एक्सनमा उत्रदै बालेन

२०७९ भाद्र १० गते, शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह (बालेन) अहिले एक्सनमा उत्रिएका छन् । अनधिकृत रुपमा गरिएका निर्माणहरुलाई भत्काउने कार्यमा लागि परेका छन् । अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने अभियानमा उनी स्वयम् पनि उपस्थित भएर लागि परेका हुन् । यस क्रममा महानगरले सुन्धारास्थित काठमाडौं मलमा बनेका अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ । यसैगरी खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडिका संरचना पनि भत्काइएको छ । उनले हिजै नयाँ बानेश्वरमा नयाँ बानेश्वरस्थित शङ्खमूल बर्गर हाउस र अल्फा हाउसको अण्डरग्राउन्ड तत्काल खाली गर्न निर्देशन दिएका थिए।


यस्तै, रञ्जनागल्लीको कोजी कम्प्लेक्स र न्यूरोडको केषा प्लाजालाई पुनः मिति दिएर महानगरको टोली फर्किएको बताइएको छ । यसअघि काठमाडौंको बानेश्वर क्षेत्रमा समेत प्रमुख साह आफैं उपस्थित भएर भूमिगत क्षेत्रमा बनाइएका संरचना भत्काउने भन्ने जानकारी दिएका थिए । नक्सा पारित गर्दा भूमिगत क्षेत्रमा सवारी साधन राख्ने ठाउँ बनाउने भनिएकोमा ती ठाउँहरुमा समेत विभिन्न किसिमका संरचनाहरु बनाइएकाले महानगरपालिकाले त्यस्ता संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । यसैगरी ती स्थानहरुलाई खुला राखी सवारी साधनहरुलाई राख्नका लागि प्रयोग गरिएमा काठमाडौं उपत्यकामा गाडी राख्ने ठाउँको अभाव घट्ने बुझाइमा महानगर रहेको बताइएको छ । ती स्थानहरुमा गाडीलाई तोकिएको शुल्क लिएर घरवालाहरुले राख्ने व्यवस्था मिलाउने अपेक्षा महानगरले गरेको छ ।


त्यसरी भत्काउने तथा हटाउने कार्यका लागि प्रमुख साह पुग्दा त्यहाँ व्यवसाय संचालन गर्दै आएका व्यक्तिहरुले दशैंको मुखमा खाली नगराउन अनुरोध गरेका थिए । उनीहरुले आफूहरुको वर्ष दिनभरिको कमाइ नै दशैंको समयमा हुने जानकारी गराउँदै दशैंपछि मात्र हटाउने व्यवस्था मिलाउन अनुरोध गरेका थिए । उता, उनीहरुले समस्या देखाउँदा पनि प्रमुख साहले भने त्यसरी अर्को संरचना बनाउने कार्य सम्बन्धित घरवालाले जानी जानी गरेको अवस्थामा अब थप समय दिन नसकिने बताएका थिए ।

241 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal