नेपालबाट महिलाका रुपमा दुबइ पुगेकी मनकुमारी विमानस्थलमा अचानक पुरुष भएपछि

२०७९ आश्विन ३० गते, आईतवार

नवलपुर जिल्लाको रजहरमा एउटा अनौठो घ,टना भएको छ । नवलपुरमा महिला रहेकी मनकुमारी विदेश जान भनेर दुवई पुगेपछि उनी अचानक पुरुष बनिन् ।

जिल्ला प्रशासन कार्यालयको लापरवाहीका कारण अनाहकमा एउटा विपन्न परिवारको महिलाले लाखौं रुपैया गुमाइन् ।

उनी वैदेशिक रोजगारीका लागि भिजिट भिषामा दुवई जाने तयारी गरिन् । आफ्ना दाजुभाईको सहयोगमा उनी दुवई जान भनेर नेपालबाट गइन् । उनी दुवई पनि पुगिन् तर दुवईको विमानस्थलमा पुगेपछि भने उनी झसंग भइन्

उनले दुई वर्ष अघि नै पासपोर्ट बनाएकी थिइन् । विदेश जाँदा उनले अनेकौ प्रकृया पुरा गरिन् । मेनपावरले सोही पासपोर्टका आधारमा उनको भिषा लगाइदिएको थियो । त्यतीबेला पनि पासपोर्टमा भएको त्रुटी थाहा भएन ।

जिल्ला प्रशासन कार्यालयले पासपोर्ट बनाउँदा उनलाई पुरुष भनेर लेखिदिएको कसैले पनि थाहा पाएनन् । उनको पासपोर्टमा राखिएको फोटो हेर्दा पनि पुरुषको जस्तै देखिन्छ ।

नेपालको विमानस्थलवाट जाँदा त्यहाँका कर्मचारीले उनलाई महिला हो वा पुरुष भनेर हेरिदिएनन् । उनी सो पासपोर्ट देखाएर दुवई पुगिन् ।

दुवईवाट फर्काइएपछि उनलाई विमानस्थलले फाइन तिरायो । भिजिट भिषा पठाउँदा पनि दुवईमा पनि कसैले हेरेनन् । भाईहरुको सहयोगमा उनको भिषा लगाइएको थियो ।

भिजिट भिषामा जाँदा पनि उनले एक लाख ५० हजार रुपैया तिरेकी थिइन् । अहिले उनको पासपोर्ट विमास्थलमै राखिदिएको छ ।

त्यो पासपोर्ट ल्याउन एक लाख ६५ हजार रुपैया चाहिन्छ भनेपछि उनले त्यो पैसा तिर्न सकेकी छैनन् ।

उनले आफै पनि ८ कक्षा पढेकी छन् उनले पनि दुई वर्ष सम्म पासपोर्ट हेरिनन् ।भिजिट भिषामा विदेश जान भनेर उनले महिनाको ३ प्रतिशत ब्याजमा एक लाख ५० हजार रुपैया ऋण लिएको बताएकी छन् ।

93 Views

ताजा

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

जीबी राईको राहदानी रद्द गर्न आदेश

२०८१ माघ ४ गते, शुक्रबार

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

एकाविहानै चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

२०८१ पुष २३ गते, मंगलवार

राष्ट्रिय ख्रीष्टियन आयोग गठन गर्न माग गर्दै शान्तिपूर्ण धर्ना

२०८१ पुष २२ गते, सोमबार

गोविन्द प्रसाद दुलालका दुई पुस्तक प्रधानमन्त्री ओलीद्वारा लोकार्पण

२०८१ पुष २२ गते, सोमबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal