बालेन र कुलमान बिच ल,फडा, यस्ताे छ कारण

२०७९ भाद्र २२ गते, बुधबार

काठमाडौं महानगरपालिका र विद्युत् प्राधिकरणबीच बक्यौता रकम तिर्ने विषयमा असमझदारी उत्पन्न भएको छ ।

महानगरपालिकाले सम्पत्ति कर बुझाउन भन्दै प्राधिकरणलाई आग्रह गरेपछि प्राधिकरणले पनि महानगरको अर्बौं रकम बक्यौता रहेको दाबी गरेको छ ।

महानगरपालिकाको राजश्व विभागका प्रमुख शिवराज अधिकारीका अनुसार प्राधिकरणले सम्पत्ति करबाट मात्रै १४ करोड रुपैयाँ तिर्नुपर्ने हिसाब देखिएको छ । उनले भने, हामीले निकालेको मोटामोटी हिसाबमा प्राधिकरणले सम्पत्ति करबाट १४ करोड रुपैयाँ तिर्नुपर्ने देखिएको छ । प्राधिकरणले सम्पत्ति विवरण हामीलाई बुझाएको छैन । यो रकम अझै बढ्न सक्छ । ’

महानगरपालिकाले सम्पत्ति कर १४ करोड रुपैयाँ तिर्नुपर्ने मौखिक हिसाब निकालेपछि प्राधिकरणले महानगरको पनि २ अर्ब रुपैयाँ विद्युत् बक्यौता रहेको दाबी गरेको छ । प्राधिकरणका अर्थ निर्देशनालय प्रमुख लोकहरी लुईंटेलले काठमाडौं महानगरको नाममा २ अर्ब रुपैयाँ बक्यतौ देखिएको बताए । उक्त रकम महानगर क्षेत्रमा राखिएको सडक बत्तीको भएको लुईंटेलको दाबी छ ।

महानगरले ०७३/०७४ सालदेखि सडक बत्तीको बिल भुक्तानी नगरेको उनले बताए । त्यसअघि नेपाल सरकारले सबै स्थानीय तहको विद्युत् बक्यौता तिरिदिएको लुईंटेलले बताए । हाल देशभरका स्थानीय तहको विद्युत् बक्यौता ५ अर्ब रुपैयाँ रहेको लुईंटेलले जनाए ।

प्राधिकरणले विद्युत् महसुल बाकी रहेको बताए पनि काठमाडौं महानगरपालिकाले भने इन्कार गरेको छ । महानगरपालिकाले हचुवाको भरमा प्राधिकरणले चुहावटलगायत अन्य हिसाब महानगरको नाममा बक्यौता राखिदिएको दाबी गरेको छ ।

महानगरका राजस्व विभाग प्रमुख अधिकारीले भने,हामीले तिर्नुपर्ने धेरै हिसाब नै छैन । प्राधिकरणले अन्य ठाउको चुहावट र उसको हिसाब मिलाउनका लागि सबै रकम काठमाडौं महानगरको नाममा बाक्यौता राखिदिन्छ ।’

प्राधिकरणका अर्थ निर्देशनालय प्रमुख लुईंटेलले भने महानगरले बुझाएको विवरणमै आधार भएर हिसाब निकालिको बताए । उनले राति कतिबजेदेखि विद्युत् बत्ती बल्ने,निभ्ने सम्पूर्ण तथ्यांक प्राधिकरणसँग भएको र त्यसैको आधारमा हिसाब निकालिएको दाबी गरे ।

महानगरपालिकाका सहप्रवक्ता महेशकुमार काफ्लेले प्राधिकरणलाई पटकपटक मिटर जडान आग्रह गर्दा पनि नगरेको र प्रमाणसहितको हिसाब लिएर आए महानगर तिर्न तयार रहेको जनाए । ‘प्राधिकरणले न त राम्रोसँग मिटर जडान गरिदिएको छ ।

कति ठाउँमा बत्ती बल्छ , कसको बत्ती कुन निकायको बत्ती सबै महानगरको नाममा भन्ने हुँदैन’ काफ्लेले भने,प्रमाण बिनाको हिसाबमा रकम भुक्तानी गर्दा महानगरको लेखा परीक्षण हिसाब मिल्दैन । चुहावट भएको विद्युतको महसुल पनि प्राधिकरणले हिसाब मिलाउन महानगरलाई बक्यौता तिर्न भन्छ ।’

सहप्रवक्ता काफ्लेले महानगरले मिटर जडान गरेको ठाउको विद्युत् महसुल तिर्ने बताए । यसअघिको बैठकमा प्राधिकरणले मिटर जडान गर्ने प्रतिबद्धता गरे पनि त्यो कार्यान्वयन नभएको उनले बताए ।

काफ्लेले महानगरले जडान गरेको सडक बत्ती नभएर निजीस्तरबाट जडान गरिएका बत्तीहरू रहेको दाबी गरे । उनले प्राधिकरण र महानगर गरेर दुवै पक्षका सम्बन्धित अधिकारी बसेर मात्रै हिसाबबारे थाहा हुने बताए ।

काठमाडौंका सबै वडामा सडक बत्ती जडान छन् । कतिपय स्थानमा सोलारबाट छन् भने कतिपय स्थानमा विद्युतबाट चल्ने बत्ती जडित छन् । निजी क्षेत्र, सार्वजनिक संस्था तथा निकायले राखेको बत्तीको महसुल पनि प्राधिकरणले महानगरको नाममा राखिदिने गरेको राजस्य विभाग प्रमुख अधिकारीले दाबी गरे ।

86 Views

ताजा

पक्राउ परेको ४ घण्टामै रेशम चौधरी रिहा

२०८२ बैशाख १७ गते, बुधबार

पक्राउ परेको ४ घण्टामै रेशम चौधरी रिहा

२०८२ बैशाख १७ गते, बुधबार

नाउपाका संस्थापक तथा संरक्षणक रेशम चौधरी पक्राउ, एकता घोषणा सभा स्थगित

२०८२ बैशाख १७ गते, बुधबार

राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग

२०८२ बैशाख १६ गते, मंगलवार

शिक्षक आन्दोलन आज पनि जारी रहने

२०८२ बैशाख १६ गते, मंगलवार

लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

२०८२ बैशाख १६ गते, मंगलवार

सुरु भयो जानकी जन्मोत्सव

२०८२ बैशाख १६ गते, मंगलवार

वैशाख ३१ सम्म दाउन्नेमा राति सवारी चलाउन रोक

२०८२ बैशाख १६ गते, मंगलवार

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने

२०८२ बैशाख १५ गते, सोमबार

सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल

२०८२ बैशाख १५ गते, सोमबार

झडपमा परी ६३ जना शिक्षकहरू घाइते

२०८२ बैशाख १४ गते, आईतवार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal