललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न मनोनयन रद्द गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । निर्वाचन आयोगको निर्देशन कार्यान्वयन हुनेमा शंका उत्पन्न भएको जानकारहरुले बताएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आयोग दलहरुप्रति कठोर बने पनि आचारसंहिताको पूर्ण पालना हुन सकेको छैन । शहरी विकास मन्त्री मेटमणि चौधरीले दाङ क्षेत्र नं.१ मा मतदाताहरुलाई प्रभावमा पार्न चामल वितरण गरेको आरोपमा आयोगको स्पष्टीकरणमा परेका छन् ।
त्यसैगरी, नेकपा समाजवादीका नेता एवं पूर्व श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ (किसन) ले बारा क्षेत्र नं. ४ मा युवाहरुलाई फ्रि भिषा र
निःशुल्क टिकटमा विदेश पठाइदिने सम्पर्क कार्यालय खोलेपछि श्रेष्ठलाई पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको समाचार श्रोतले बताएको छ । यी त एकाध घटना मात्र हुन् । राजनीतिक दलका उम्मेदवारहरुले भित्रभित्रै माइकिङ, आमसभा र जाँडरक्सी खुवाएर मतदाताहरुलाई पैसा समेत बाँडी प्रभावमा पार्ने काम शुरु गरिसकेका छन् ।
आगामी कार्तिक १८ गतेभन्दा अगाडि चुनावी सभा गर्न नपाइने र घरदैलो कार्यक्रममा उम्मेदवारहरुले २५ जनाभन्दा बढी लैजान नपाइने निर्देशन आयोगले दिएको छ । चुनाव खर्चको सिमा तोकी अधिकतम ३३ लाख रुपियाँभन्दा बढी खर्च गर्न नपाइने बताए पनि चुनावमा उम्मेदवारहरुको करोडौं रकम खर्च हुने जानकारहरुले बताएका छन् ।
आचारसंहिता उल्लंघन गर्नेलाई उम्मेदवारी नै रद्द गर्न सकेमात्र दलहरुको घैंटोमा घाम लाग्छ । नत्र ‘काग कराउँदै गर्छ पिना सुक्दै’ भने झैं २०७४ र २०७० को निर्वाचनलाई सम्झिनुपर्ने हुन्छ । २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा छ करोड खर्च भएको खुलासा काँग्रेस नेता एवं पूर्वमहामन्त्री शशांक कोइरालाले गरिसकेका छन् । तै पनि निर्वाचन आयोगको आचारसंहिताप्रति विभिन्न राजनीतिक दलका नेताहरुले आपत्ति जनाएका छन् । राजनीतिक दलहरुको परामर्शपछि बनाइएको आचारसंहिता जनताको आँखोमा छारो हाल्न बनाइएको भनी चर्चा चलेको छ ।
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





