यस्तो रहेछ बालेन शाहको तराईको गाउँ, पुर्खौली घर र सुन्दर परिवार

२०७९ आश्विन ३१ गते, सोमबार

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका छन्।

बालेन शाह बिजयी भएसंगै युवा’हरूको ठूलो जमात उनको समर्थनमा उत्रिएको छ। ३२ वर्षे शाहले उमेरले आफ्नो बाबुआमा भन्न सुहाउने प्रतिस्पर्धीलाई पछि पार्दै मेयर पदमा निर्वाचित भएका हुन्।

काठमाडौं महानगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट प्रतिस्पर्धा गरेको केशव स्थापित उमेरले ६३ वर्ष पुगेका छन् भने नेपाली कांग्रेसबाट महानगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेकी सिर्जना सिंह ५९ वर्षकी हुन्।

स्वतन्त्र उम्मेद’वारी दिएर काठमाडौं महानगर’पालिकाको मेयर पदमा विजयी हुँदै शाहले इति’हास रचेका हुन्।

सामाजिक सञ्जाल बालेनकै पक्षमा देखिन्छ। प्रायः राजनीतिक विषयमा चुप लाग्ने कलाकारहरू पनि बालेनको पक्षमा बोलेका छन्। उनीहरूले खुलेरै बालेनलाई भोट मागेका थिए।

को हुन् बालेन शाह ? बालेन शाहको वास्तविक नाम बालेन्द्र शाह भए पनि उनी बालेन शाहको नामले परि’चित छन्। १४ वैशाख २०४७ मा काठ’माडौंको नरदेवीमा जन्मिएका उनी हाल गैरिगाउँ, तिन’कुनेका स्थायी बासिन्दा हुन्।

आयुर्वेदिक चिकित्सक डा. राम नारायण शाह र धुव्रा देवी शाहका सन्तानका रुपमा जन्मिएका उनीको पुर्खाली थालो भने मधेश प्रदेशमा रहेको महो’त्तरी जिल्ला हो।

काठमाडौंको नरदेवीमा जन्मे-हुर्केका बालेन पेसाले इञ्जि’नियर हुन्। उनका दाजु कुशल चार्टर्ड एकाउन्टेन्ट छन्। भाउजू बैंकमा काम गर्छिन्। बहिनी चित्रकार हुन्। बालेनकी श्रीमती सविना जनस्वास्थ्य क्षेत्रमा काम गर्छिन्।

शाहको प्रारम्भिक अध्धयन काठमाडौं नर’देवीमा रहेको जल्जला स्कूलबाट भएको हो भने स्कूलपछिको उच्च माध्यमिक तहको अध्ययन काठमाडौं तीनकुनेमा अवस्थित भिएस निकेतनबाट गरेका हुन्।

उनको स्नातक तहको अध्ययन काठमाडौंमै रहेको हाइट हाउस कलेज’बाट भएको थियो। त्यहाँ उनले सिभिल इन्जि’नियरिङको अध्ययन गरेका थिए।

अध्ययनको क्रममा स्नाको’त्तरका लागि उनी भारत पुगेका थिए। भारत, कर्नाटकबाट उनले स्टकचरल इन्जिनि’रिरिङको अध्ययन पूरा गरेका शाह विभिन्न निर्माणसम्बन्धी कार्यमा संलग्न रहँदै आएका छन्।

उनी पेशाको क्रममा देशका ६५ जिल्ला पुगेको बताउँछन् । २०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहत’को काममा सक्रिय भएर समाज’सेवीको छवि पनि बनाए ।

२०७२ मा नेपालमा गएको महा’भूकम्प पश्चात देशको विभिन्न स्थानमा पुगी उनी पुनःनिर्माणको काममा संलग्न रहेका उनको दाबी छ।

भूकम्प र कोभिड महामारिका बेला काम गरे पनि नेतृत्वमा नै बसेर काम नगरिकन आफ्नो योजना प्रभाव’कारी नहुने देखेर काठ’माडौंको मेयर पदमा उम्मेदवारी दिएको। आफ्नै नाममा रहेको बालेन कन्स’ल्टिङ र कन्स्टक्सन प्रालिका उनी सञ्चालक हुन्।

शाह र्‍याप ब्याटल गायक पनि हुन्। नेपाली र्‍याप ब्याटल दोस्रो लिगका विजेता हुन् भने उनी विगत लामो समयदेखि संगीतको यो विधामा संलग्न रहँदै आएका छन्।

कुनै पनि नगरपालिकाको मेयर भनेको त्यहाँको ‘सीईओ हो भन्ने शाह व्यवस्था’पकीय कम्जोरीका कारण मेयरहरुले राम्रोसँग काम गर्न नसकेको दाबी गर्छन्।

197 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal