भौतिकमन्त्री दाहाल भन्छन्- म फेल भएको होइन, अलि बढी हौसिए

२०८१ फाल्गुन २३ गते, शुक्रबार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कार्यसम्पाद मुल्यांकनमा आफू फेल नभएको दाबी गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको कार्यसम्पादन मूल्याङ्कनमा ७ अंकमात्र पाएपछि चौतर्फ आलोचना भोगिरहेका मन्त्री दाहालले आफू फेल नभएको कमजोर नरहेको जिकिर गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको विभिन्न विषयमा जवाफ दिँदै उनले आफू अली बढी हौसिएको तर, कमजोर नभएको बताए । ‘पूर्व–पश्चिम, उत्तर दक्षिणका राजमार्ग बन्दै छ । जिम्मेवारी सम्हालेपछि सिद्धबाबा सुरुमागको ब्रेक थ्रु भएको छ, तीन सय बढी किमि कालोपत्रे भएको छ । हामी रेलको कुरा गरिरहेका छौं । सरकारले यस अवधिमा एक किलोमिटर रेलमार्गको लक्ष्य राखेको थियो । तर, तीन किमि लिग निर्माण भएको छ । तर, म अलिकति स्मार्ट लाईसेन्स वितरणमा कमजोर देखिए । मैले पुस मसान्तसम्म ९ लाख स्मार्ट लाइसेन्स वितरण गर्छु भनेको थिएँ । तर, हालसम्म १ लाख ६९ हजार भन्दा बढी लाइसेन्स वितरण गरेका छौं । यसमा म अलि हौसिएछु’ उनले भने ।

ग्वार्को फ्लाई ओभरमा पनि हौसिएको मन्त्री दाहालको भनाइ छ । “ग्वार्को फ्लाई ओभरमा अलिक हौसिएछ । ईपीसी मोडलमा बनाउन थालेका रहेछौँ । पुसमै सम्पन्न गर्ने भनिएकामा प्राविधिक कुरा आयो,” उनले भने ।
मन्त्री दाहालले राजमार्गहरूमा अपेक्षित सफलता हासिल गरिएको बताए । सिद्धबाबा सुरुङमार्ग ब्रेक थ्रू गरिएको, माघ १७ सम्ममा ३७ पुल बनाउने भनिएकामा ४१ बनाइएको भन्दै उनले थप प्रगति विवरण पनि सुनाए ।

136 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal