‘अन्तरिक्षमा छु, पृथ्वीमा फर्केर बिहे गर्छु’ भनेर महिलासँग ४० लाख ठ,गी

२०७९ आश्विन २९ गते, शनिबार

ठगीको यस्तो घ,टना बाहिर आएको छ जसबारे थाहा पाएर सबै छक्क परेका छन् ।

अन्तरिक्ष यात्रीको बहानामा एक व्यक्तिले वृद्धासँग ४० लाख रुपैयाँ ठगी गरेका छन् । ती पुरुषले महिलालाई आफू अहिले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा काम गरिरहेको बताए ।

उनले आफूलाई पृथ्वीमा फर्कन पैसा चाहिन्छ भनेका थिए । पुरुषले ६५ वर्षीया महिलालाई विवाह गर्ने वाचा दिए ।

घ,टना जापानको हो । टिभी असाहीको रिपोर्ट अनुसार शिगा प्रिफेक्चरकी एक महिलाले यसै वर्षको जुनमा इन्स्टाग्राममा नक्कली अन्तरिक्ष यात्रीलाई भेटेकी थिइन् ।

महिलाले उनको प्रोफाइलमा अन्तरिक्षका तस्बिरहरू रहेको बताइन्, जसलाई देखेर उनी साँच्चै स्पेस स्टेशनमा काम गरिरहेका छन् भन्ने महसुस भएको थियो ।

इन्स्टाग्राममा भेट गरेपछि दुवैले जापानी मेसेजिङ एपमार्फत कुरा गर्न थालेका थिए । केहि हप्ता पछि, पुरुषले महिलालाई आफ्नो प्रेम प्रकट गरे र विवाहको लागि प्रस्ताव गरे।

उनले ती महिलालाई आफूसँग नयाँ जीवन सुरु गर्न चाहेको र जापानमा बसोबास गर्न चाहेको बताए ।

त्यही क्रममा ती ठगले महिलासँग पैसा मागेका थिए । उनले पृथ्वीमा फर्केर विवाह गर्न पैसा चाहिने बताए । ती महिला उनको जालमा फसिन् र ठगलाई पैसा पठाइन्।

ती महिलाले उनलाई चार किस्तामा जम्मा २५ लाख रुपैयाँ पठाएकी थिइन् । तर जब ठगले थप पैसाको माग गर्न थाले, तब महिलालाई शंका लाग्यो। उनले प्रहरीमा उजुरी दिएकी थिइन् ।

 

पछि उनी ठगीको सिकार भएको खुलासा भयो । हाल जापानी प्रहरीले घटनालाई ‘रोमान्स स्क्याम’ को रुपमा अनुसन्धान गरिरहेको छ ।

202 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal