विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सीको बहुप्रतीक्षित खेलमा ब्राजिल मोरक्कोसँग १–१ गोलको बराबरीमा रोकिएको छ।

न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन्। खेलको पहिलो हाफ रोचक भए पनि दोस्रो हाफमा भने खेल केही सुस्त देखिएको थियो। खेलको २१ औँ मिनेटमा इस्माइल साइबारीले उत्कृष्ट गोल गर्दै मोरक्कोलाई सुरुवाती अग्रता दिलाएका थिए। ब्राहिम डियाजको पासलाई सदुपयोग गर्दै पीएसभी आइन्डोभेनका फरवार्ड साइबारीले ब्राजिलका गोलकिपर एलिसन बेकरमाथि चलाखीपूर्ण ‘स्कुप’ सट प्रहार गर्दै टोलीलाई अगाडि बढाएका थिए। तर, मोरक्कोको त्यो अग्रता धेरै समय टिक्न पाएन।

खेलको ३२ औँ मिनेटमा ब्राजिलका स्टार विनेसियस जुनियरले ब्रुनो गुइमारेसको पासमा उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। सन् २००२ पछि पहिलो पटक उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिएको ब्राजिलका लागि नयाँ प्रशिक्षक कार्लो अन्सेलोटीको यो पहिलो ठुलो परीक्षा थियो।

ब्राजिलको इतिहासमै पहिलो विदेशी प्रशिक्षकका रूपमा टोली सम्हालेका इटालियन रणनीतिकार अन्सेलोटीका लागि दक्षिण अमेरिकी छनोटको पाँचौँ स्थानको प्रदर्शनपछि विश्वकपको यो सुरुवातले थप चुनौती थपिदिएको छ। घाइते भएका कारण स्टार स्ट्राइकर नेयमार बिना नै मैदान उत्रिएको ब्राजिलको खेल हेर्न रङ्गशालामा पूर्व खेलाडीहरू रोनाल्डो, रोबर्टो कार्लोस र काका उपस्थित थिए।

40 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal