एसईई नतिजा भाेलि सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा

२०७९ श्रावण १० गते, मंगलवार

२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ ।

परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा भोलि सार्वजनिक गर्ने तयारी छ । यसपटकको एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ  न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ ।

नतिजा सार्वजनिक भएको एक/दुई हप्तामा विद्यार्थीका हातमा लब्धाङ्कपत्र अर्थात मार्कसिट पुग्नेछ । यसअघि सैद्धान्तिक र  प्रयोगात्मक  दुवै तर्फको प्राप्ताङ्कलाई एकीकृत गरी अन्तिम नतिजा प्रकाशन गरिन्थ्यो । एसईई  नतिजालाई परीक्षार्थीको  प्राप्ताङ्कअनुसार आठवटा  ग्रेड  निर्धारण गरिनेछ  ।

परीक्षार्थीको प्राप्ताङ्क अनुसार ९०  भन्दा  माथि  ल्याउनेलाई  ‘ए’ प्लस  ग्रेड  मानिने छ, जसलाई  जीपीए ४  दिइनेछ  । ८० देखि ९० अङ्कसम्मकालाई  ‘ए’ ग्रेड  मानिनेछ, जसलाई जीपीए ३ दशमलव ६ दिइनेछ ।

त्यस्तै ७०  देखि  ८० अङ्कसम्मलाई  ‘बी’ प्लस  ग्रेड मानिने छ, जसलाई जीपीए ३ दशमलव २ दिइनेछ । ६० देखि ७० अङ्कसम्मलाई  ‘बी’  ग्रेड  मानिनेछ  र  त्यसलाई जीपीए २ दशमलव ८ दिइनेछ ।

५०  देखि  ६० अङ्कसम्मकालाई  ‘सी’  प्लस  ग्रेड  दिइन्छ र  जीपीए  २ दशमलव ४  मानिनेछ ।  ४०  देखि  ५०  अङ्कसम्मकालाई  ‘डी’  प्लस  ग्रेड  मानिने  र  जीपीए २  दिइनेछ  ।  त्यस्तै ३५  देखि  ४०  सम्मकालाई  ‘डी’   ग्रेड मानिने  र  जीपीए १ दशमलव ६ दिइनेछ ।

३५ अङ्कभन्दा  तलकालाई  भने  ग्रेडमा  गणना  गरिने  छैन  । यो  समूहमा  पर्ने विद्यार्थी एसईईपछि माथिल्लो  तहमा भर्नाका लागि अयोग्य मानिने छ  । परीक्षा नियन्त्रण कार्यालयले  यस पटक दुई वर्षपछि भौतिक उपस्थितिमा परीक्षा सञ्चालन  गरेको  थियो ।

परीक्षा नियन्त्रक रायमाझीले नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने जानकारी दिनुभयो ।

नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा  www.see.gov.np मा गएर आफ्नो सिम्बोल नम्बर राखेर पनि नतिजा थाहा पाउन सकिन्छ । त्यस्तै अरु विभिन्न माध्यमबाट पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।

166 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal