पूर्व राजालाई महोत्तरीबाट प्रमुख नेताको थ्रेट

२०८१ फाल्गुन २३ गते, शुक्रबार

काठमाडौं । ७५औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्व राजा ज्ञानेन्द्र शाहले जारी गरेको एउटा विज्ञप्तिपछि गर्माएको राजनीतिक माहोल अझै सेलाएको छैन् । गत फागुन ७ गते ७५औं प्रजातन्त्र दिवस मनाईरहँदा त्यसैको पूर्वसन्ध्यामा पूर्व राजा ज्ञानेन्द्रले एउटा विज्ञप्ति जारी गरेका थिए । सो विज्ञप्तिपछि गणतन्त्रवादीहरु झस्किएका छन् ।

पूर्व राजाले गणतन्त्रवादी नेताहरुका कारण देशको इतिहास मेटिँदै गएको र नेपालको अस्तित्व नासिँदै गएको भन्दै विज्ञप्ति जारी गरेर आफूलाई साथ दिन घुमाउरो ढंगबाट आह्वान गरेका थिए । ‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण, निष्ठा सदैव हुनेछ। राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ । हामीले पहिलेपनि राष्ट्रिय समस्या सुल्झियोस भनेर त्याग गरेका हौं । अब नेपालको उन्नतिको लागि हामीबाट अरु के को त्याग गर्नुपर्ने हो, हामी तयार छौं । अब समय आयो, राष्ट्र जोगाउन हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिको निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्दछौं’ उनले भनेका थिए ।
पूर्व राजाको उक्त अभिव्यक्तिपछि राजावादी र गणतन्त्रवादी स्पष्टरुपमा दुई कित्तामा विभाजित बनेका छन् । लामो समयदेखि राजतन्त्र पुर्नवहालीको अभियान सञ्चालन गर्दै आएको पूर्वपञ्चहरुको पार्टी राप्रपा हौसिएको छ भने गणतन्त्रवादी नेताहरु पूर्व राजालाई चुरीफुरी नगर्न चेतावनी दिँदै आइरहेका छन् । ज्ञानेन्द्रको सक्रियतालाई देखेर हौसिएको राप्रपा सडक र सदन दुवैबाट राजसंस्था पुर्नवहालीको एजेण्डा चर्काउनेतिर लाग्दा ठूला दलका शीर्ष नेताहरु भने एकसाथ प्रतिवादमा उत्रिएका छन् ।

बिहीबार महोत्तरी पुगेका प्रमुख तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका अध्यक्षत्रय केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले एकसाथ ज्ञानेन्द्रको सक्रियताको विरोध गरेका छन् ।
प्रधानमन्त्री ओली बिहीबार जिल्लाको गौशाला–१ स्थित नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज प्रालिको उद्घाटन समारोहमा सभापति देउवा पार्टी कार्यकर्ताबीच बर्दिबासमा र अध्यक्ष दाहाल सम्सीमा ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’को कार्यक्रममा सरिक भएका थिए । एकैदिन छुट्टाछुट्टै तीन कार्यक्रममा पुगेका तीन दलका शीर्ष नेताहरुले राजतन्त्र पुर्नबहालीको कुनै सम्भावना नभएको भन्दै ज्ञानेन्द्रलाई धेरै फुरफुर नगर्न चेतावनी दिएका हुन् ।

बिहीबार महोत्तरी पुगेका प्रचण्डले राजसंस्था फर्काउने दुस्साहस कुनै पनि हालतमा सफल नहुने बताए । उनले पूर्वराजा ज्ञानेन्द्रले पार्टी खोलेर चुनाव लड्दामात्रै पनि झन ठूलो मूल्य चुकाउनुपर्ने बताए । अब जनताले निरङ्कुश राजतन्त्रलाई नमान्ने चेतावनी दिएका छन् ।

‘इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस कुनै हालतमा सफल हुँदैन । त्यो मुर्खता हो । अहिले धेरै नेताहरुले भनेको मैले सुनिराखेको छु– पूर्वराजा नागरिक भइसकेका छन्, नागकिकको रुपमा पार्टी खोलेर चुनाव लडे हुन्छ । त्यो मुर्खता उनले गरे भने त्यसको मूल्य झन ठूलो चुकाउनुपर्ने अवस्था आउँछ । जनता मान्नेवाला छैनन् । त्यो कुरा बुझे हुन्छ,’ उनले भनेका थिए ।

यता सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति देउवाले पनि महोत्तरीमा नै पुगेर गणतन्त्रमा राजालाई कुनै पनि भूमिका दिन नसकिने प्रष्ट पारेका छन् । राजाकै कारण गएको राजसंस्था ज्ञानेन्द्रबाट पुर्नस्थापना हुन नसक्ने देउवाको भनार्य छ । ‘राजा स्वयं नै कारक भएर गणतन्त्र आयो, उनले भने, ‘राजाले सत्ता सम्हालेपछि नेताहरुलाई यातना दिने, थुन्ने, जेल हाल्ने अलोकतान्त्रिक हर्कत गरे । ज्यादती गरेपछि गणतन्त्र आयो । गणतन्त्र स्थापना हुनुमा राजा स्वयं कारण हुन्’ ।
पूर्व राजा ज्ञानेन्द्रको विज्ञप्तिपछि दिनहुँजसो राजावादीलाई चर्को कटाक्ष गर्दै आइरहेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पूर्वराजा लोकप्रिय छन् भने चुनाव लडेर मैदानमा आउनुपर्ने बताएका छन् । ‘अब हुँदाहुँदा हिजो की अस्तिको दिन हो । उहिले नेपाली जनताले फालेका राजतन्त्रलाई त्यो तन्त्र कताबाट उदिनेर, कहाँबाट उदिनेर ल्याउने हो रु ल्याएर कहाँ ल्याएर कुर्सीमा राख्छन् अरे । अनि मान्छे कुर्सीमा बस्दा राजा हुने भए त तपाईंहरू कुर्सीमा बस्नुभएको छ नि राजा हुनुभयो रु कुर्सीमा राख्दैमा होइन, संविधानको बाटो समाउनुस् । संविधानअनुसार आउनुस् । पूर्वराजा लोकप्रिय छन् भने चुनाव लड्नुस्’ महोत्तरी पुगेका ओलीले भनेका थिए ।

प्रधानमन्त्री ओलीले देशमा सामन्ती राजतन्त्र, जन्मिदै राजा हुने कोही, कोहीले जुनसुकै क्षमता भए पनि रैती भएर बस्नुपर्ने यस्तो प्रणाली कदापी मान्न नसकिने बताएका थिए ‘सोझा घलेहरूलाई कुद्दै जाँदा झाडीमा लुकेर अगाडि गएकालाई त्यसबेला को पुग्छ लिगलिग कोटमा उही राजा हुने थियो । यिनको संस्थाको जन्म नै सुरू भएको षड्यन्त्रबाट हो । झाँडीबाट । झाँडीमा लुकेर । त्यही सम्झिएको होला । झाँडीबाट कुदेर आएर फुत्त कुर्सीमा बस्ने भन्ने । त्यो जमाना गए । कसैले त्यो जमाना छ भन्ने नसोचे हुन्छ । संवैधानिक लोकतान्त्रिक बाटोबाट अघि बढ्नुस् । विधिको बाटोबाट अघि बढ्नुस् । बलमिच्याईं, अराजकता र झाडीको बाटोबाट कोही सिंहासनमा बस्छु भन्ने ठानेको छ भने नेपाली जनतालाई त्यो कुरा स्वीकार्य छैन’ ओलीले भनेका थिए ।

महोत्तरीबाट एकसाथ तीन दलका शीर्ष नेताले राजावादीमाथि कडा प्रहार गरेपनि राजसंस्थाको चर्को वकालत गर्दै आइरहेको राप्रपा र अन्य राजावादी समूह भने चुप लागेर बस्ने पक्षमा छैनन् । राप्रपाले प्रजातन्त्त दिवसपछि हालसम्म पोखरा, भैरहवा, धनगढी र काठमाडौं प्रदर्शन गरिसकेको छ । राप्रपाको पछिल्ला प्रदर्शनमा नागरिक स्तरमा पनि समर्थन बढेको देखिन्छ । दिन प्रतिदिन राप्रपाको अभियानमा समर्थन बढ्दै जाँदा गणतन्त्रवादी फेरि राजतन्त्र फर्किने माहोल बन्ने त होइन भन्ने त्रासमा देखिएका छन् ।

पूर्व राजा ज्ञानेन्द्रले पनि केही समयदेखि देशमा मात्र नभएर वाह्य शक्तिलाई पनि साथमा लिने प्रयास गरेका छन् । पटक(पटक गोप्य रुपमा भारत पुगेर राजनीतिक भेटघाट गरेका उनले भुटानको पनि राजकीय भ्रमण गरे । भूटान सरकारले त ज्ञानेन्द्रलाई राजाको हैसियत प्रदान गरेर सम्मान गर्यो । यी सबै घटनाक्रमबाट ढिलोचाँडो नेपालमा राजतन्त्र पुर्नवहालीको आन्दोलन चर्किनेमा ज्ञानेन्द्र ढुक्क देखिँदा गणतन्त्रवादी नेताहरु भने एकसाथ प्रतिवादमा उत्रिने अवस्थामा पुगेका छन् । सायद त्यसैले पनि हुनसक्छ नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले त ज्ञानेन्द्रलाई नियन्त्रणमा लिएर नजरबन्दमा राख्नुपर्ने अभिव्यक्तिसमेत दिइसकेका छन् ।

140 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal