‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

सबैले देख्ने सुन्दर संसार मैले पनि देख्न पाउ
सबैले बाँड्ने खुसीको लहर मैले पनि बाँड्न पाउ …

काठमाडौ । अहिले हाम्रो समाजमा दिनानुदिन वालवालिकाहरुमा अटिजम हुनेको संख्या बढिरहेको छ । अटिजम वालवालिकाको जन्मजात नै एउटा बिशिष्ट अवस्था हो र यो कुनै रोग होइन । सामान्यतः २ देखि ३ वर्षको अन्तरालमा नै वालवालिकालाई अटिजम भएको पहिचान हुन सक्छ खासगरी, अभिभावकलाई । जसमा वालवालिकाले अन्य सामान्य वालवालिका भन्दा फरक व्यवहार देखाउने गर्दछन् र यो कुरा बिशेषतः वावु आमालाई राम्रो संग थाहा हुन्छ । तर दुर्भाग्य हाम्रो समाजमा अभिभावक अर्थात वावु आमाले यसलाई लाज, हिनतावोध र सामाजिक अप्ठेरोपनले समयमै स्वीकार गर्न सक्दैनन् ।

समयमै आफ्नो वालवालिकाको यस्तो अवस्थालाई स्वीकार गर्दा उसको आफ्नो मौलिक क्षमता, विविधता र सीपलाई व्यवहारिक रुपमा वुझाउन र सिकाउन सकियो भने उनीहरुको दैनिक जीवनमा परिवर्तन ल्याउन सकिन्छ । यहि भावनाले तिमी संग आन्विका अभियानका अभियन्ता नरेश प्रधान र स्टुडियो साउण्ड मिल कि संस्थापक गायिका बुनु श्रेष्ठले विगत केहि वर्ष यता गीत संगीतको माध्यमबाट सचेतना फैलाउने काम गर्दै आएका छन् । स्वीकार का गीतकार नरेश प्रधान आफैं मस्तिष्क पक्षाघात बालिकाको अभिभावक समेत हुन् । । आफ्नो सन्तानमा देखिएको उक्त समस्यालाई नजिकबाट भोगेकाले उनले यस क्षेत्रमा विभिन्न तरिकाले कार्य गर्दै आएका छन् । समाजमा जनचेतना फैलाउन यस्तो विषयमा गीत तथा लेखरचनाहरु लेखेर विभिन्न माध्यमहरुमा प्रकाशन र प्रशारण गर्दै आएका छन् ।

अटिजम प्रभावितहरुको अवस्थालाई समयमै स्वीकार गरी राम्रो सामाजिक वातावरण दिनुको साथै उनीहरुमा अन्तरनिहित प्रतिभालाई चिन्दै उनीहरुको विकासमा टेवा पुरयाउने हेतु विश्व अटिजम सचेतना दिवस, २०२४ को अवसरमा स्वीकार सन्देशमुलक म्युजिक भिडियो स्टुडियो साउण्ड मिल, काठमाण्डौ र अवानी फाउण्डेशन, काठमाण्डौको संयुक्त आयोजनामा काठमाण्डौ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यता तथा बरिष्ठ कलाकार श्री मदन कृष्ण श्रेष्ठको सभापतित्वमा विमोचित भएको छ भने अवानी फाउण्डेशन कि संस्थापक अध्यक्ष प्रज्ञा श्रेष्ठ प्रधान तथा मनोविज्ञान कि विद्यार्थी अदिति पौडेलको उपस्थितिमा इमेज एफ।एम। ९७.९ को प्रस्तुति मेची देखि महाकाली सम्ममा उक्त गीतको अडियोको विशेष चर्चा सहित सार्वजानिक गरिएको छ ।

बरिष्ठ समालोचक, निर्देशक, लेखक एवं सञ्चारकर्मी प्रकाश सायमीको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अवानी फाण्डेशन कि संस्थापक अध्यक्ष प्रज्ञा श्रेष्ठ प्रधान, समाजसेवी दिनेश खनाल, राष्ट्रिय अपांग महासंघ कि सचिव सृजना के।सी। लगायतले आफ्नो मन्तव्य राखेका थिए । प्रमुख अतिथि सुनिता डंगोलले काठमाडौ महानगरपालिकाको कार्ययोजनामा अटिजम पनि परेकोले के कसरी अटिजमको क्षेत्रमा काम गर्न सकिन्छ सल्लाह, सुझाव दिन पनि आयोजकलाई आग्रह गरिन् । उनले आगामी वर्ष अझ प्रभावकारी रुपमा यो विषयलाई महानगरको योजना भित्र राख्ने प्रतिवद्धता व्यक्त गरिन् ।

नेपालमा जन्मेदेखि चार वर्ष उमेर समूहका बालबालिकामा २१।९ प्रतिशतमा अटिजमको उच्च जोखिम रहेको तथ्याङ्क छ । विश्वभरि नै अटिजम बालबालिकाको जन्मदर बढ्दो छ । विश्व तथ्याङ्क आकलन गर्दा नेपालमा पनि अटिजम बालबालिका तीन लाखभन्दा बढी भएको अनुमान लगाउन सकिन्छ । यता छिमेकी मुलुक भारतमा अटिजम हुनेको सङ्ख्या आठ करोड रहेको अनुमान छ । अटिजम स्पेक्ट्रम डिसअर्डर ९एएसडी० बारे अनुसन्धान र समर्थन गर्न, देशलाई प्रोत्साहित गर्न अप्रिल २ लाई विश्व अटिजम सचेतना दिवस मनाउन सुरु गरियो । यस वर्षको नारा ‘स्वीकारोक्ति र सशक्तताका साथ अब बाँच्ने मात्र हैन, प्रतिस्पर्धामा नै उत्रने’ भन्ने छ ।

नेपालमा कति जनामा अटिजम छ भन्नेबारे विस्तृत अध्ययन नै भएको छैन । नेपालको जनगणना–२०७८ अनुसार छ लाख ४७ हजार ७४४ जना अर्थात् कुल जनसङ्ख्याको २।२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता छ । जसमा अटिजम तथा बौद्धिक अपाङ्गताको जनसङ्ख्या ६२ हजार ३७२ छ । विश्व स्वास्थ्य संगठनको सन् २०२३ को तथ्याकं अनुसार विश्वमा हरेक १०० जनामा १ जनामा अटिजमको समस्या हुने गरेको छ ।

उक्त सन्देशमुलक गीत स्वीकार मा पावका शर्माको गीत कन्सेप्ट, हरि लम्सालको संगीत तथा संयोजन, पुष्पन प्रधानको स्वर रहनुको साथै मिक्सिङ मास्टरिङ महेश्वरमान राजभण्डारीले गरेका छन् । उक्त म्युजिक भिडियोमा वाल कलाकार शुभम वर्तौला, ख्याती प्राप्त कलाकारहरु खगेन्द्र लामिछाने र मेनुका प्रधानले अभिनय गर्नुको साथै छायांकन अंशु वस्नेतको छ भने म्युजिक भिडियोको निर्देशन लोकेश वज्राचार्यले गरेका छन् ।

यस गीतले सामाजिक सचेतनामा परिवर्तन ल्याउन ठोस टेवा पुग्नेछ भन्ने विश्वासका साथ यो गीत ल्याइएको यस गीतको परियोजना संयोजक तथा चर्चित गायिका बुनु श्रेष्ठले बताएकी छिन् ।

180 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

२०८३ श्रावण १८ गते, सोमबार

गीति एल्बम ‘जागृति’ लोकार्पण

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal