जन्म भूमिमा देखिएकाे ग लत प्रवृत्ति अन्त्यगर्न मोरङ:३ मा उम्मेदवारी दिएँ । रेखा थापा

२०७९ आश्विन २९ गते, शनिबार

माेरङ = राष्ट्रिय प्रजातन्त्र पार्टीको मोरङ क्षेत्र नम्बर ३, प्रति निधि सभाकी उम्मेदवार अभिनेत्री रेखा थापाले आफू जन्मेको ठाउँमा देखिएको गलत प्रवृत्तिको अन्त्य गर्न प्रत्यक्षतर्फको चुनावमा आउनु परेकाे बताएकी छिन् ।

 

आज बिहीवार सुन्दरहरैँचा वडा नम्बर ११, का मतदाता सँगको भेटमा थापाले समानु पातिकबाट सजिलै सांसद बन्ने अवस्था भए पनि आफू जन्मेको निर्वाचन क्षेत्रमा देखिएका गलत प्रवृत्तिको अन्त्य गर्न आफूले प्रति निधि सभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको बताएकी हुन् । उनले मोरङ क्षेत्र नम्बर ३ का सबै घरपरिवार आफन्त भएको उल्लेख गर्दै उनीहरूसँग छलफल गरेर यस क्षेत्रको समस्या गर्न आफू लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

 

उनले भनिन् । मेरो दायित्व यहाँका माटोसँग छ। यो क्षेत्रसँग छ । समानु पातिक भन्ने छँदै थियो । मलाई तपाईँहरूसँग भेट्नु थियो । तपाईँहरूसँग कुरा गर्नु थियो । यो क्षेत्रको माटो र यो क्षेत्रका हरेक घर परिवार मेरा आफन्त हुन् ।

 

मैले यहाँको रक्षा गर्नुपर्छ । गलत प्रवृत्तिको अन्त्य गर्नुपर्छ भनेर म यहाँ आएको हुँ । मलाई जनप्रतिनिधि हुनलाई, मलाई माननीय हुनलाई ठूलो कुरा थिएन । म त्यहीँ काठमाण्डाैबसेर पनि हुन्थे । तर म त्यहाँ बसिरहँदा यहाँको समस्या थाहा पाउने थिइन ।

 

 

अभिनेत्री थापाले महिलाहरू नेतृत्वमा पुगे देशको भ्रष्टाचार आफैँ समाप्त हुने दाबीसमेत गरिन् । घर चलाउन सक्षम महिलाहरू देश चलाउन पनि सक्षम रहेको उनको भनाइथियो । कार्यक्रममा उपस्थित भएका केही युवाले अभिनेत्री थापालाई मतदिने बताएका थिए ।”

211 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal