पाेखरामा प्याराग्लाइडिङ दु,र्घटना हुँदा एक खेलाडीको ज्या,न गयाे!.
२०७९ आश्विन ३० गते, आईतवार
कास्की = पाेखरामा प्याराग्लाइडिङ दु,र्घटना हुँदा एक खेलाडीकाे ज्या,न गएकाे छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङकाे क्रसकन्ट्री इभेन्टमा सहभागी खेलाडी निसिम थापाको प्रतिस्पर्धा गर्ने क्रममा दु,र्घटनामा परि ज्या,न गएकाे छ ।
आज आइतवार पाेखराकाे सराङकाेटमा आकाशमा उडिरहेकाे अवस्थामा प्याराग्लाइडिङ जमिनमा खस्दा थापा पाेखरा:१०, अस्पताल चाेकका २६, वर्षीय थापा गम्भीर घाइते भएका थिए ।
उपचारका लागि सृजना चाेकमा रहेकाे मेट्राे सिटी अस्पताल पुर्याइएकाेमा उपचारका क्रममा ज्या,न गएकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिनु भयाे ।
उनी त्रिभुवन आर्मी क्लबबाट प्याराग्लाइडिङ पाइलट क्रसकन्ट्री इभेन्टमा सहभागी भएका थिए ।”
93 Views