चुनावलक्षित ‘जनताको साथमा कांग्रेस’ अभियान आजदेखि

२०७९ भाद्र १० गते, शुक्रबार

काठमाडौं । नेपाली काँग्रेसले आजदेखि ‘जनताको साथमा काँग्रेस’ अभियान शुरु गर्दैछ । यसअघि गर्ने भनिएको काँग्रेसको चुनावी अभियान सरेर आजबाट शुरु हुन लागेको हो । आजबाट शुरु हुने यो अभियान आगामी भदौ २४ गतेसम्म पहिलो चरणमा सञ्चालन हुने कांग्रेसले जनाएकोछ ।


यसैगरी दोश्रो चरणको अभियान समानुपातिक उम्मेदवारी दर्ता पछि र तेस्रो चरणको अभियान प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेपछि शुरु हुने कांग्रेसले जनाएको छ । आक्रामक रुपमा शुरु हुने चुनावी अभियानका लागि भनी देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएकोे छ जिल्लामा खटिएका प्रतिनिधिले जिल्लामा गएर जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र स्थानीय प्रतिनिधिहरुको बैठक बोलाई जिल्लाको बस्तुस्थितिको बारेमा जानकारी लिनेछन् ।


हरेक स्थानीय तह, हरेक वडा र हरेक टोलमा काँग्रेसले चुनावी अभियान सञ्चालन गर्नेछ । टोलभित्र रहेका काँग्रेस सदस्यहरुको विवरण, मतदाताको विवरण र जनताको समस्या सुन्ने तथा सम्वाद गर्ने जिम्मा जिल्लामा खटिने प्रतिनिधिहरुले गर्नेछन् । अभियानमा भातृ र शुभेच्छुक संस्थाको पनि भूमिका रहने काँग्रेस स्रोतले जानकारी गराएको छ ।
आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी काँग्रेसले अभियान सञ्चालन गर्न लागेको अवस्थामा कांग्रेस भित्र गुटबन्दी हटाई आन्तरिक एकता कायम गर्नु पर्नेमा नेताहरुले जोड दिएका छन् । काँग्रेसले धेरै सिट लिने भन्दा परिणाम धेरै लिनेमा जोड दिएको छ । २०७४ को चुनावमा एक सय ६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको काँग्रेस प्रत्यक्षमा २३ र समानुपातिकमा ४० सिटमा खुम्चिनु परेपछि गठबन्धन गरी बढी सिट जित्न लागिपरेको छ ।


गठबन्धनका कारण नेताहरुको व्यवस्थापन गर्न सकस भए पनि दलका लागि मै खाउँ, मै लाऔं भन्ने प्रवृत्ति र अन्तरघात गर्ने पुरानो संस्कार छाडी सबैले त्याग गर्नु पर्ने कांग्रेसका शुभचिन्तकहरुले बताएका छन् । काँग्रेसलाई सिट बाँडफाँटमा पेल्ने बेला यही हो भनेर गठबन्धनका सहयात्री दलहरुले निचोर्न खोजे परिणाम भयावह हुन सक्ने काँग्रेसका महामन्त्री गगनकुमार थापाले बताइसकेका छन् । काँग्रेसको संगठन र कार्यकर्ताको मनोविज्ञान बुझेर जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरुले गठबन्धन किन र केका लागि भनेर जनतालाई स्पष्ट रुपमा बुझाउनु जरुरी रहेको जानकारहरुले बताएका छन् ।

196 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal