डेढ दर्जन नयाँ अनुहार काँग्रेसबाट चुनाव लड्दै

२०७९ कार्तिक ४ गते, शुक्रबार

ललितपुर÷ आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसबाट करिब डेढ दर्जन नयाँ अनुसारहरु चुनावमा प्रतिस्पर्धा गर्दैछन् । काँग्रेसले प्राप्त गरेको कुल ८९ सिटमा डेढ दर्जन बाहेक बाँकी पुरानै अनुहार रहेका छन् । पुराना अनुहारहरु उमेरले डाँडो काटे पनि अन्तिम पटक भन्दै जनताको घरदैलोमा पुगेर मत मागी रहेका छन् ।
विकास, सम्बृद्धि र सुशासन एवं संविधानको रक्षाका लागि काँग्रेसका उम्मेदवारहरुले जनता (मतदाता) लाई आश्वस्त पार्दै प्रचार प्रसार तीब्र बनाएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि एवं प्रदेशसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु मैदानमा ओर्लिदा पाका नेताहरुलाई चुनाव हार्ने डरत्रास बढेको देखिन्छ ।

काँग्रेसबाट टिकट पाएर निर्वाचनमा होमिएका नयाँ अनुहारहरुमा धनराज गुरुङ स्याङ्जा २, प्रदीप पौडेल काठमाडौं ५, विश्व पौडेल चितवन १, सन्तोष चालिसे काठमाडौं ३, उमेश श्रेष्ठ चितवन २ (गठबन्धन सरकारको राज्यमन्त्री), डम्बर खड्का इलाम २ रहेका छन् । त्यसैगरी मोहम्मद फि आलाम रौतहट २, श्याम घिमिरे सिन्धुली १, दुर्लभ थापा भक्तपुर २, ज्ञानबहादुर गाहा पाल्पा १, किशोरदत्त बराल कास्की १, विनोद चौधरी पश्चिम नवलपरासी १ रहेका छन् ।

सुदीप राणा बाँके २, योगेश गौचन मुस्ताङ, खुमबहादुर गर्वुजा म्याग्दी र किशोरसिंह राठौर बाँके ३ रहेका छन् । नयाँ अनुसारहरुमा अधिकांश उम्मेदवारहरु युवा रहेको समाचार स्रोतले बताएको छ । उता, काँग्रेसबाट गगनकुमार थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, शंकर भण्डारी, रमेश लेखक जस्ता युवाहरुले टिकट पाएपछि काँग्रेसप्रति आस्था राख्नेहरु उत्साहित बनेका छन् ।

गठबन्धन नेतृत्वको सरकारमा काँग्रेसले सय बढी सिट प्राप्त गर्ने जानकारहरुको प्रक्षेपण रहेको छ । काँग्रेसबाट शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला जस्ता पाका र अनुभवी नेताहरुमध्येबाट आगामी मंसिर ४ गतेको निर्वाचनपछि प्रधानमन्त्री बन्ने राजनीतिक वृत्तमा चर्चा चलेको छ ।
काँग्रेसमा पुराना र नयाँ युवा नेताहरुको आगमनले मुलुकले काँचुली फेर्ने र पार्टीले गति लिने आशा एवं विश्वास जनताले गरेका छन् । स्वास्थ्य, शिक्षा, रोजगार, गरिबी, विकास निर्माण र भ्रष्टाचार एवं कुशासनलाई काँग्रेसको नेतृत्वमा सरकार बनेपछि अन्त्य हुने बताइएको छ ।

72 Views

ताजा

‘ट्रेडिङ बिजनेस’ बाट उद्योगमा ‘सिफ्ट’ हुँदै मल्होत्रा

२०८० मंसिर १७ गते, आईतवार

‘ट्रेडिङ बिजनेस’ बाट उद्योगमा ‘सिफ्ट’ हुँदै मल्होत्रा

२०८० मंसिर १७ गते, आईतवार

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प

२०८० मंसिर १७ गते, आईतवार

अब काँग्रेस बलियो बन्छः देउवा

२०८० मंसिर १६ गते, शनिबार

कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधनः नेपालमाथिको अन्याय रोकिनुपर्छ

२०८० मंसिर १६ गते, शनिबार

अबको चुनाव कांग्रेस एक्लै लड्छः गगन थापा

२०८० मंसिर १६ गते, शनिबार

प्रचण्ड नेतृत्वको सरकार आफैं ढल्छः ओली

२०८० मंसिर १५ गते, शुक्रबार

नक्कली शरणार्थी प्रकरणः खाँण र रायमाझी जेलमै बस्नुपर्ने, रिजाललाई पन्ध्र लाख धरौटी

२०८० मंसिर १५ गते, शुक्रबार

मंसिर २३ र २८ गते पाठक र खतिवडाको विहे

२०८० मंसिर १५ गते, शुक्रबार

राजावादी दुर्गा मच्चिए–मच्चिए अनि थच्चिए

२०८० मंसिर १५ गते, शुक्रबार

अर्थमन्त्रीलाई ४० करोडको आरोप

२०८० मंसिर १५ गते, शुक्रबार

लोकप्रिय

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’

२०७९ पुष ८ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal