दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

डा. भरत लामिछाने
पूँजीवादको गर्भमा समाजवाद हुन्छ भन्ने कुरा अघिल्लो लेखमा नै उल्लेख गरिएको छ । वास्तविक अर्थमा पूँजीवाद जहिले पनि मध्य रेखामा उभिएको हुन्छ । यसले खेल्ने भूमिका सदाकाल मध्यस्थताको नै रहने गर्दछ । तर यसलाई प्रयोग गर्ने राज्य सरकार वा शक्तिले यसलाई कता पु¥याउने भूमिका खेल्छ भन्ने विषयले ठेगान हुनेछ । यसलाई समाजवादी बाटोमा डो¥याउने वा दलाल पूँजीवादी बाटोमा पु¥याउने अर्थात् श्रम र श्रमिकको हित अनुकूल कार्य गर्ने वा नाफामूलक अर्थ राजनीतिक दिशातर्फ लैजाने भन्ने कुरा तात्कालिन अवस्थाको राज्य सरकारको चरित्रले नै निर्धारण गर्दछ । दलाल पूँजीवादले खेल्ने भूमिका सदाकालिन नाफामूलक अर्थ राजनीतिमा केन्द्रित हुने गर्दछ । यतिबेला हाम्रो मुलुकको राज्य सरकारमा पनि दलाल पूँजीवादले हस्तक्षेपकारी भूमिका खेल्दै आएको छ । त्यसलाई चिर्न वा निस्तेज पार्न परिवर्तन पश्चात बनेका सरकारले सकेका छैनन् । वरु त्यसैसँग गला जोड्दै आएको अवस्था छ । यतिबेला यस मुलुकका न्यायप्रेमी जनसमुदायको प्रमुख शत्रु नै दलाल पूँजीवाद भएर आएको छ । त्यसैले यसले हाम्रो मुलुकलाई समाजवादी दिशातिर जान अवरोध सिर्जना गर्दछ र गर्दै आएको छ । दलाल पूँजीवादले सिधा रुपमा नाफाको अर्थ राजनीति गर्दछ र यसको वरिपरि सोही चरित्र बोकेका एजेण्टहरु रहेका हुन्छन् । तर ती यसले नियुक्त गरेका एजेन्टहरु वर्गीय रुपले मध्यम वर्गका हुन्छन् । मध्यम वर्गको भ्रुण पनि पूँजीवादकै गर्भबाट हुर्किदै आएको हुन्छ । तर त्यो वर्ग समाजमा सानो हिस्सामा मात्र हुन्छ । किनकी त्यो वर्ग आफैं सम्पन्न वर्गतिर उक्लने कोशिष गरिरहेको हुन्छ । तर थोरै मात्र सफल भई अभिजात्य वर्गमा पुग्ने गर्दछन् । धेरै ठूलो हिस्सा विपन्न वर्गतिर नै झरिरहेको हुन्छ । कारण माध्यम वर्गका थोरै मानिसहरूले मात्र चाकडी, चाप्लुसी, चतु¥याई ,धुत्र्याई, तिकडम, जालझेल र दुई नम्बरी काम गरेको धन दौलतको साहराले सत्ता र शक्ति निकट पुग्न सफल हुन्छन् । यही वर्गभित्र पनि त्यस्तो चरित्र बोकेको शक्ति र व्यक्ति पूँजीवादी राज्यसत्ता संचालनको निकट पुगी राज्य संचालकको माध्यमको भूमिकामा सदा सर्वदा रही रहन्छन् । राज्य सरकार संचालनको लोकतान्त्रिक विधि भनिने निर्वाचनमा पनि यो वर्ग सधैं सक्रिय रहन्छ ।

निर्वाचनलाई आफ्नो पकडमा ल्याउन वा आफु नै निर्वाचित हुन लोकतन्त्र र विकास निर्माणका अनेकौं भ्रमहरु छर्दै, आम जनजीवनलाई माथि उठाउने नारा अगाडि सार्न पनि यो शक्ति पछि पर्दैन । यसो हुनका लागि पनि यी दुबै वर्गको आ–आफ्नो स्वार्थ मिलेको हुन्छ नै । पूँजीवादी शक्तिको चरित्रका लागि मध्यम वर्गका यसप्रकारका चरित्र भएका व्यक्तिहरुलाई प्रयोग गर्न गराउन सहज हुने र मध्यम वर्गका यो चरित्र बोकेका शक्ति र व्यक्तिलाई पनि आफ्नो अस्तित्व जोगाउन यही शक्तिको सहारा लिनुपर्ने बाध्यता रहन गएको हुन्छ । त्यसैले यतिबेलाको दुनियाँ कुनै पनि अग्रगामी दर्शनको राजनीति, धर्म, सम्प्रदाय, ज्ञान, सीप, कला कौशल विधि र पद्धतिमा चल्ने भन्दा पनि नाफामा चल्ने गरेको देखिन्छ ।
जुनसुकै युद्ध, शान्ति, राज्य, शासन, सेना तथा देखावटी जनसेवा सम्पूर्ण नाफा र पूँजीपति वर्गका हितका खातिर चल्दै आएका छन् । अतएव यतिबेला संसारभरका राजकीय नियम, कानून, साम्राज्यवाद एवम् पूँजीवादको हितमा केन्द्रीत भएका छन् । परिणामत् भ्रष्टाचार बढ्दो रुपमा खुलमखुल्ला अगाडि बढिरहेको छ । जनपक्षीय हित र,हक का एजेण्डाहरु अनावश्यक ठानी तीनलाई बेवास्ता गरिएको छ । ती सबै छायाँमा परेका छन् ।

भ्रष्टाचारको उत्पत्ति र भ्रष्टाचारजन्य क्रियाकलापः
भ्रष्टाचार गर्नु आफैंमा अपराधिक क्रियाकलाप हो । भ्रष्टाचारजन्य क्रियाकलापको अन्त्य नहुँदासम्म समाज अग्रगामी दिशामा अगाडि बढ्न सक्दैन । समाजवाद पनि नारामा मात्र सीमित हुन पुग्दछ । समाज विकासको चरणमा आदिम साम्यवादी युगमा भ्रष्टाचारजन्य गतिविधि गर्ने आत्मगत र वस्तुगत अवस्था थिएन । दासयुगमा आइपुग्दा श्रम शोषणका माध्यमबाट घुमाउरो ढंगले भ्रष्टाचारजन्य गतिविधिहरु हुन थाले । भ्रष्टाचारको भ्रुण दाश युगको गर्भमा बस्यो । सामन्तकालिन युगमा जमिन माथिको स्वामित्वको आधिपत्य शुरु भयो । दास युगको गर्भमा बसेको त्यही बेलादेखिको भ्रष्टाचारको भ्रुण सामन्तवादीकालमा विकास भयो र भ्रष्टाचार रुपी “दानवको “जन्म हुन पुग्यो । सामन्तकालिन युगमा जमिन माथिको स्वामित्वको आधिपत्य भित्र शोषण, दमन, जालझेल लगायतका क्रियाकलापहरु मौलाउन थाले । वास्तवमा निजी सम्पत्तिको उत्पत्तिसँगै भ्रष्टाचारको उत्पत्ति हुन थाल्यो । विस्तारै ती क्रियाकलापहरुको रुपहरु परिवर्तन हुँदै गए । तैपनि त्यसबखत खुलम खुल्ला रुपमा त्यस्ता गतिविधिहरु गर्न सामन्तहरु आँट गर्दैनथे । तिनीहरुले पनि तल्लो वर्ग माथि केही मात्रामा लगानी गरेर मात्र श्रमको शोषण तथा दमन गर्दथे । तर यतिबेला त विना लगानी खुलम खुल्ला भ्रष्टाचारजन्य गतिविधिहरु भएका छन् । निरंकुश पञ्चायतकालिन समयसम्म पनि कर्मचारीहरुले घुस लेनदेन गर्न टेबलमुनिको सहारा लिन्थे । राजनीतिमा संलग्न नेता तथा कार्यकर्ताहरु भ्रष्टाचारजन्य गतिविधिमा संलग्न हुन डराउँथे । त्यसबखत सरकारले थोरै मूल्य बृद्धि ग¥यो भने पनि विरोधका आवाज जनमानसबाट उठेको खण्डमा सरकारले बाध्य भएर मूल्य वृद्धि फिर्ता लिने गर्दथ्यो वा घटाउन बाध्य हुन्थ्यो । सरकारमा रहेका कुनै पनि मन्त्रीले भ्रष्टाचारजन्य क्रियाकलाप गरेको पुष्टि हुन आएमा त्यो सरकारका मन्त्री वा सरकार नै फेरबदल हुने स्थितिमा पुग्दथ्यो । जनमत संग्रह २०३६÷३७ पछाडि सूर्यबहादुर थापाको प्रधानमन्त्रीत्व कालमा भ्रष्टाचार गरेको आरोपमा तत्कालिन राष्ट्रिय पञ्चायत (संसद) नै अवरुद्ध हुन पुगेको थियो । पछि त्यो आरोप लगाउने पात्र मध्येका प्रकाशचन्द्र लोहनीको अर्थमन्त्रीकालमा भ्रष्टाचारको आरोप उनैलाई फर्किएको थियो । पञ्चायतकालको अन्त्य समयतिर यी र यस्ता थुप्रै भ्रष्टाचारजन्य घटनाहरु गाँजिएका थिए । राजदरबारबाट राजाका भाइहरु नै पुरातात्विक मूर्तिहरु ओसार पसार गर्ने गर्दथे । शरदचन्द्र शाह, पम्फादेवीको नामबाट थुप्रै अनैतिक कार्यहरु भएका थिए । यी र यस्ता भ्रष्टाचारजन्य गतिविधिहरु माथिबाट नै हुने गरेकोले त्यसको आक्रोश जनबलमा आइपुग्दा ब्यवस्था नै परिवर्तन भएको कुरा हामी सामु छर्लङ्ग छ । पञ्चायती व्यवस्था ढल्यो । बहुदलीय व्यवस्था आयो ।अब त भ्रष्टाचारजन्य गतिविधि हुने छैनन् भन्नेमा न्यायप्रेमी जनसमुदाय ढुक्क थिए । तर सन्त प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको अन्तरिमकालिन मन्त्रीमण्डलका सदस्यहरु पनि भ्रष्टाचारमा चुर्लुम्म डुब्न पुगे । लाउडा र धमिजाकाण्डले उग्र रुप लियो । गिरिजाकालदेखि देउवाकाल पनि भ्रष्टाचारजन्य गतिविधिहरुबाट अछुतो रहन सकेन । काँग्रेसको नेतृत्व तहमा पुगेका रामशरण महत अर्थमन्त्री भएका बखत साम्राज्यवादीको इशारामा एकाधिकारवादी पूँजीवाद लागु गरि देशका उद्योग धन्दाहरु, विराटनगर जुट मिल, हेटौंडा कपडा कारखाना, गोरखकाली टायर,बाँसबारी छाला उद्योग, हिमाल सिमेन्ट कारखानालगायत उद्योग धन्दाहरु बन्द गराए । यो भ्रष्टाचारको नांगो रुप हो । खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी, जयप्रकाश प्रसाद, आनन्द लगायतका व्यक्तिहरुले भ्रष्टाचारको मुद्दामा जेल जीवन समेत बिताए । ज्ञानेन्द्रकालमा कमल थापा लगायतका व्यक्तिहरु पनि आरोपबाट अछुतो रहेनन् । एमाले कालमा त झन् नीतिगत भ्रष्टाचार नै मौलायो । कोभिडकालमा यतिगुर्प,मार्फत भएको भ्रष्टाचार, ओम्नी, ललिता निवास, भुटानी शरणार्थी, गिरीबन्धु टिस्टेट, कर फर्छ्यौट आयोग ,एनसेल प्रकरण विभिन्न समयमा भएका सुन तस्करी आदि प्रकरणहरु हेर्दा भ्रष्टाचारजन्य क्रियाकलापहरु खुलम खुल्ला रुपमा अगाडि आए ।

यसरी हेर्दा पञ्चायतकालीन समयभन्दा बहुदलकालदेखि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक कालमा भ्रष्टाचारजन्य गतिविधि खुलमखुल्ला रुपमा अघि बढेको अध्ययनले बताउँछ । त्यसो हुनुको मूल कारणमा नीतिगत भ्रष्टाचार नै प्रमुख कारण बनेर आएको देखिन्छ । यस्तो प्रकारको भ्रष्टाचारको घेरामा हाम्रो देश पर्दैछ भन्ने भविष्यवाणी नेपाली कम्युनिष्ट आन्दोलन एवं लोकतान्त्रिक आन्दोलनका वरिष्ठ नेता क. निर्मल लामाले गर्नु भएको थियो । आफ्नो जीवनको अन्तिम घडीमा जनमोर्चा नेपालको विशेष पहल र प्रयत्नमा पद्मरत्न तुलाधर र मोहन दुवाल समेतको नेतृत्वमा नागरिक समाजद्वारा आयोजित राष्ट्रिय सभा गृह काठमाडौंमा बि.सं.२०५७ बैशाख ८ गते गरिएको जनअभिनन्दनमा उहाँले “नेपालमा नीतिगत भ्रष्टाचार बढ्दै गएको छ, यसले अबका दिनमा विकराल रुप लिनेछ” भन्ने अभिव्यक्ति दिनु भएको थियो । ऊँहाले त्यतिबेला दिनु भएको अभिव्यक्ति त्यसपछिका दिनमा सिद्ध हुँदै आएको अवस्था छ । धन्य छ दुरदर्शी आदरणीय नेता !सबैलाई चेतना भया ! (साभारः समय दृष्टि साप्ताहिक)

169 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक

२०८३ जेष्ठ १३ गते, बुधबार

बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक

२०८३ जेष्ठ १३ गते, बुधबार

पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

२०८३ जेष्ठ १३ गते, बुधबार

‘चौंरीको गोठ’ मा सुरेश र रश्मीको रोमान्स

२०८३ जेष्ठ १३ गते, बुधबार

भगवती शाही स्मृती स्तम्भ उद्घाटन

२०८३ जेष्ठ १३ गते, बुधबार

तेस्रो पटक सगरमाथा चढेका लायन् सेन्साई पेमा वाइबाले लायन्सको लोगो अङ्कित झण्डा सर्बोच्च शिखर सगरमाथामा दोस्रो चोटी फहराउन सफल

२०८३ जेष्ठ १३ गते, बुधबार

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना

२०८३ जेष्ठ १० गते, आईतवार

शिवसताक्षी नगरपालिकाले ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने

२०८३ जेष्ठ १० गते, आईतवार

वैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष तालिम सञ्चालन गर्दै गौरादह नगरपालिका

२०८३ जेष्ठ १० गते, आईतवार

१५ गते राजधानीमा थारु संस्कृतिको ‘घोंघी सांस्कृतिक साँझ २०८३’

२०८३ जेष्ठ १० गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal