नेता असल भए तिव्र विकास : सहरी मन्त्री चौधरी

असोज ७, सिमरा ।
सहरी विकास मन्त्री मेटमणि चौधरीले नेता असल भएमा विकासका काम तिव्र हुने बताएका छन् ।
बाराको गढिमाई पार्क, गढिमाई चोकदेखि रसौला, बस्डिल्वा, इनर्वासिया बजार, सानो माटियरिया चिनी मिल हुँदै मानवत मटिअर्वा हुलाकी राजमार्ग जोड्ने सडक खण्ड, टेलिकम चोक– विकासशिल चोक –रंगशाला चोक –एयर्ट पोर्ट दक्षिण सिमानासम्म जोड्ने सडक निर्माण लगायत ५० करोडका आयोजनाहरुको सहरी मन्त्री चौधरीले शुक्रबार शिलान्यास गरेका छन् ।
शिलान्यास पछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले बारा पछि पर्नुको कारण यहाँ असल नेता नभएको धारणा राखेका छन् ।
‘जुन ठाउँका नेता असल, इमानदार र विकासप्रेमी हुन्छन् त्यहाँ तिव्र गतिमा विकास पुग्छ । तर जहाँ जनताको काममा ध्यान दिने भन्दा पनि गफ ठुला गर्ने नेता हुन्छन्, जहाँ जनतालाई हेप्ने, थर्काउने नेता हुन्छन्, त्यहाँ विकास हुँदैन ।’
चुनाव जितेपछि नेता पार्टी भन्दा माथि उठेर विकासका काममा लाग्नुपर्ने बताएका सहरी मन्त्री चौधरीले किसान श्रेष्ठ बारामा विकास गर्न र यो ठाउँलाई माथि उठाउन यहाँ आएको बताए ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका किसान श्रेष्ठले अब बारामा विकास र सम्बृद्धिको मुल फुट्ने दाबी गरे । बाराको विकासमा उनले जनताले चाहे जति बजेटको व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक दिपिल शेखर श्रेष्ठले स्थानीय तह आत्मनिर्भर हुन जरुरी रहेको बताउँदै शिलान्यास भएका आयोजनाहरु समयमै सकिने बताए ।
सघन सहरी तथा भवन निर्माण बाराका आयोजना प्रमुख झपट बहादुर थापाले शिलान्यास गरिएका जम्मै आयोजनाहरुले जनताको जीवनमा ठुलो परिवर्तन आसा व्यक्त गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य शोभा लामा, सुन्दर विक, एकबाल मियाँ, सीता गुरुङ, जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, उपप्रमुख भोला प्रसाद अधिकारी लगायत विभिन्न दलका प्रतिनिधिहरुले आआफ्ना मन्तव्य राखेका थिए ।
ताजा

हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबार
हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबार
आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी घरबेटीको मृत्यु
२०७९ माघ १६ गते, सोमबार
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा तय
२०७९ माघ १६ गते, सोमबार
मलेसियामा चौथो ईन्टरनेशनल सोसल अर्वाड सम्पन्न
२०७९ माघ १६ गते, सोमबार
अग्रिया सिंह उत्कृष्ट नृत्यांगना
२०७९ माघ १६ गते, सोमबार
सहिदको सपना पूरा गर्न सबै एकजुट हुन आवश्यकः प्रधानमन्त्री प्रचण्ड
२०७९ माघ १६ गते, सोमबार
‘सहिद दिवस’ ले प्रेरणा प्रदान गर्नेछः सभापति देउवा
२०७९ माघ १६ गते, सोमबार
राष्ट्रपति भण्डारीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण
२०७९ माघ १६ गते, सोमबार
विभिन्न कार्यक्रम गरी आज सहिद दिवस मनाइँदै
२०७९ माघ १६ गते, सोमबार
काठमाडौं आइपुगिन् सन्नी लियोन
२०७९ माघ १५ गते, आईतवारलोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार