प्रहरीले पत्ता लगायो काठमाडौँ हत्याकाण्डका मुख्य योजनाकार, गेष्ट हाउसमा बसेर गरेका थिए निगरानी..

२०७९ आश्विन ७ गते, शुक्रबार

काठमाडौं । मोहम्मद दर्जी उर्फ लाल मोहम्मद ह,त्याको योजना भारतको नयाँ दिल्ली घर भएका नितेन मदन अरोगाले बनाएको थाहा भएको छ । नितेन लामो समयदेखि काठमाडौँमा बस्दै आएका छन् । उनका दाइ र आमा अहिले काठमाडौँमै छन् ।

 

 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनको दाइलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ५८ वर्षीय मोहम्मदको ह त्या गर्नुअघि नितेनले आफू बस्दै आएको काठमाडौँको भोटेबहालबाट डेरा सारेका थिए ।

 

 

१५ दिनअघि उनले डेरा सारेको थाहा भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । नितेनले मोहम्मद बस्ने घर नजिकैको कोशीपारी गेष्ट हाउसमा बसेर उनलाई निगरानी गरेका थिए ।

 

 

मोहम्मदले सञ्चालन गरेको ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’बाट करिब २ सय मिटरको दुरीमा सो गेष्ट हाउस छ । गार्मेन्टको माथिल्लो तलामा लाल मोहम्मद आफ्नो परिवार सँग बस्दै आएका थिए ।

 

 

गेष्ट हाउसमा भदौ ३० बाट बसेर निगरानी गरेका नितेनले सुरुमा १०४ नबर कोठा नितेन खानको नाममा बुक गराएका थिए । असोज १ गते उनले फेरी भुवन मगरको नाममा १०५ नम्बर कोठा लिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

 

 

भदौ ३ मा बिहान उनले गेष्ट हाउसमा दुई जना सुटर बोलाएका थिए । सुटर गेष्ट हाउसमा आएकै साँझ लाल मोहम्मद मारिए । सुटरले उनलाई ६ गो ली प्रहार गरे । ४ गो ली उनको शरीरमा लाग्यो ।

 

 

नितेन र लाल मोहम्मद पूर्व परिचित हुन् । उनीहरूको बिचमा लेनदेन कारोबार समेत देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

229 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal