आफैंले डोजर लगाएर ह टाएको पबमा गएर मेयर बालेन नाचे पछि
काठमाडौं महानगरपालिकाले भवनको नक्सा विप रीत प्रयोजनमा लगाइएको बेसमेन्ट खाली गराउने क्रममा दरबारमार्गको लण्डन पब पनि हटाएको थियो। लण्डन पब हटाउन महानगरका मेयर बालेन्द्र साह ८ ,भदौमा आफैं डोजर लिएर पुगेका थिए। डोजरले केही भाग भत्काएर तुरुन्तै हटाउन निर्देशन दिए पछि यो पब नै केही समय बन्द भएको थियो।
तर लण्डन पबको सामाजिक सञ्जालमा बुधबार मेयर बालेन नाचेको भिडियो र फोटो पोष्ट भए पछि पबसँग बालेनको कुनै समझदारी भएको त होइन भन्ने प्रश्न उठेको छ।
आफैंले हटाएको पबमा नाच्न बालेन कसरी पुगेत ? बालेनका प्रमुख स्वकीय सचिव भुपदेव साहका अनुसार महानगरले डोजर लगाए पछि लण्डन पब त्यहाँ बाट सरेको छ। हाल लण्डन पब किंग्स लाउञ्जको छेउमा सञ्चालनमा आएको छ। नयाँ ठाउँमा सञ्चालनमा आएको लण्डन पबमा मंगलबार राति बालेन एक कार्यक्रममा पुगेका हुन्।
काठमाडौं महानगरपालिकाले कानुन अनुसार चलेको व्यवसायीहरु लाई सम्मान गर्छ भन्ने उदाहरण पनि हो। उहाँ व्यक्तिगत निमन्त्रणामा पब पुग्नु भएको हो । महानगरले पब बन्द गर्न भनेको होइन। बेसमेन्टमा न चलाउ भनेको हो। जुन पबले मानेको छ। उहाँ जाँदा सम्मान सहित जानु भएको हो । साहले भने।
पबको सामाजिक सञ्जालमा राखिएको फोटो र भिडियोमा मेयर बालेन उनकी श्रीमती सबिना काफ्ले सँग नाचेको देखिन्छ।””