पहिलो दिनमै ‘प्रेमगीत ३’ को कमाई यति धेरै

२०७९ आश्विन ८ गते, शनिबार

बुप्रतिक्षित फिल्म ‘प्रेमगीत ३’को नेपाली संस्करणले नेपालमा पहिलो दिनमा कति ब्यापार गर्ला रु यस विषयमा शुक्रबार मध्यान्हसम्मको टिकट बिक्री, अकुपेन्सी र ट्रेन्डिङ हेर्दा फिल्मको न्यूनतम ओपनिङ हेर्दा ‘प्रेमगीत ३’ले दुई करोड रुपैयाँ ग्रसभन्दा बढीको ओपनिङ गर्ने प्रक्षेपण गरिएको थियो ।

शुक्रवारबाट ‘वर्ल्डवाइड’ प्रदर्शनमा आएको ‘प्रेमगीत ३ हिन्दी, उर्दू भाषामा समेत डब भएको सिनेमा शुक्रबारबाटै भारत, पाकिस्तान लगायत विश्वभरका सिनेमा हलमा प्रदर्शनमा आएको हो ।

हिन्दी डबको ‘प्रेमगीत ३’ नेपालमा भने घटस्थापनाबाट मात्र प्रदर्शनमा आउनेछ ।

निर्माण कम्पनीले चलचित्र विकास बोर्डमा कर चुक्ताको कागजात पेस नगरेकाले सिनेमाको हिन्दी डबको सेन्सर रोकिएको थियो ।

‘प्रेमगीत ३’को हिन्दी डबले नेपालमा पाएको चर्चा, श्रृंखलाबद्ध वि,वाद, नाम चलेका कलाकारको अभिनय, गीतसंगीतले पाएको लोकप्रियताका कारण ठूलो हाइट बनाएको छ ।

यसको प्रभाव सिनेमाको बक्सअफिसमा पर्ने निश्चित छ । आ,क्रामक अग्रीम टिकट बुकिङले पनि सिनेमाले कमाइमा रेकर्ड बनाउने संकेत गरिसकेको वितरक गोविन्द शाही बताउँछन् । सिनेमाको पहिलो दिनको कमाइ साढे २ करोड माथि हुने अनुमान उनको छ ।

दोस्रो दिन पनि ‘प्रेमगीत ३’ को नेपाली संस्करणले पहिलो दिन बराबरकै कमाइ गर्ने अनुमान छ । पहिलो सप्ताहन्तको दुई दिनमा फिल्मको कमाइ चार करोड रुपैयाँ ग्रस माथि पुग्ने अनुमान छ । सिनेमाले शुक्रवार र शनिबार ठूलो कमाइ गर्नेमा दुईमत छैन ।

देशभरका अधिकांश सिंगल हल कब्जा गरेको सिनेमाले मल्टीप्लेक्सहरुमा सर्वाधिक शो पाएको छ । आइतबारबाट भने सिनेमालाई दर्शकको वर्ड अफ माउथले लामो रेशको घोडा बनाउनुपर्नेछ ।

 

विश्वभरका १२ सय बढी पर्दामा रिलिज भएको सिनेमाले लामो समयसम्म दर्शकको साथ पाउने विश्वास निर्माता तथा निर्देशक सन्तोष सेनलाई छ ।

 

पहिलो सप्ताहन्तको दुई दिनमा फिल्मको कमाइ चार करोड रुपैयाँ ग्रस माथि पुग्ने अनुमान छ । अहिलेसम्मकै उच्च ओपनिङ गर्ने फिल्मको नाम ‘कबड्डी ४’ले देखाएको छ ।

जसले ओपनिङ २ करोड ९० लाख रुपैयाँ ग्रस गरेको थियो । त्यस्तै ‘छक्कापञ्जा २’को ओपनिङ १ करोड ८० लाख रुपैयाँ छ ।

206 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

१० करोडको नजिक ‘गौंथली’

२०८३ श्रावण १२ गते, मंगलवार

सौरभ चौधरीले घोषणा गरे चलचित्र ‘द राइज अफ साम्राज्य’

२०८३ श्रावण १२ गते, मंगलवार

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न

२०८३ श्रावण १२ गते, मंगलवार

एमबीएसको प्रश्नपत्र आउट प्रकरणः थप २ जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

२०८३ श्रावण १२ गते, मंगलवार

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त

२०८३ श्रावण १२ गते, मंगलवार

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal