प्रचण्ड र जनार्दन शर्माबीच सार्वजनिक कार्यक्रममै ‘घो,चपेच’

२०७९ भाद्र २५ गते, शनिबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच सार्वजनिक कार्यक्रममै घो,चपेच भएको छ ।

अखिल क्रान्तिकारीले गठन गरेको क्रान्तिकारी फोर्सको घोषणा कार्यक्रममा आज बुधवार पार्टीभित्रको पदाधिकारीको पद विभाजनलाई लिएर प्रचण्ड र शर्माबीच घो,चपेच भएको हो ।

अर्को कार्यक्रममा जान हतार भएको भन्दै प्रचण्डले सुरुमै बोल्न खोज्नुभएको थियो तर उपमहासचिव जनार्दन शर्माले आफूले पहिले बोलेपछि मात्रै प्रचण्डले बोल्नुपर्ने अडान राखेपछि पहिले जनार्दनका कुरा सुनेपछि मात्रै प्रचण्ड बोल्नुभएको थियो ।

सम्बोधनका क्रममा जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गर्ने बताउनुभयो । ‘नीति र नेतृत्व सही ढङ्गले चल्नुपर्छ भन्ने मान्छे हुँ म ।

अध्यक्ष कमरेडको कडा आलोचक मै हुँ र रक्षा गर्ने पनि मै हुँ । म उहाँको कडा आलोचना गर्छु तर रक्षा पनि मैले गर्छु । आलोचनाले नेतृत्वको रक्षा हुन्छ, चाकडीले हुँदैन, लाइनले हुँदैन, शर्माले भन्नुभयो । 

तर प्रचण्डले भने जनार्दन शर्मालाई आफैँले हुर्काएकाे र रक्षा गरेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, जनार्दनजीले जाँदा जाँदै भन्नुभयो– नीति र नेतृत्वको रक्षाको कुरा, म तपाईँहरूलाई भन्न चाहन्छु– जनार्दनलाई हुर्काउन र रक्षा गर्न पनि प्रचण्डको मुख्य भूमिका छ ।

उनको रक्षा र विकास गर्ने कुरामा मेरो भूमिका छ । मैले त जनयुद्धको तयारीको पनि नेतृत्व गरेँ, जनयुद्धको पनि नेतृत्व गरेँ, संविधान सभाको पनि नेतृत्व गरेँ, गणतन्त्रको पनि नेतृत्व गरेँ ।

मेरो लागि धेरै चिज भएकै छ, अब मेरो सपना राम्रो उत्तराधिकारी तयार होउन् भन्ने हो । उनीहरूले पार्टीलाई एकताबद्ध गराउन, क्रान्तिकारीलाई एकै ठाउँमा ल्याउन र हाम्रो विरासत जोगाइराखुन् ।’ 

कार्यक्रममा प्रचण्डले अहिले चुनावको लडाइँमा जाँदै गर्दा पार्टीको नीति सडक, सदन र सरकारका तीन वटै मोर्चाबाट सङ्घर्ष गरेर मात्रै उपलब्धि हासिल गर्न सकिन्छ भन्ने हुनुपर्ने बताउनुभयो ।

सडकको हिरो युवा विद्यार्थी भएको र विद्यार्थी सडकमा नआएसम्म देशमा परिवर्तन नहुने भएकाले टोल–टोलमा अभियान चलाउन पनि प्रचण्डले निर्देशन दिनुभयो ।

आफू देशव्यापी प्रशिक्षणमा जाँदा पनि अहिलेको चुनावी प्रणालीमाथि प्रश्न गरिरहेको भन्दै प्रचण्डले अहिलेको महँगो चुनाव लड्न माओवादीलाई समस्या भइरहेको बताउनुभयो ।

प्रतिगामीहरूले माओवादीले ल,डेर ल्याएको संविधान र नागरिकका अधिकार खोस्ने प्रयास गरिरहेको भन्दै प्रचण्डले विराेधीविरुद्ध एकजुट हुन पनि आह्वान गर्नुभयो । 

74 Views


    Login with
    or as guest:
    Comments: 0
    Sort by newest 

ताजा

पूर्व राजालाई महोत्तरीबाट प्रमुख नेताको थ्रेट

२०८१ फाल्गुन २३ गते, शुक्रबार

पूर्व राजालाई महोत्तरीबाट प्रमुख नेताको थ्रेट

२०८१ फाल्गुन २३ गते, शुक्रबार

‘राजा’ हुने सपना देख्नेहरूले बरू संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति बन्ने आँट गरून्ः बाबुराम भट्टराई

२०८१ फाल्गुन २३ गते, शुक्रबार

डा. अमरेश कुमार सिंहले गौरका मेयर साहलाई नामुद तस्करको संज्ञा दिए

२०८१ फाल्गुन २३ गते, शुक्रबार

‘आन्तरिक सुरक्षाको मियो नेपाल प्रहरी’

२०८१ फाल्गुन २३ गते, शुक्रबार

श्रम मन्त्रालय घूसको अड्डा बन्योः पूर्व श्रममन्त्री डीपी अर्याल

२०८१ फाल्गुन २३ गते, शुक्रबार

ज्ञानेन्द्रले हैसियत भुलेको मन्त्री गुरुङको टिप्पणी

२०८१ फाल्गुन २३ गते, शुक्रबार

भौतिकमन्त्री दाहाल भन्छन्- म फेल भएको होइन, अलि बढी हौसिए

२०८१ फाल्गुन २३ गते, शुक्रबार

‘महिला समानता नारा मात्रै होइन, त्यसको अभिभारा राज्यले बोकोस्’

२०८१ फाल्गुन २३ गते, शुक्रबार

जनकपुरमै पांग्रा छोडेर बुद्ध एयरको जहाज काठमाडौं अवतरण, संसद्मा उठ्यो प्रश्न

२०८१ फाल्गुन २३ गते, शुक्रबार

‘आयोडिनको मात्रा तत्काल नियन्त्रण गरियोस्’

२०८१ फाल्गुन २३ गते, शुक्रबार

लोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal