जनकपुरमै पांग्रा छोडेर बुद्ध एयरको जहाज काठमाडौं अवतरण, संसद्मा उठ्यो प्रश्न

२०८१ फाल्गुन २३ गते, शुक्रबार

काठमाडौं । जनकपुरमै पांग्रा छोडेर बुद्ध एयरको जहाज काठमाडौं अवतरण गरेपछि प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको छ ।
बिहीबार दिउँसो बुद्ध एयरको एटीआर ७२ जहाज अगाडिको एउटा पांग्राबिना नै जनकपुरबाट उडान भरेको थियो ।

जहाजको पांग्रा नभएकोबारे चालकदलका सदस्यहरूलाइ काठमाडौं ल्याण्ड हुने बेलामा मात्र जानकारी भएको हो ।
बुद्धको युफोर ५०६ उडान नम्बरको एटीआर ७२ नामक एएनएच जहाजले काठमाडौंस्थित त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा अवतरण गरेको थियो । यसबारेमा विमान कम्पनीले छानबिन गरिरहेको बताएको छ । यता संसद्मा सांसदहरुले यसबारेमा उच्च स्तरीय छानबिन समिति बनाउन माग गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले जाँचबुझ आयोग गठन गर्न माग गरेका हुन् । “काठमाडौंमा एउटा पांग्रामा ल्यान्ड गर्‍यो, त्यसका लागि एउटा जाँचबुझ आयोग गठन गरियोस् भन्ने माग राख्न चाहन्छु,” उनले भने ।
नेकपा (माओवादी केन्द्र)की सांसद छिरिङ लामु लामा तामाङले एउटा पांग्रा जनकपुरमै छुटेर आयो भन्ने सुन्दा यात्रुको मनमा भुइँचालो नै आएको बताइन् ।“यो सुन्दा हजारौँ यात्रुको मनमा भुइँचालो गयो होला, मेरो पनि त्यस्तै भयो,” उनले भनिन् ।
उनले रनवेबाट पांग्रा समयमै निकाल्दा अर्को खतरा टरेको पनि बताइन् । उनले हवाई क्षेत्र बेवारिसे बनाएको विषयमा पनि प्रश्न गरिन् ।

127 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal