नारायणगढ–बुटवल सडक विस्तार : म्याद थपिएपछिको काम दशैँ लगतै

२०७९ भाद्र २५ गते, शनिबार

चार लेनमा विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडककाे काम आउँदाे दशैँ लगत्तै फेरि सुरु हुने भएको छ । आयोजनाको पहिलो ठेक्का सम्झौता अवधि सकिएपछि पुनः एक वर्ष म्याद थप गरिएको छ ।

तर म्याद थप भए पनि असोजपछि मात्रै निर्माण कम्पनीले काम गर्ने मनशाय बनाएको नारायणगढ–बुटवल सडक विस्तार आयोजना प्रमुख रमेशकुमार दिष्टीले बताउनुभयो । 

निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले अहिले आयोजनामा कामदार परिचालन गरेको छैन । आयोजना प्रमुख दिष्टीले भन्नुभयो, अहिले सामान्य राजमार्गमा भएका खाल्डाखुल्डी पुर्ने काम गरेको छ।

विस्तार आयोजनाको काम भने दशैँपछि पुनः सुरु गर्ने निर्माण कम्पनीको मनशाय देखिन्छ।’ यो बीचमा म्याद थपको प्रक्रियामा रहेको र अझै बर्खा पनि नसकिएकाले अब दशैँपछि काम सुरु हुने उहाँको भनाइ छ । 

४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी विसं २०७५ माघ २४ गते सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम थालिएको थियो । तर यस अवधिमा झन्डै १८ प्रतिशतमात्रै काम भएपछि  पुनः एक वर्षका लागि म्याद गरिएको हो ।

म्याद थप भएपछि कामले तीव्रता लिने आयोजना प्रमुख दिष्टीले बताउनुभयो । ‘यसअघि रुख काट्नुपर्ने प्रक्रिया, बिजुलीका पोल सार्ने विषयलगायतका कारण अलमल थियो, अब हाम्रो तर्फबाट सुल्झाउनुपर्ने विषय सबै सकिएको छ’ उहाँले भन्नुभयो, यस कारण अब निर्माण कम्पनीले तीव्ररूपमा काम गर्छ भन्ने विश्वास छ ।’ 

सडक विस्तारकाे काममा ढिलाइ भएपछि अहिले चाइना स्टेटको मुख्य कार्यालयबाट अध्ययनका लागि टोली आएको आयाेजना प्रमुख दिष्टीले बताउनुभयो ।

उहाँले भन्नुभयो, मुख्य कार्यालयबाट टोली अध्ययनका लागि आएको छ, काममा ढिलाइ हुनुमा के कारण  रहेछ भन्ने विश्लेषण गर्ने र कामलाई कसरी तीव्र गतिमा लैजाने भन्ने उनीहरूको लक्ष्य रहेको छ ।’

आयोजना प्रमुख दिष्टीका अनुसार पूर्वी खण्डमा पुल निर्माणको कामसमेत यसै वर्ष सकिने छ । पूर्वी खण्डमा १२ वटा ठूलो पुल निर्माण गर्नुपर्नेमा १० वटामा काम भइरहेको छ । १० वटा पुलको विभिन्न चरणमा काम चलिरहेको छ ।

बाँकी दुई वटा पुलको कामसमेत सुरु गरी यसै वर्ष सबै पुल निर्माण सम्पन्न हुने उहाँले बताउनुभयो । साविकका ठूलो पुल रहेको ठाउँमा एउटा नयाँ पुल थपिनेछन् । साविकका पुल यथावत् सञ्चालनमा रहनेछन् । 

साना पुलहरू २२ वटा निर्माण गर्नुपर्नेमा १५ वटाको काम सकिएर गाडीसमेत चल्न थालेकाे आयोजना प्रमुख दिष्टीले बताउनुभयो । साना पुलहरूमध्ये कुनै ठाउँमा एउटा र कुनै ठाउँमा दुइटै सञ्चालनमा रहेको उहाँले बताउनुभयो । 

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्व –पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डको एक सय १४ किलोमिटर सडक निर्माणको काम गरिरहेको छ । दुई लेनमा रहेको यस सडक खण्ड बजार क्षेत्रमा सर्भिस लेनसहित ६, दाउन्ने खण्डमा तीन र अन्य क्षेत्रमा चार लेनको हुनेछ । 

गैँडाकोटदेखि दाउन्नेसम्म पहिलो खण्ड ६५ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्म ४९ किलोमिटर गरी दुई खण्डमा विभाजन गरेर निर्माणको काम चलिरहेको छ ।

झन्डै १७ अर्ब रुपैयाँ लागत लाग्ने यो योजना लामो समयसम्म पनि निर्माण सम्पन्न नहुँदा यस खण्डमा यात्रा गर्ने यात्रु र चालकले सास्ती खेप्दै आएका छन् । खाल्डाखुल्डीले राजमार्ग जीर्ण बनेको छ । घाम लाग्दा धुलो र पानी पर्दा हिलोले यस खण्डको यात्रा सकसपूर्ण हुने गरेको छ । 

83 Views

ताजा

फेब्रुअरी २१ देखि अस्ट्रेलियामा ‘एक्टर’ टेक वनु रिलिज हुने

२०८१ माघ २८ गते, सोमबार

फेब्रुअरी २१ देखि अस्ट्रेलियामा ‘एक्टर’ टेक वनु रिलिज हुने

२०८१ माघ २८ गते, सोमबार

बालेनलाई प्रभु साहले लगाए गुण्डागर्दीको आरोप

२०८१ माघ २७ गते, आईतवार

मन्त्री बन्ने तरखरमा छैनौँः उपेन्द्र यादव

२०८१ माघ २७ गते, आईतवार

प्रधानमन्त्री, मन्त्री बनौँ भनेर राजनीतिमा आएका होइनौँः अध्यक्ष राउत

२०८१ माघ २७ गते, आईतवार

नेसपाको प्रथम महाधिवेशन सुरु, ठूला राजनीतिक दललाई बहिष्कार

२०८१ माघ २७ गते, आईतवार

ट्रम्पले राजकुमार ह्यारीलाई निर्वासन नगर्ने

२०८१ माघ २७ गते, आईतवार

जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’

२०८१ माघ २७ गते, आईतवार

इमेज सहकारीका अध्यक्ष नेपालीले फिर्ता गरे बचतकर्ताको एक करोड

२०८१ माघ २७ गते, आईतवार

उपेन्द्र पदको लागि नर्कै जान्छन्ः जसपा नेता श्रेष्ठ

२०८१ माघ २७ गते, आईतवार

अब रारामा पर्यटक प्रहरी

२०८१ माघ २७ गते, आईतवार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal