‘राजा’ हुने सपना देख्नेहरूले बरू संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति बन्ने आँट गरून्ः बाबुराम भट्टराई

२०८१ फाल्गुन २३ गते, शुक्रबार

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका अन्तिम राजा ज्ञानेन्द्रको भूमिका, क्षमता, चरित्र सबैको निष्पक्ष सम्परीक्षण गर्दा उनी देशको समस्याको समाधान हैन झन् ठुलो समस्या र खतरा हुने तथ्य नै स्थापित हुने बताएका छन् ।

उनले देशभित्र र बाहिरी शक्तिहरुको साँठगाँठले बलजफ्ती राजन्त्रको पूनस्थापना भए त्यसले संविधानको हत्या हुने खतरा औंल्याएका छ्न । उनले फेशबेकमा भनेका छन्,‘बरू कथंकदाचित भित्री र बाहिरी शक्तिहरूको साँठगाँठले बलजफ्ती राजतन्त्रको पुनर्स्थापना हुने हो भने त्यसले निर्वााचित संविधानसभाबाट बनेको नेपाली इतिहासकै पहिलो संविधानको हत्या हुने, इतिहासमा पहिलो पटक प्राप्त जनतामा निहीत सार्वभौमसत्ता गुम्ने, बहुजातीय बहुभाषिक मुलुकमा बल्लतल्ल प्राप्त संघीयता पुनः गुमेर देश जातीय द्वन्दमा फस्ने, छिमेकी र विश्वका शक्तिकेन्द्रहरूले आआफ्नो सामरिक स्वार्थको दुहाइ दिंदै संवेदनशील हिमाली क्षेत्रमा प्रत्यक्ष हस्तक्षेप गर्ने र देश अन्त्यहीन सशस्त्र द्वन्द्वमा फस्ने गम्भीर खतरा पो रहन्छ ।’

यस्तो छ बाबुरामको फेशबुक स्टाटस-
प्रसिद्ध दार्शनिक Voltaire को रोचक भनाइ छ- ‘The more often a stupidity is repeated, the more it gets the appearance of wisdom’. ( अर्थात् कुनै मूर्खतापूर्ण कुरालाई जति धेरै पटक दोहोर्यायो, उती त्यो बुद्धिमत्तापूर्ण कुरा जस्तो लाग्न थाल्दछ।)
केही समय यता बढो प्रायोजित ढंगले सामाजिक संजाल र सडकमा जसरी लोकतान्त्रिक गणतन्त्र भन्दा वंशानुगत राजतन्त्र राम्रो हो र देशका सबै राजनीतिक,आर्थिक समस्याको समाधान राजतन्त्रको पुनर्स्थापनाले मात्र हुन्छ भन्ने भाष्य आक्रामक रूपमा स्थपित गर्न खोजिदैछ त्यसले सोझा जनता मात्र हैन बौद्धिक र युवा जमातलाई समेत भ्रमित पार्न खोज्दैछ। त्यो एकदम रहस्यमय र बिडम्वनापूर्ण मात्र छैन देशको अस्तित्व तथा जनताको भविष्यनिम्ति समेतअत्यन्त खतरनाक छ।
हो, आज देशमा गम्भीर समस्या छन्। राजनीतिक, आर्थिक,सामरिक,सामाजिक लगायत सबै क्षेत्र संकटग्रस्त छन्। पुराना स्थापित राजनीतिक दल र तिनको नेतृत्वप्रति जनअसन्तुष्टी व्यापक छ। खाशगरी युवा पुस्ता ज्यादै निराश र आक्रोशित छ।
हामी स्वयम् तिनै समस्याको समाधाननिम्ति केही समयदेखि समग्र राजनीतिकै अग्रगामी पुनर्संरचना र वैकल्पिक राजनीतिक शक्ति निर्माण अभियानमा जुटेका छौं।
परन्तु अहिलेको अत्याधुनिक ज्ञानविज्ञान र ए.आइ. लगायतका प्रविधि तथा मान्छेमा निहीत बुद्धिविवेक प्रयोग गरेर शोधअनुसन्धान गर्दा कुनै पनि तथ्य, तर्क र सूचकले लोकतान्त्रिक गणतन्त्रकाल भन्दा वंशानुगत राजतन्त्रकाल श्रेष्ठ थियो र हुनसक्छ भन्ने पुष्टी गर्दैन। अन्तिम राजा ज्ञानेन्द्रको भूमिका, क्षमता, चरित्र सबैको निष्पक्ष सम्परीक्षण गर्दा उनी देशको समस्याको समाधान हैन झन् ठुलो समस्या र खतरा हुने तथ्य नै स्थापित हुन्छ।
बरू कथंकदाचित भित्री र बाहिरी शक्तिहरूको साँठगाँठले बलजफ्ती राजतन्त्रको पुनर्स्थापना हुने हो भने त्यसले निर्वााचित संविधानसभाबाट बनेको नेपाली इतिहासकै पहिलो संविधानको हत्या हुने, इतिहासमा पहिलो पटक प्राप्त जनतामा निहीत सार्वभौमसत्ता गुम्ने, बहुजातीय बहुभाषिक मुलुकमा बल्लतल्ल प्राप्त संघीयता पुनः गुमेर देश जातीय द्वन्दमा फस्ने, छिमेकी र विश्वका शक्तिकेन्द्रहरूले आआफ्नो सामरिक स्वार्थको दुहाइ दिंदै संवेदनशील हिमाली क्षेत्रमा प्रत्यक्ष हस्तक्षेप गर्ने र देश अन्त्यहीन सशस्त्र द्वन्द्वमा फस्ने गम्भीर खतरा पो रहन्छ!
यो खतरनाक परिदृश्यको आंकलन आफुलाई ‘राष्ट्रवाद’ को जन्मजात ठेकेदार मान्ने पूर्व राजा, तिनका आसेपासे र हिमाली क्षेत्रमा सुरक्षा चासो राख्ने बाहिरी शक्तिकेन्द्रहरूले गर्नुपर्छ कि पर्दैन? तुच्छ क्षणिक गद्दीको लोभमा परेर आफ्ना पुर्खाहरूले आर्जेको मुलुकको सार्वभौकिता र स्वाधीनता नै गुमाउने कलंकको भारी बोक्न ज्ञानेन्द्र शाह तयार भएकै हुन्? छिमेककै सिक्किम र भुटान र अलि परका युक्रेन लगायतबाट पाठ सिक्नुपर्छ कि पर्दैन? अमेरिकी राष्ट्रपति ट्रम्पले हाकाहाक्की प्यालेस्टाइनको गाजा, ग्रीनल्याण्ड, पनामा नहर लगायत कब्जा गर्ने धम्की दिएबाट अहिलेको संसार कति खतरनाक दिशातिर उन्मुख छ भन्ने यी राजावादीहरूले बुझ्नुपर्छ कि पर्दैन? ‘विचारभन्दा माथि देश’ भन्नेहरूले के सोच्दै होलान्?
अतः इतिहासको यो संगीन घडीमा देशलाई माया गर्ने सबैले छातीमा हात राखेर ममः भनौं! भोक लाग्यो भनेर विष नखाऊँ! वलिदानी संघर्षबाट प्राप्त हाम्रो संविधानका चार स्तम्भ गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेसी लोकतन्त्रमध्ये कुनै एक स्तम्भ ढल्दा पूरै संविधान ढल्नसक्छ भन्ने हेक्का राखौं! ‘राजा’ हुने सपना देख्नेहरूले बरू संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति बन्ने आँट गरून्! लोकतन्त्रको विकल्प राजतन्त्र हैन झन् उन्नत लोकतन्त्र हो भन्ने बुझून्!
136 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal