डा.केसीको स्वास्थ्य अवस्था झन ,झन बि ग्रँदै !
काठमाण्डाै ,त्रिभुवन विश्वविद्यालय त्रिवि शिक्षण अस्पतालले डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बि ग्रँदै गएको जनाएको छ । अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीले आज विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था बि ग्रँदै गएको बताउनु भएकाे हाे ।
उहाँका अनुसार हरेक दिन बि राएर गरिएका प्रयोग शाला परीक्षणको रिपोर्ट अनुसार शरीरमा इलेक्ट्रो लाइट्सको मात्रा घट्दै गइरहेको छ । इलेक्ट्रोलाइट्सको आपूर्तिका लागि डा. केसीले अस्वीकार गरिरहेको उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
डा. केसीको दिसामा रगत देखिने समस्या भएकाले भर्ना गरेपछि अहिले भने दि सामा रगतको देखा नपरेको अस्पतालले जनाएको छ । स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै गएकाे ११, दिनदेखि कैलालीको धनगढीबाट अनशन सुरु गर्नु भएका डा. केसीको दि सामा रगत देखापरेको लगायतका समस्या उत्पन्न भए पछि यही असोज ६, गते बेलुका अस्पतालमा भर्ना गरिएको हो ।