बिजुली बेच्ने जमाना गयाे, अब प्रयाेग गर्ने हाे : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले बिजुली धेरै बेचेर जलविद्युतकाे विकास गर्ने अभियानलाई सङ्केत गर्दै प्रश्न उठाउनुभएकाे छ ।
शुक्रवार नेपाल उद्योग परिसङ्घले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले ऊर्जामन्त्री पम्फा भुसाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बिजुली धेरै बेचेर जलविद्युतको विकास गर्ने अभियानप्रति प्रश्न उठाउनुभएकाे हाे ।
मन्त्री शर्माले बिजुली बेच्ने भन्दा पनि प्रयोग गर्न सक्नुपर्ने भन्दै बिजुली बेच्ने कुरामा गर्व गर्नु नपर्ने बताउनुभयो ।
उहाँले बिजुलीबाट हाइट्रोजन, एमोनिया बनाउने प्रविधि आएको भन्दै विश्वमा ‘सिक्स जी’ मा विकास भएको भए पनि नेपालले दुई ‘जी’ का कुरा गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, अहिले बिजुली बेच्नुपर्छ भन्ने छलफल भएको छ । बिजुली बेच्ने हो कि प्रयोग गर्ने हो ? हामीले बिजुली बेच्न पाए गर्व गर्छाैँ । अब बिजुली बेच्ने जमाना गयो ।
बिजुलीबाट हाइट्रोजन, एमोनिया बनाउने प्रविधि आइसक्यो । विश्वमा ६ जीको कुरा आइसक्यो, हामी दुई जीका कुरा गरिरहेका छौँ । हाम्रो सोचाइ साँघुरो छ ।’
कार्यक्रममा बाेल्दै मन्त्री शर्माले राज्यको पूर्वाधार विकास गर्ने व्यवस्थापन राम्रो नहुँदा पूर्वाधार निर्माणको काम समय सम्पन्न नहुने समस्या रहेको बताउनुभयो ।
पूर्वाधार विकासको आवश्यकतालाई भन्दा पनि परम्परागत सोचले पूर्वाधार विकास गर्न खोज्दा समस्या रहेको उहाँकाे भनाइ छ ।
ताजा

आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष
२०८२ असार २६ गते, बिहीबार
आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष
२०८२ असार २६ गते, बिहीबार
रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै
२०८२ असार २६ गते, बिहीबार
भारतमा गयो ४.४. म्याग्निच्युडको भूकम्प
२०८२ असार २६ गते, बिहीबार
‘‘त्यसपछि ढुक्कले सुत्न पाइयो’
२०८२ असार २६ गते, बिहीबार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
बाढीका कारण एक अर्बभन्दा बढीको क्षति
२०८२ असार २६ गते, बिहीबार
Miss and Mrs Talent Nepal 2025 काे फाराम खुल्यो
२०८२ असार २६ गते, बिहीबार
‘ए ङाला ह्राङ्बा माया’ असार २८ गते विशेष प्रदर्शन हुने
२०८२ असार २५ गते, बुधबार
उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४ गते, मंगलवार
रसुवामा भीषण बाढीः मितेरीपुल भाँचियो, कन्टेनर र ईभी गाडी बगायो
२०८२ असार २४ गते, मंगलवारलोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार