भैरहवा विमानस्थलमा कर्मचारी भर्ना गर्दा स्थानीयवासीलाई प्राथमिकता दिइन्छः गृहमन्त्री खाण

२०७९ आश्विन २९ गते, शनिबार

नेपाली कांग्रेसका केन्द्रिय सदस्यसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनलाई लक्षित गरी गृहजिल्ला रुपन्देहीमा सक्रियता बढाएका छन् ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा खाणले रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् ।

सोही लक्षित उनले अहिले निर्वाचन क्षेत्रमा प्रचारप्रसार कार्यालयहरूको उद्घाटन, कार्यकर्ता भेटघाट एवं सभाहरूमा सक्रियता बढाएका छन् ।

यसैबीच उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी भर्ना गर्दा स्थानीयवासीलाई प्राथमिकता दिइने बताएका छन् ।

उनले विमानस्थलमा नयाँ रोजगारी खुल्दा र अन्य अवसरमासमेत स्थानीयवासीले प्राथमिकता पाउने भन्दै त्यसतर्फ आफूले पहल गर्ने प्रतिबद्धता गरेका हुन् ।

स्थानीयवासीले जमिन नदिएको भए विमानस्थल बनाउन कठिन हुन्थ्यो, त्यसैले विमानस्थल निमार्णका लागि पुस्तौँदेखि बस्दै आएको जग्गा दिएर योगदान पुर्याएकाहरूले नै हरेक अवसरमा पहिलो प्राथमिकता पाउनुुपर्छ उनले भने, स्थानीयवासीले मुआब्जा लिएर भए पनि विमानस्थल बनाउन गरेको सहयोग सरकार र कसैले पनि बिर्सिनुहुँदैन ।

उनले विमानस्थलले यस क्षेत्रको आर्थिक समृद्धिको ढोका खोलेको जनाउँदै यहाँ हुने हरेक गतिविधिसँग स्थानीयवासीलाई जोडेर आत्मनिर्भर र रोजगाररत बनाउनु आफूहरुको पहिलो प्राथमिकता रहेको बताए ।

गृहमन्त्री खाणले विमानस्थल निर्माण हुँदा जसको जग्गा अधिग्रहणमा परेको छ, त्यो परिवारका सदस्यलाई विमानस्थलमा रोजगारीमा योग्यताअनुसार प्राथमिकतामा राख्न सरकार प्रतिबद्ध रहेको र यसबारे आफूले गौतमबुद्ध विमानस्थलका प्रमुख र नागरिक उड्डयन प्राधिकरणसँग कुरा पनि गरिरहेको उल्लेख गरे ।

त्यस्तै विमानस्थलमा कार्गो सञ्चालनका लागि पहल भइरहेको भन्दै उनले कार्गो सञ्चालनमा आएपछि यहाँको कृषि तथा औद्योगिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुुर्‍याएर स्थानीयवासीलाई रोजगारी बढाउने योजना सरकारको रहेको जनाए ।

रुपन्देही क्षेत्र नम्बर ३ (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार सन्तोषकुमार पाण्डेयले वर्तमान गठबन्धन पवित्र भएकाले यसले संविधान, लोकतन्त्र, सङ्घीयताको रक्षा गर्दै मुलुकको समग्र विकासमा लाग्ने बताए ।

 

84 Views

ताजा

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

जीबी राईको राहदानी रद्द गर्न आदेश

२०८१ माघ ४ गते, शुक्रबार

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

एकाविहानै चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

२०८१ पुष २३ गते, मंगलवार

राष्ट्रिय ख्रीष्टियन आयोग गठन गर्न माग गर्दै शान्तिपूर्ण धर्ना

२०८१ पुष २२ गते, सोमबार

गोविन्द प्रसाद दुलालका दुई पुस्तक प्रधानमन्त्री ओलीद्वारा लोकार्पण

२०८१ पुष २२ गते, सोमबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal