बिजुली बेच्ने जमाना गयाे, अब प्रयाेग गर्ने हाे : अर्थमन्त्री शर्मा

२०७९ भाद्र २५ गते, शनिबार

अर्थमन्त्री जनार्दन शर्माले बिजुली धेरै बेचेर जलविद्युतकाे विकास गर्ने अभियानलाई सङ्केत गर्दै प्रश्न उठाउनुभएकाे छ ।

 शुक्रवार नेपाल उद्योग परिसङ्घले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले ऊर्जामन्त्री पम्फा भुसाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बिजुली धेरै बेचेर जलविद्युतको विकास गर्ने अभियानप्रति प्रश्न उठाउनुभएकाे हाे । 

मन्त्री शर्माले बिजुली बेच्ने भन्दा पनि प्रयोग गर्न सक्नुपर्ने भन्दै बिजुली बेच्ने कुरामा गर्व गर्नु नपर्ने बताउनुभयो ।

उहाँले बिजुलीबाट हाइट्रोजन, एमोनिया बनाउने प्रविधि आएको भन्दै विश्वमा ‘सिक्स जी’ मा विकास भएको भए पनि नेपालले दुई ‘जी’ का कुरा गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, अहिले बिजुली बेच्नुपर्छ भन्ने छलफल भएको छ । बिजुली बेच्ने हो कि प्रयोग गर्ने हो ? हामीले बिजुली बेच्न पाए गर्व गर्छाैँ । अब बिजुली बेच्ने जमाना गयो ।

बिजुलीबाट हाइट्रोजन, एमोनिया बनाउने प्रविधि आइसक्यो । विश्वमा ६ जीको कुरा आइसक्यो, हामी दुई जीका कुरा गरिरहेका छौँ । हाम्रो सोचाइ साँघुरो छ ।’

कार्यक्रममा बाेल्दै मन्त्री शर्माले राज्यको पूर्वाधार विकास गर्ने व्यवस्थापन राम्रो नहुँदा पूर्वाधार निर्माणको काम समय सम्पन्न नहुने समस्या रहेको बताउनुभयो । 

पूर्वाधार विकासको आवश्यकतालाई भन्दा पनि परम्परागत सोचले पूर्वाधार विकास गर्न खोज्दा समस्या रहेको उहाँकाे भनाइ छ । 

185 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal