डेढ दर्जन नयाँ अनुहार काँग्रेसबाट चुनाव लड्दै
ललितपुर÷ आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसबाट करिब डेढ दर्जन नयाँ अनुसारहरु चुनावमा प्रतिस्पर्धा गर्दैछन् । काँग्रेसले प्राप्त गरेको कुल ८९ सिटमा डेढ दर्जन बाहेक बाँकी पुरानै अनुहार रहेका छन् । पुराना अनुहारहरु उमेरले डाँडो काटे पनि अन्तिम पटक भन्दै जनताको घरदैलोमा पुगेर मत मागी रहेका छन् ।
विकास, सम्बृद्धि र सुशासन एवं संविधानको रक्षाका लागि काँग्रेसका उम्मेदवारहरुले जनता (मतदाता) लाई आश्वस्त पार्दै प्रचार प्रसार तीब्र बनाएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि एवं प्रदेशसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु मैदानमा ओर्लिदा पाका नेताहरुलाई चुनाव हार्ने डरत्रास बढेको देखिन्छ ।
काँग्रेसबाट टिकट पाएर निर्वाचनमा होमिएका नयाँ अनुहारहरुमा धनराज गुरुङ स्याङ्जा २, प्रदीप पौडेल काठमाडौं ५, विश्व पौडेल चितवन १, सन्तोष चालिसे काठमाडौं ३, उमेश श्रेष्ठ चितवन २ (गठबन्धन सरकारको राज्यमन्त्री), डम्बर खड्का इलाम २ रहेका छन् । त्यसैगरी मोहम्मद फि आलाम रौतहट २, श्याम घिमिरे सिन्धुली १, दुर्लभ थापा भक्तपुर २, ज्ञानबहादुर गाहा पाल्पा १, किशोरदत्त बराल कास्की १, विनोद चौधरी पश्चिम नवलपरासी १ रहेका छन् ।
सुदीप राणा बाँके २, योगेश गौचन मुस्ताङ, खुमबहादुर गर्वुजा म्याग्दी र किशोरसिंह राठौर बाँके ३ रहेका छन् । नयाँ अनुसारहरुमा अधिकांश उम्मेदवारहरु युवा रहेको समाचार स्रोतले बताएको छ । उता, काँग्रेसबाट गगनकुमार थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, शंकर भण्डारी, रमेश लेखक जस्ता युवाहरुले टिकट पाएपछि काँग्रेसप्रति आस्था राख्नेहरु उत्साहित बनेका छन् ।
गठबन्धन नेतृत्वको सरकारमा काँग्रेसले सय बढी सिट प्राप्त गर्ने जानकारहरुको प्रक्षेपण रहेको छ । काँग्रेसबाट शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला जस्ता पाका र अनुभवी नेताहरुमध्येबाट आगामी मंसिर ४ गतेको निर्वाचनपछि प्रधानमन्त्री बन्ने राजनीतिक वृत्तमा चर्चा चलेको छ ।
काँग्रेसमा पुराना र नयाँ युवा नेताहरुको आगमनले मुलुकले काँचुली फेर्ने र पार्टीले गति लिने आशा एवं विश्वास जनताले गरेका छन् । स्वास्थ्य, शिक्षा, रोजगार, गरिबी, विकास निर्माण र भ्रष्टाचार एवं कुशासनलाई काँग्रेसको नेतृत्वमा सरकार बनेपछि अन्त्य हुने बताइएको छ ।
ताजा
पाख्रीबास नगरपालिकाद्वारा ‘अलौकिक उपचार’ शिविर आयोजना, जनस्वास्थ्य र कानुनी प्रक्रियामाथि प्रश्न
२०८३ असार २६ गते, शुक्रबार
पाख्रीबास नगरपालिकाद्वारा ‘अलौकिक उपचार’ शिविर आयोजना, जनस्वास्थ्य र कानुनी प्रक्रियामाथि प्रश्न
२०८३ असार २६ गते, शुक्रबार
शरीरमा आगो लगाएका गणेश नेपालीलाई तत्काल भारत नलगिने
२०८३ असार २६ गते, शुक्रबार
मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा
२०८३ असार २६ गते, शुक्रबार
तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक
२०८३ असार २६ गते, शुक्रबार
Miss Mhendomaya Beauty Queen 2026 भव्य सम्पन्न, उपाधि सविता तामाङले उचालिन्
२०८३ असार २६ गते, शुक्रबार
This is Test by Web house Nepal
२०८३ असार २३ गते, मंगलवार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक
२०८३ असार १८ गते, बिहीबार
सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?
२०८३ असार १८ गते, बिहीबार
एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा
२०८३ असार १७ गते, बुधबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





